• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    धौवादीको खानी सञ्चालनमा आए २५ प्रतिशत फलामले आयात घट्छ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ १९, बिहिबार (३ साल अघि)
    1675313996.123

    Advertisement

    हिमा वि.क. , काठमाडौं । नेपालमा धेरै आयात हुने वस्तुको दोस्रो स्थानमा फलाम र यससँग सम्बन्धित सामग्री छ । आयातको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ । धौवादी फलाम खानी सञ्चालनमा आए फलाम र फलामजन्य वस्तुको आयात घटाउन सकिन्छ । निजीक्षेत्रलाई समेत साझेदार बनाउने योजनासहित स्थापना गरिएको धौवादी फलाम कम्पनी लिमिटेड अहिले सरकारी स्वामित्वमा छ । फलाम र फलामजन्य वस्तु आयातको आँकडा र बजारको अवस्था विश्लेषण गर्दा उक्त खानी सञ्चालनमा आएपछि आयात २५ प्रतिशतले घटाउन सकिने अनुमान गरिएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. जनकबहादुर चन्दले आयात न्यूनीकरण र स्वदेशमै रहेको कच्चा पदार्थ उपयोगले व्यापारघाटा कम गर्ने बताए । ‘कम्पनीले फलाम तथा फलामजन्य वस्तु आयातको विश्लेषण गरेको छ,’ सीईओ चन्दले भने, ‘खानी सञ्चालनमा आएपछि यसको आयात २५ प्रतिशतले घटाउन सकिने प्रक्षेपण छ ।’ अहिलेसम्मको तथ्यांक र खानीको रिजर्भ विश्लेषण गर्दा दैनिक १६ सय टन फलाम निकाल्दा उक्त अनुपातमा आयात घटाउन सक्ने देखिएको उनको भनाइ छ । कम्पनीको अध्ययनले उक्त खानीमा १५ करोड मेट्रिक टनभन्दा बढी कच्चा फलामको भण्डार रहेको देखाएको छ । यसमध्ये खानी सञ्चालनमा आएर दैनिक १६ सय टन फलाम निकाल्दा २५ प्रतिशतले आयात कम गर्न सकिने उनको भनाइ छ ।

    व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा नेपालले ७८ अर्ब १२ करोड ३६ लाख रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु आयात गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यसपालिको आयात कम हो । केन्द्रका अनुसार गत आवको यो अवधिसम्म नेपालले ९६ अर्ब ५१ करोड २४ लाख रुपैयाँ बराबरको फलाम तथा फलामजन्य वस्तु आयात गरेको थियो । आयातित फलामबाट निर्माण सामग्री, कृषि उपकरण, ग्रिल, मेशिनरीलगायत तयार हुन्छ । धौवादीको खानीबाट उत्पादन हुने फलामबाट पनि बिलेट (स्टीलको कच्चा पदार्थ)देखि निर्माण सामग्रीसम्म बनाउन सकिने प्रारम्भिक अध्ययनले देखाएको छ । अहिले कम्पनीले खानीको सम्भाव्यता अध्ययन गरिरहेको छ । यसको प्रतिवेदन चैत मसान्तभित्रमा तयार हुने सीईओ चन्दले जानकारी दिए । अध्ययनले व्यावसायिक रूपमा खानीबाट कति फलाम उत्खनन, उत्पादन गर्न सकिन्छ, प्लान्ट कस्तो हुने र कहाँ राखिनेलगायत कुरा स्पष्ट पार्नेछ । अहिलेको सम्भाव्यता अध्ययन नेपाली कम्पनीसहित दुईओटा भारतीय कम्पनीको ज्वाइन्ट भेन्चर (जेभी)बाट भइरहेको छ । सम्भाव्यता अध्ययनपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुनेछ । सरकारले प्रत्येक वार्षिक बजेटमा सोही आर्थिक वर्षमा धौवादीबाट फलामको व्यावसायिक उत्पादन हुने घोेषणा गर्दै आएको छ । कम्पनीका निर्देशक शैलेश थापा भने अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन् । ‘अहिले सम्भाव्यता अध्ययन गरिँदै छ । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन ८ महीनाजति लाग्छ,’ थापाले भने, ‘यसपछि प्लान्ट निर्माण गर्न २ वर्ष लाग्छ । व्यावसायिक उत्पादनका लागि कम्तीमा ३ वर्ष लाग्ने अनुमान छ ।’ अहिले यो खानीसम्म पुग्न पूर्व–पश्चिम राजमार्गको नवलपरासीस्थित डन्डाबाट सडक बनाइँदै छ । बिजुलीका लागि नेपाल विद्युत् प्राधिकरणले ‘धौवादी प्रसारण लाइन युनिट’ बनाएर काम गरिरहेको उनले बताए ।

    प्राधिकरणले प्रसारण लाइन र सबस्टेशनको काम गर्दै छ । १३२ केभीए र २२० केभीएको प्रसारण लाइन निर्माणका लागि सर्वेलगायत काम भइरहेको थापाको भनाइ छ । सरकारको ५० प्रतिशत शेयर रहने यो कम्पनीमा गण्डकी प्रदेशको ३ प्रतिशत र स्थानीयको २ प्रतिशत शेयर हुने भनिएको छ । प्रदेश र स्थानीयको शेयर अंशका लागि पहल भइरहेको चन्दले बताए । निजीक्षेत्रको ४५ प्रतिशत शेयर हुने भनिएको छ । सम्भाव्यता अध्ययन भएपछि मात्रै निजीक्षेत्रलाई आह्वान गरिने उनको भनाइ छ । धौवादी फलाम खानी १० किलोमीटर लम्बाइ, १५ देखि ३० मीटर चौडा र १०० मीटर गहिराइमा अवस्थित छ । खानीमा छड बनाउन सकिने गुणस्तरको फलाम देखिएको छ । यसको आधिकारिक पुष्टिका लागि खानी तथा भूगर्भ विभागले पाँच टन फलाम चीन पठाएको थियो । खानी पूर्वी नवलपरासीको हुप्सकोट गाउँपालिका ५ मा छ ।यो समाचार abhiyandaily.com बाट साभार गरिएको हो । 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution