• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जलाधार क्षेत्र संरक्षणका लागि नदी सम्मेलन   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ फागुन २, मंगलबार (३ साल अघि)
    nadi_U2tJBltNp4

    Advertisement

    नवलपुर । गण्डकी प्रदेशका कृषि, ऊर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले मानवीय कारण प्राकृतिक सम्पदामा असर परेको बताउनुभएको छ । सहमति संस्थाको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सुरु भएको ‘नारायणी नदी सम्मेलन–२०२३’ लाई सम्बोधन गर्दै स्वच्छ पानी मानव जीवनका लागि अपरिहार्य रहेको छ भन्नुभयो । उहाँले यसको संरक्षणमा सबै तह र तप्काबाट लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले नारायणी नदी सम्मेलनले प्रदेशको जलस्रोत नीति बनाउन सघाउ पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् । “यो सम्मेलनले निकालेको निष्कर्षका आधारमा प्रदेश र राष्ट्रको जलस्रोत नीति बनाउन मद्दत पुग्छ”, उहाँले भन्नुभयो, “अहिले भइरहेको मानव र प्रकृतिबीचको द्वन्द्व समाधान गर्ने गरी निष्कर्ष निकाल्ने सक्नेमा विश्वस्त छु ।”

    पूर्व विज्ञान तथा प्रविधिमन्त्री ई गणेश साहले नदी संरक्षणमा सामूहिक प्रयासको खाँचो औल्याउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा महेश्वर ढकालले नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रमा पानीको महत्व अति नै रहेको जनाउँदै पानीलाई सार्वजनिक सम्पत्तिका रुपमा लिँदै नारायणी, राप्ती र रीऊलगायतका नदीमा हुने दोहन रोक्नुपर्नेमा जोड दिनुभयो । नेपालमा पानीको स्रोत सीमित रहेको जनाउँदै महानिर्देशक डा ढकालले आकाशबाट वर्षने पानीलाई जमिनमा रिचार्ज हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।“चुरेले पानी सञ्चित गर्ने तथा पानी रिचार्ज गर्ने भएकाले चुरे पर्वतको संरक्षण अहिलेको अपरिहार्य आवश्यकता हो”, उहाँले भन्नुभयो, “पानीमा हुने फोहरमैलाले जलचक्रमा नै असर पर्ने भएकाले पानी स्वच्छ र सफा राख्नु आवश्यक छ ।”

    भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले मानव जाति र प्राणीका लागि अपरिहार्य रहेको पानी र नारायणी नदीलाई व्यवस्थापन गर्न नीतिगत व्यवस्थापन जरुरी रहेको बताउनुभयो । भरतपुर महानगरपालिकाले नारायणी नदी किनारमा विसर्जन गर्दै आएको फोहर महानगरले व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । गाउँपालिका महासङ्घका केन्द्रीय अध्यक्ष एवं हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बाढीका कारण नदीजन्य पदार्थ भारततर्फ बगेर खेर गएको जनाउँदै त्यस्ता पदार्थको उपभोग एवं सदुपयोग गर्न मिल्ने ऐनको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।आइसेट नेपालका सल्लाहकार एवं सञ्चालक अजय दीक्षितले नदी, लय र उत्थानशीलताबारे प्रकाश पार्दै जीव प्रणाली, अर्थ प्रणाली र समताको समन्वय हुनुपर्ने बताउनुभयो । डब्लुडब्लुएफका नेपालका अध्यक्ष डा घनश्याम गुरुङले पानीबिना जीवन कल्पनासमेत गर्न नसकिने जनाउँदै पानी शिक्षा चलाउनुपर्ने बताउनुभयो । जलाधार क्षेत्रमा भएका प्रदूषण रोक्दै पानीसँग जोडिएका धर्म, संस्कार रीतिरिवाज एवं संस्कृति, उद्योग सञ्चालन, जलवायु परिवर्तन, नदी संरक्षण तथा संवद्र्धन एवं जैविक विविधताका विषयमा सचेत बन्नुपर्ने उहाँले बताउनुभयो ।

    सहमतिको ‘सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना’ परियोजनाका संयोजक दिनेश बास्ताकोटीले नारायणी जलाधार क्षेत्र तथा यहाँ रहेका पानीका स्रोत संरक्षण यसको उपभोग गर्नका लागि सम्बन्धित निकायसँग छलफल गरी मानव र प्रकृतिको लागि संयुक्त कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने बताउनुभयो ।

    सहमतिका अध्यक्ष होमनाथ सुवेदीले सिमसार क्षेत्रको संरक्षण, नदी तटीय क्षेत्रमा आश्रित परिवारको जीविकोपार्जन सुधार, पानीसँग सम्बन्धित जोखिम कम गर्ने, नदीको अनुगमन, पानीको उचित प्रयोग, स्थानीय सरकारसँग समन्वयमा प्रदेश तथा सङ्घीय सरकारलाई नीति निर्माणमा सहयोग गर्ने कार्यमा सहजीकरण गर्दै आएको बताउनुभयो । सो अवसरमा मन्त्री गुरुङले जलाधार क्षेत्र संरक्षण कार्ययोजना विमोचन गर्नुभएको थियो ।

    सम्मेलनले यस क्षेत्रमा गरिएका अध्ययन, अनुसन्धानलाई व्यवस्थित र प्रभावकारी बनाउन सघाउ पुग्ने विश्वास गरिएको छ । नारायणी नदीसँगै सहायक नदी र खोला पानीको मुख्य स्रोत भएकाले यी क्षेत्रमा गर्नुपर्ने कामका विषयमा निचोडमा पुगिने सहमतिका कार्यकारी संयोजक हरिप्रसाद सापकोटाले जानकारी दिनुभयो । नारायणी नदी जलाधार क्षेत्रमा भएका प्रदूषण, योसँग जोडिएका धर्म, संस्कार रीतिरिवाज एवं संस्कृति, जलवायु परिवर्तन, नदी संरक्षण तथा संवद्र्धन एवं जैविक विविधताका विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नुका साथै समूहगतरूपमा छलफल चलिरहेको छ । नारायणी जलाधार क्षेत्रले नवलपुर, चितवन र मकवानपुरका गरी चार लाख ६८ हजार हेक्टर क्षेत्र ओगटेको छ । यहाँका ११ लाख व्यक्ति लाभान्वित छन् । खानेपानीको आधार, बिजुली बत्तीको आधार, कृषि सिँचाइको आधार, पर्यटनको आधार, धार्मिक अनुष्ठानका लागि, जलचरको बासस्थानलगायत जनजीविकाको आधार भएकाले पानीको व्यवस्थापनमा बहस भइरहेको छ ।  (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution