• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो चितवनमा भएको अन्तर्राष्ट्रिय छलफल

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ माघ २३, सोमबार (३ साल अघि)
    Rhino-of-nepal

    Advertisement

    चितवन।एशियन गैँडा संरक्षणका लागि चितवन घोषणापत्र २०२३ जारी गर्दै पाँच देशका उच्च अधिकारीको छलफल सकिएको छ ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पटिहानीमा माघ २० गतेदेखि सञ्चालन गरेको अन्तर्राष्ट्रिय छलफलमा गैँडा संरक्षणमा देखिएका समस्याका उपायको खोजी गरिएको थियो ।गैँडाको सङ्ख्या व्यवस्थापन, बासस्थान व्यवस्थापन, अनुसन्धान, अनुगमन तथा सूचना आदानप्रदान, समन्वय र सहकार्यमा जोड दिने निर्णय गर्दै अन्तर्राष्ट्रिय छलफल सकिएको हो ।विभागका उपमहानिर्देशक अजय कार्कीका अनुसार गैँडा पाइने एशियाली राष्ट्रको ६ वटा विषयगत क्षेत्रमा छलफल भएको थियो । सन् २०१९ मा भारतमा सम्पन्न दोस्रो बैठकले जारी गरेको एशियन गैँडाका लागि नयाँदिल्ली घोषणापत्र २०१९ को पुनरावलोकनसमेत गरिएको उहाँले जानकारी दिनुभयो ।

    बैठकमा गैँडा संरक्षणको अवस्थासम्बन्धी राष्ट्रिय प्रतिवेदन, गैँडा संरक्षणका लागि प्रविधिको प्रयोग तथा सहकार्य, संरक्षण तथा चोरी शिकार नियन्त्रण, जलवायुपरिवर्तन तथा गैँडा संरक्षण, गैँडा संरक्षणमा अन्तर्राष्ट्रिय सङ्घ संस्थाको सहयोग लगायतका विषयमा छलफल भएको थियो ।

    यस्तै गैँडाको बासस्थानको स्थलगत अवलोकनसमेत गरिएको थियो । पछिल्लो समय गैँडा संरक्षणमा देखिएका चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषय मुख्य रुपमा उठान भएको उहाँले बताउनुभयो ।बैठकमा भुटान, भारत, इण्डोनेसिया, मलेसिया र नेपालले आ–आफ्नो देशको अनुभव, प्रविधि, साझा सवाल तथा भावी योजना जस्ता विषयमा प्रस्तुतिसहित छलफल गरिएको थियो ।बैठकमा गैँडा संरक्षणका लागि सहकार्य गरी गर्नुपर्ने कार्य, भावी प्रथामिकताका क्षेत्र, गैँडाको चोरी शिकार तथा तिनका अङ्गको अवैध व्यापार नियन्त्रण, खण्डीकरण र क्षयीकरणबाट बासस्थानको सुरक्षा तथा गर्नुपर्ने सुधार जस्ता विषयमा छलफल भएको कार्कीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    यस्तै गैँडाको व्यवस्थापन, गैँडा–मानवद्वन्द्व व्यवस्थापन, वन्यजन्तुको स्वास्थ्य, सीमापार समन्वय र सहकार्य तथा जलवायुजन्य असरलाई न्यूनीकरण गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।छलफलका क्रममा गैँडा रहेका देश भारत, नेपाल, इण्डोनेसियालगायतका देशमा हुनसक्ने संरक्षणका चुनौतीका विषयमा छलफल भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले बताउनुभयो ।उहाँले भन्नुभयो “संरक्षणका लागि निकुञ्ज, विभाग, स्थानीय सरकार र प्रदेश सरकारबीच समन्वयको जरुरी देखिन्छ ।”संरक्षणका लागि निकुञ्जको व्यवस्थापनमा सबै तह वातावरण अनुकुलित भएर लाग्न सकेमा मात्रै संरक्षणमा सफल भइने उहाँको भनाइ छ ।कोसीटप्पु वन्यजन्तु आरक्षमा गैँडाको वासस्थानको खोजी भइरहेको उहाँले बताउनुभयो । विकास र संरक्षणको पाटोलाई सँगसँगै लान सकेमा मात्र संरक्षणमा सहयोग पुग्ने ढकालले बताउनुभयो । निकुञ्ज र जनताबीचको सम्बन्धलाई बलियो बनाएर संरक्षणमा जुट्नुपर्ने विषयमा छलफल भएको उहाँको भनाइ छ ।

    अहिले भारतमा तीन हजार दुई सय ६६ वटा, नेपालमा सात सय ५२ वटा र इण्डोनेसियामा एक सय ५५ वटा गैँडा रहेको तथ्याङ्क छ । मलेसिया र भुटानमा संरक्षणको कोसिस गर्दा गर्दै पनि सफल हुनसकेको छैन । पाँच बाहेकका अन्य देशबाट पनि गैँडासँग सम्बन्धित विज्ञको सहभागितामा छलफल भएको थियो । यसअघि पहिलो बैठक इण्डोनेसिया र दोस्र्रो बैठक भारतको दिल्लीमा भएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution