• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

     पर्यटकीय सम्भावनाको बागलुङको निसेलढोर अन्धकारमा     

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष ६, बुधबार (३ साल अघि)
    lll

    Advertisement

    –डम्मर बुढामगर
    ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा टाढाको गाउँ हो निसेलढोर । यहाँका स्थानीयवासीको वेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक छ । बागलुङकै सबैभन्दा दुर्गम मानिने यो ठाउँले पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । नेपालकै एकमात्र ढोरपाटन सिकार आरक्ष पनि यही पर्छ । पुशपालन, कृषि, पर्यटन र जडीबुटीका उत्पादनका लागि निसेलढोर अगाडि रहे पनि विकासमा भने वर्षौँदेखि पछाडि परेको छ । यहाँका नागरिकले अहिलेसम्म पनि न्यूनतम विकासको अनुभूति गर्न पाएका छैनन् । केही समय अगाडि मोटरबाटोले निसेलढोर जोडिए पनि अहिलेसम्म विद्युत्, स्वास्थ्य र गुणस्तरीय शिक्षा पुग्न सकेको छैन । यहाँका अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन् । जिल्लाको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरबाट गाउँपालिकाको केन्द्रमा पुग्नै झण्डै एक दिन लाग्छ । गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानु पर्छ । एक दशक पहिलेसम्म यहाँका स्थानीय जाडोयाममा बेँसी (निसीगाउँ) र गर्मीयाममा लेक (निसेलढोर) गर्ने गर्थे । अहिले सिजनअनुसार बसाइँसराइ गर्न छाडेर स्थायीरूपमै स्थानीय यहाँ बस्ने गर्छन् । यहाँ करिब ६० घरपरिवार स्थायीरूपमा बसोबास गर्ने गर्छन् । वर्षात्को समयमा करिब चार सय बढी परिवार यहाँ बस्ने स्थानीय वीरबहादुर विकले बताउनुभयो । उहाँका अनुसार यो सिजनमा पनि निसेलढोरमा २५ घरपरिवार बस्दै आएका छन् । चिसो बढेपछि अधिकांश मङ्सिर पहिलो साता नै निसीगाउँमा झरिसकेका छन् । उनीहरु अब असार लागेपछि मात्रै ढोर उक्लिने छन् । हिउँदमा बेँसी र बर्खामा लेकमा बस्नु निसीखोला–५ वासीको परम्पराजस्तै हो । उनीहरुले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा लेक–बेँसी गर्नुपरेको हो । अहिले चिसोले दैनिकी कष्टकर बन्दै गएको विकले बताउनुभयो । “अहिले बिहान र बेलुका बाहिर गएर काम गर्न सकिन्न, चिसो धेरै बढेको छ, बिजुली अहिलेसम्म आएको छैन, दाउरा, दियालो बालेर रात बिताउँछौँ, यो ठाउँमा बिजुली बलेको हेर्ने ठूलो धोको छ, तर आउलाजस्तो लाग्दैन”, विकले भन्नुभयो, “पहिले मोटरबाटो थिएन, अहिले गाडी नहिँडे पनि बाटो पुगेको छ ।”

    निसेलढोरमा विद्युत् पु¥याउनका लागि सरोकारवाला निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ । विकले भन्नुभयो, “बेँसी झर्दा सरोकारवाला निकायलाई धेरैपटक भन्यौँ निसेलढोरमा बिजुली चाहियो भनेर तर वास्ता गरिएन, अन्धाकारमा छौँ हामीहरू, सरकारले हाम्रो समस्या नसुन्दा दुःख लाग्छ ।”स्थानीय मनिराम घर्तीमगरले निसेलढोरमा आन्तरिक पर्यटक पुग्ने गरेको भन्दै विद्युत्को सुविधा नहुँदा बास नबसी फकर्ने गरेको बताउनुहुन्छ । उहाँले यस ठाउँ पर्यटकको रोजाइमा परेको सुनाउँदै विद्युत्को पहुँच पुगेको भए यहाँका नागरिकको जीवनस्तर फेरिन धेरै समय नलाग्ने बताउनुभयो । घर्ती मगरले भन्नुभयो, “निसेलढोर बागलुङकै सबैभन्दा सुन्दर ठाउँ हो, यहाँको मुख्य समस्या अहिले विद्युत्को छ, विद्युत् नहुँदा सयौँ स्थानीय अन्धकारमा बस्न बाध्य छन्, पर्यटकहरू आए पनि एकरात नबसी फर्कन्छन्, विद्युत् भएको भए उनीहरूलाई एक–दुई दिन यहाँ राख्न सकिन्थ्यो, त्यसबाट स्थानीयवासीले केही रकम आम्दानी गर्न सक्थे ।”

    केही वर्ष अगाडि यहाँ मोटरबाटो पुगेपछि स्थानीयवासीलाई यहाँ उत्पादन भएका स्याउ, सिमी, भाँगो र अन्य उत्पादित वस्तु बजारसम्म पु¥याउन सहज भएको छ । विगतदेखि नै ओझेलमा पर्दै आएको यो ठाउँले अहिलेसम्म मुहार फेरिन नसकेको गुनासो पोख्नुभयो ।  “यहाँका स्थानीयवासीको अहिलेको आवश्यकता स्वास्थ्य र विद्युत् हो, विद्युत् नहुँदा रेडियो, लाइट र मोबाइल चार्ज गर्न कि उत्तरगङ्गा जानुपर्छ, कि निसीगाउँमै पुग्नुपर्छ”, उहाँले भन्नुभयो, “कोही बिरामी प¥यो भने त झन् बुर्तिबाङ पु¥याउनुपर्छ, यहाँबाट बुर्तिबाङ पुग्न एक दिन पूरै लाग्छ, भनेको बेला गाडी पाइँदैन, दुर्गममा छौँ, हाम्रो दुःख कसैले बुझ्न सकेको छैन ।” निसेलढोर क्षेत्रमा कुँडे, मस, झुललगायतका आधा दर्जन बढी गाउँ पर्छन् । यी कुनै पनि गाउँमा विद्युत्को पहुँच छैन । निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले भौगोलिक हिसाबले दुर्गममा हुँदा विकासमा पछाडि परेको बताउनुभयो । उहाँले गाउँपालिकाले यहाँका स्थानीयवासीका समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएको जानकारी दिनुभयो ।  अहिले यहाँ कक्षा ५ सम्म पढाइ हुने गरेको भन्दै विद्यालय भवन व्यवस्थित बनाउने र अहिलेसम्म स्वास्थ्य संस्था नभएको हुँदा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको छ । स्वास्थ्य एकाइ स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको गौतमको भनाइ छ । विद्युत् विस्तारका लागि पनि गाउँपालिकाले सम्बन्धित निकायसँग माग गरेको उहाँले बताउनुभयो ।  (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution