• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनको कृषि विश्वविद्यालयमा दुई हप्तादेखि तालाबन्दी, स्थायी गर्नुपर्ने कर्मचारीको माग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष २६, मंगलबार (३ साल अघि)
    afu-1

    Advertisement

    चितवन।चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयमा स्वत स्थायीको माग राख्दै कांग्रेस तथा माओवादी निकट कर्मचारीहरुले तालाबन्दी गरेका छन् ।विश्वविद्यालयमा कांग्रेस निकट प्रजातन्त्रवादी कर्मचारी संघ र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनले करारमा रहेका कर्मचारीलाई स्वत स्थायी बनाउनुपर्ने भन्दै प्रशासनमा तालाबन्दी गरेका हुन् । गत पुस ५ गते दुवै कर्मचारी संगठनले जारी गरेको विज्ञप्तिको पहिलो बुँदामा नै विश्वविद्यालयमा लगातार तीन वर्ष कार्यरत कर्मचारीलाई उमेर हद नराखी विशेष विज्ञापनद्वारा तुरुन्त स्थायी गर्न माग गरेका छन् ।कर्मचारीहरुले गत पुस ६ गते विश्वविद्यालयको केन्द्रीय कार्यालय र पुस १२ गते विश्वविद्यालयको भेटेनरी संकाय र कृषि संकायमा तालाबन्दी गरेका थिए । सोही समयमा विभिन्न विद्यार्थी संगठनले पनि विश्वविद्यालयमा तालाबन्दी गरेका थिए । विद्यार्थीको तालाबन्दी खुलिसके पनि कर्मचारीको तालाबन्दी खुल्न सकेको छैन । कर्मचारीहरुले राजनीतिक आस्थाको आधारमा गरिएको कर्मचारीको सरुवा रोक्नुपर्ने, करारमा कार्यरत कर्मचारीहरुलाई विश्वविद्यालयको नियमअनुसार पारिश्रमिक उपलब्ध गराउनुपर्ने, नियम विपरित कर्मचारी बढुवा खारेज गर्नुपर्ने र कर्मचारीहरुलाई निवृत्तिभरण दिने व्यवस्था गर्नुपर्ने जस्ता मागहरु राखेका छन् ।

    तालाबन्दी खुलाउन प्रधानमन्त्रीको निर्देशनमा शिक्षामन्त्रीले बलराम भट्टको संयोजकत्वमा एउटा कमिटी बनाएका छन् । कमिटीले अहिले विभिन्न मन्त्रालयसँग छलफल गरेर कर्मचारीको मागको सम्बन्धमा अध्ययन गरिरहेको छ । कृषि तथा वन विश्वविद्यालयकी रजिस्टार शारदा थपलियाले बिना प्रतिस्पर्धा २५ जना कर्मचारीहरुले स्थायीको माग गरेर तालाबन्दी गरेको नारायणी अनलाइनलाई बताइन् । उनले भनिन्, ‘ तालाबन्दीले विश्वविद्यालयमा नियमित काम गर्न कठिनाइ भइरहेको छ । कतिपय निर्माणको ठेक्का प्रक्रिया अगाडि बढाउन पाइएको छैन ।’ उनले निकै ठूलो दबाबबाट करारमा नियुक्त भएका कर्मचारीले नै स्थायीको माग गर्दै समस्या सिर्जना गरेको बताइन् ।

    प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष ढुण्डीराज कँडेलले माग पूरा नभएकोले ताला नखोलिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘विश्वविद्यालयका आंगिक क्याम्पसमा ऐन र विधि विपरित राजनीतिक आस्थाको आधारमा कर्मचारीको सरुवा भयो । दुर्गम क्षेत्रमा कार्यरत र शहरमा कार्यरतलाई समान अंक दिने प्रचलन ठिक भएन भन्ने हाम्रो माग हो ।’ उनले परीक्षा शाखामा तालाबन्दी गर्नाले विद्यार्थीहरुले सर्टिफिकेट र मार्कसिट झिक्न नपाएकोले परीक्षा शाखाको ताला खोलिएको बताए ।कतिपय एमाले निकट कर्मचारी भने कतिपय माओवादी र कांग्रेस निकट कर्मचारीलाई माथिल्लो कायममुकाम पद चाहिएकोले सीमित व्यक्तिहरुको स्वार्थमा तालाबन्दी गरिएको बताए । कर्मचारीको व्यक्तिगत स्वार्थमा विश्वविद्यालय अस्तव्यस्त हुन नहुने उनीहरुको विचार छ । बिगत वर्षहरुमा पनि महिनौंसम्म विश्वविद्यालय विभिन्न राजनीतिक दलहरुको संगठनका नाममा दालाबन्दी हुँदै आउँदा प्रशासनिक कामहरु अस्तव्यस्त हुँदै आएको थियो । दुई वर्ष अघि पनि कर्मचारीहरुले यस्तै स्थायीको माग राखेर दुई महिना बढी तालाबन्दी गरेका थिए ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution