काठमाडौं । पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पदम गिरीलाई नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ । सत्ता गठबन्धनमा भएको भागबन्डामा एमालेको भागमा स्वास्थ्यसहित ८ वटा मन्त्रालय परेको छ । एमाले उच्च स्रोतका अनुसार परराष्ट्रमा डा. विमला राई पौडेल र स्वास्थ्यमा गिरीको नाम पक्का भएको छ । डा. पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् भने गिरी पर्वतबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१