• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    असुरक्षित गर्भपतनले निमत्याएको समस्या

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष १, शुक्रबार (३ साल अघि)
    pathekhar

    Advertisement

    चितवन ।नेपालको संविधानले प्रत्येक महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी हकलाई मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको छ । तर आफ्नो जीवन नै परिवर्तन गरिदिने गर्भाधारण र गर्भपतन जस्तो गम्भीर अवस्था पनि महिलाहरूको छनौटको पहुँच भन्दा बाहिर देखिएको छ ।सामाजिक कारण, परिवारको दबाब, श्रीमान्को चाहाना, इच्छाका कारण महिलाहरु गर्भधारण गर्न बाध्य भएका छन । डर, त्रास, कर र ललाइफाकाइ असुरक्षित गर्भपतन गर्ने महिलाहरुको संख्या पनि थपिदै गएको छ । यसले गर्दा महिलाहरुले विभिन्न स्वास्थ्य समस्या भोग्नु परेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘देशमा प्रति वर्ष करिब १ लाख महिलाले सुरक्षित रुपमा गर्भपतन गराउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४३ प्रतिशत गर्भपतन अझै असुरक्षित रुपमा भइरहेको छ । गर्भधारणको चाहना नभए पनि प्रजनन उमेरका लगभग ४४ प्रतिशत महिला परिवार नियोजनका सुरक्षित र आधुनिक तरिकाहरू प्रयोग गर्दैनन् । परिवार नियोजनको आवश्यकता भएर पनि सेवा नपाउने महिलाहरुको संख्या २४ प्रतिशत छ । जसले गर्दा अनिश्चित गर्भधारण र असुरक्षित गर्भपतनको संख्या उच्च छ ।’
    स्वास्थ्य लाइभ मिडियाले चितवनमा आयोजना गरेको असुरक्षित गर्भपतन र जनस्वास्थ्य कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पछिल्लो समय असुरक्षित गर्भपतन चुनौती बन्दै गएको बताउनुभयो । असुरक्षित गर्भपतनका कारण महिलाहरुको यौनअंगबाट आन्द्रा बाहिर निस्कने, आन्द्रामा प्वाल पर्ने, पाठेघरमा प्वाल पर्ने जस्ता समस्या देखा परेको उहाँले बताउनुभयो ।

    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको प्रतिवेदन अनुसार नेपालमा प्रत्येक वर्ष हुने १२ लाख गर्भधारणमध्ये झण्डै आधा अनिच्छित गर्भधारण गर्न बाध्य छन् । अनिच्छित गर्भधारणको करिब दुईतिहाई गर्भपतन हुने गरेको कोषको प्रतिवेदनले देखाएको छ । नेपालमा गर्भपतनको लागि ६ वटा औषधिले मान्यता पाएको छ । तर, दर्ता भन्दा बाहिरका ६० भन्दा बढी औषधि किनबेच हुने गरेको बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौँडाका निर्देशक महेश्वर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालका औषधि निकै महँगा भएकाले भारतबाट लुकाएर नेपाल ल्याउने र दर्तावाला औषधिको खोलमा हालेर सस्तोमा बिक्री गरिँदो रैछ । हामीले निगरानी गर्न सकेनौँे । जुन निकायले स्वीकृत दिएको छ उसैले यसको निगरानी गर्नुपर्छ ।’भरतपुर अस्पतालका बरिष्ठ स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनीलमणि पोखरेलले असुरक्षित गर्भपतनका हुँदा अत्यधिक रक्तश्राव, उच्च रक्तचाप र संक्रमणका कारण मातृ मृत्युदर बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सचेतना र परिवार नियोजनका साधन प्रयोगमा कमी र लापरवाही छ । समाजको डर, प्रतिष्ठाले जथाभावी औषधि प्रयोग गर्छन् । जसले मृत्युदर बढाएको छ ।’ गर्भपतन आमाको जीवनसँग जोडिएकोले गर्नु परेको खण्डमा सबै भन्दा सुरक्षित स्थान रोज्न आग्रह गर्नुभयो । यस्ता सेवा दिने निकाय पनि इमान्दार हुनुपर्ने उहाँको भनाइ थियो । गटमचर इन्स्टीच्युटको अनुसन्धान अनुसार विश्वमा २५ करोड ७० लाख महिलाहरु असुरक्षित गर्भपतनका कारण स्वास्थ्य समस्या भोगिरहेका छन् । जसमध्ये प्रत्येक वर्ष २२ लाखको मृत्यु हुने गरेको इन्स्टीच्युटको तथ्याङ्कले देखाएको छ । १२ करोड १० लाख महिला तथा किशोरीहरु अनिच्छित गर्भाधारण गर्न बाध्य छन् ।

    गर्भपतन भनेको के हो ?

    गर्भपतन भन्नाले महिनावारी भएको दिनबाट गणना गर्दा २८ हप्ता भन्दा पहिले गर्भमा भएका भ्रुण, विकसित भ्रुण अथवा शिशु बाहिर निकालिने प्रकृयालाई बुझिन्छ । जुनसुकै गर्भावस्थाको गणना गर्दा महिनावारी भएको पहिलो दिनबाट गणना गरिन्छ । उक्त दिनबाट २८० दिन वा ४० हप्ता वा ९ महिना ७ दिन पुगेपछि गर्भावस्था पूर्ण हुन्छ ।
    नेपालमा सुरक्षित गर्भपतनलाई वैधानिकता दिन धेरै समय अघिदेखि पहल भइरहे पनि कानुनी मान्यता भने २०५८ सालदेखि मात्रै पाएको हो । मुलुकी ऐनको एघारौं संशोधनले वि.सं. २०५८ साल असोज १० मा विधेयक पास गरी सुरक्षित गर्भपतनले कानुनी रुपमा मान्यता पायो ।

    सुरक्षित गर्भपतन भनेको के हो ?

    गर्भवतीको लिखित मञ्जुरीमा सुचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा प्रचलित कानुनले तोकेको परिधिभित्र रहेर प्रदान गरीने गर्भपतन सेवालाई मात्र सुरक्षित गर्भपतन सेवा भनिन्छ । अर्थात सूचीकृत स्वास्थ्य संस्थामा सूचीकृत स्वास्थ्यकर्मीले बाहेक अन्य सुचीकृत नभएका स्वास्थ्य संस्था अथवा स्वास्थ्यकर्मीले प्रदान गरेको गर्भपतन सेवा गैरकानुनी मानिनेछ । यसो भएमा सेवा प्रदायक र सेवाग्राही दुवै कानुन बमोजिम कारबाहीको भागिदार हुन्छन् ।
    सुरक्षित गर्भपतन सेवा अन्तर्गत गर्भपतनका अतिरिक्त गर्भ निरोधबारे परामर्श सेवा, महिलाको आवश्यकता र चाहना अनुसार गर्भ निरोध सेवा गर्भपतनका सम्भावित जटिलताहरुको व्यवस्थापन तथा उपचार समेत पर्दछन् । अर्थात सुरक्षित गर्भपतन सेवालाई सम्पूर्ण गर्भपतन सेवा पनि भन्निछ । यस सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा यी सबै सेवाहरु उपलब्ध हुनुपर्छ । साथै आवश्यक परेको खण्डमा प्रेषणको उचित व्यवस्था हुनपर्दछ ।

    सुरक्षित गर्भपतनको सेवा कहाँबाट लिन सकिन्छ ?

    दश हप्ताभित्र गर्भपतन गर्नुपरे सूचीकृत स्वास्थ्य संस्थाका तालीम प्राप्त अनमि सहित स्टाफ नर्स, मिडवाइफ र तालिमप्राप्त चिकित्सकबाट एम.ए प्रविधिबाट गर्भपतन गर्न सकिन्छ । १० हप्ता भित्रको गर्भ नै सूचीकृत स्वास्थ्य संस्थाका तालीम प्राप्त स्टाफ नर्स, मिडबाईफ र तालिमप्राप्त सबै चिकित्सकबाट एम.भी.ए प्रविधिबाट सेवा लिन सकिन्छ ।

    १२ हप्तासम्मको गर्भ सूचीकृत स्वास्थ्य संस्थाका तालीम प्राप्त एम.वि.वि.एस चिकित्सक तथा तल उल्लिखित सबै चिकित्सकबाट गर्भपतलनको सेवा लीन सकिन्छ । १३ हप्ता देखि १८ हप्तासम्मका व्यापक आपतकालीन प्रसूति र नवजात हेरचाह सेवाहरू उपलब्ध भएको सूचिकृत स्वास्थ्य संस्थाबाट तालीम प्राप्त स्त्री रोग विशेषज्ञ र एम.डि.जि.पि चिकित्सकहरुबाट चिकित्सकले उपयुक्त ठानेको एम, आइ वा डी एण्ड ई प्रविधिबाट सेवा लिन सकिन्छ ।
    १३ हप्ता देखि २२ हप्तासम्मका व्यापक आपतकालीन प्रसूति र नवजात हेरचाह सेवाहरू उपलब्ध भएको सूचीकृत स्वास्थ्य संस्थाबाट तालीम प्राप्त स्त्री रोग विशेषज्ञ र एम.डि.जि.पि चिकित्सकहरुबाट चिकित्सकले उपयुक्त ठानेको एम, आइ वा डी एण्ड ई प्रविधिबाट सेवा लिन सकिन्छ । १३ हप्ता देखि २८ हप्तासम्मका गर्भपतन सूचिकृत विशेषज्ञ अस्पताल, विशिष्टकृत अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका शिक्षण अस्पताल तथा अन्य शिक्षण अस्पताल, ट्रजरी अस्पतालमा गर्न सकिन्छ । तालीम प्राप्त स्त्री रोग विशेषज्ञ र एम.डि.जि.पि चिकित्सकहरुबाट चिकित्सकले उपयुक्त ठानेको एम, आइ वा डी एण्ड ई प्रविधिबाट सेवा लिन सकिन्छ ।

    गर्भपतन गर्न नपाइने अवस्थाहरु

    गर्भवतीको मञ्जुरी बिना करकाप, धम्की, ललाइफकाइ, झुक्याई वा प्रलोपनमा पारी गर्भपतन गर्न पाइदैन । लिङ्गको पहिचान गरी लिङ्गको आधारमा भु्रणको लिङ्ग पहिचान गर्ने गराउनेलाई तीन महिना देखि ५ महिनासम्म कैद र लिङ्गको आधारमा गर्भपतन गर्ने गराउनेलाई थप एक वर्ष कैद हुने कानुनी व्यवस्था छ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution