• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८० जेष्ठ १८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चक्कु प्रहारबाट २ जनाको हत्या

२

एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

३

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

४

तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

५

दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

६

२ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

७

बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

८

बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

९

एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

१०

‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

११

हवाई यात्रामा नेपालमा अनिवार्य गरेको कोभिड खोप लगाएको प्रमाणपत्र साथमा बोक्नु पर्ने प्रावधान हट्यो

१२

निर्वाचन क्षेत्रीय समितिको नेतृत्व छान्दै रास्वपा, आजबाट मोबाइल एपमार्फत मतदान गर्न मिल्ने

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणगढ–मुग्लिन सडक खण्ड: भित्तो काट्ने काम सकिएन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ पौष २७, बुधबार (४ महिना अघि)
    NARAYANGADH_MUGLIN_SADAK

    Advertisement

    चितवन।पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिन सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ । यही पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ ।सो आयोजना हेर्दै आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ । अन्य दुई वटाको काम नसकिएपछि ठेकेदार कम्पनीले थप २१ दिनको समय माग गरेको छ । यसअघि भएको निर्णयअनुसार माघ ४ गते ३० दिन पुग्छ । पुसको ३० र माघको १ गते माघेसङ्क्रान्तिका कारण सवारी नरोकिने भएको छ । यो समयलाई थप गर्दा माघ ६ गतेसम्म सवारी बन्द हुनेछ ।सूचना अधिकारी आचार्यका अनुसार ठेकेदार कम्पनीले माग गरेको समय दिएमा माघभरि नै सवारी आवागमन रोकिनेछ । उहाँका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो । चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ । देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ । तुइनको भित्तो ४५ मिटर अग्लो चट्टानी भिर रहेकाले काम गर्न कठिन भएको हो । काम गर्नका लागि बाटो बनाउन मात्रै एक हप्ता लाग्ने गरेको उहाँले बताउनुभयो । थप २१ दिन समय पाएमा त्यसपछि यदाकदा एक डेढ घण्टा रोकेर काम गर्न सकिने आचार्यले बताउनुभयो ।

    आयोजनाका प्रमुख किरण कार्कीका अनुसार यी पुलहरु सँगै काम थालिएका नौवटा पुल बनिसकेका छन् । यसअघि नै सो सडकका पाँचवटा पुल बनिसकेका थिए । पाँचवटा पुल निर्माणाधीन रहेका छन् । एउटा पुलको जगमा ६ वटा घरटहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको कार्कीले बताउनुभयो । विश्व बैंकको सहयोगमा गरिने काममा राहत अनिवार्य दिएर मात्र अतिक्रमण गरेर बसेकालाई हटाउनुपर्ने प्रावधान रहेको छ ।

    यस्तै अन्य पुल रहेका ठाउँमा २० घरटहरा रहेका छन् । ती हटाउनका लागि रु एक करोड हाराहारी राहत दिनुपर्ने हुन्छ । कार्कीले ठेकेदार कम्पनीले माग गरेको समयको विषयमा छलफल गरेर टुङ्गो लाग्ने बताउनुभयो । विसं २०७६ चैत १० गते ३३ महिनामा सम्पन्न गर्ने गरी रु एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो । सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सनले बताउँदै आएको छ । पहिलो सम्झौताअनुसार पुस ९ गते सम्झौता अवधि सकिएको छ । निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ ।प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले थप समय सवारी रोक्नुपर्ने आयोजनाले माग गरेको भए पनि टुङ्गो नलागेको बताउनुभयो । स्थलगत निरीक्षण र छलफलपछि के कति समय थप गर्नुपर्ने निर्णय गरिने बताउनुभयो । सो सडकको चौडाइ नौदेखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएको छ । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • चक्कु प्रहारबाट २ जनाको हत्या

  • एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने


  • Advertisement

    समाचार
  • १

    चक्कु प्रहारबाट २ जनाको हत्या

  • २

    एकै घरका ८ जनालाई विषालुु पदार्थ खुुवाएर लुटपाट

  • ३

    तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

  • ४

    तीन दिन पानी नपर्दा गर्मी अझै बढ्ने र तातो हावा चल्ने

  • ५

    दैनिक सुनको भाउँले नयाँ रेकर्ड कायम गर्दै

  • ६

    २ छोरासहित आमाले विष खाइन्, एक छोराको मृत्यु

  • ७

    बिग्रिएको निउरो र साग भेटियो, भारतीय माछा धमाधम विक्री

  • ८

    बजेटमा विद्यालय कर्मचारीको विषय नसमेटेको भन्‍दै आन्दोलन गर्ने चेतावनी

  • ९

    एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

  • १०

    ‘लम्पी स्किन’का कारण १ हजारभन्दा बढी पशु मरे

  • बिशेष रिपोर्टसबै

    निसीखोलाका युवाको व्यावसायिक कृषिमा आकर्षण

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    नमुना सन्देश साप्ताहिक द्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - २ नवलपुर
    9867130145
    [email protected]
           [email protected]

    हाम्रो टीम

    प्रकाशक - भविश्वर पाण्डे
    सम्पादक- नविन पोखरेल

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution