• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनमा ‘लम्पी स्किन’ को संक्रमण, संक्रमित गाईभैसीलाई आइसोलेसनमा राख्न सुझाव

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख २, शनिबार (३ साल अघि)
    Lampi-Skin

    Advertisement

    चितवन।चितवनका पशुमा ‘लम्पी स्किन’ को संक्रमण देखा परेको छ ।पछिल्लो केही दिन यता जिल्लाका केही पशुमा लम्पी स्किन रोग देखिन सुरु गरेको हो ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख सुशिल केसीका अनुसार अहिले चितवनका इच्छाकामना गाँउपालिका, माडी नगरपालिका, कालिका, राप्ती र खैरहनी नगरपालिकामा १००–१५० वटा गाईमा पछिल्लो समय लम्पी स्किनको संक्रमण देखिएको छ । तर, उनले दिएको जानकारी अनुसार यस समय भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाका पशुमा भने लम्पी स्किन रोग देखा परेको छैन । उनी भन्छन्, ‘अहिले सम्म नेपालमा यस रोगको खोप नबनेकोले पशुपालक किसानले विशेष गरी सरसफाइसँगै पशु ओसारपसार गर्दा ध्यान दिनुपर्छ ।’ यस सरुवा रोग नियन्त्रण गर्न केन्द्रले किसानलाई सचेत गराए पनि फैलने जोखिम रहेको उनले जानकारी दिए ।लम्पी स्किन रोग मुख्य गरी गाईमा देखा पर्ने र यसको मृत्यु दर कम भए पनि राप्ती नगरपालिकामा भने यस वर्ष एउटा गाईको मृत्यु भइ सकेको उनले जानकारी दिए । उनका अनुसार जिल्लाका पशु फर्ममा भन्दा पनि एक दुई वटा गाई पालेको ठाउँमा यो लम्पी स्किन रोग देखिएको छ ।

    त्यस्तै लम्पी स्किन रोग एक सरुवा रोग भएकोले जिल्लामा फैलने जोखिम भएको राष्ट्रिय गाई अनुसन्धान कार्यालय रामपुरका प्राविधिक यज्ञराज पाण्डेले जानकारी दिए । विसं २०७७ सालमा पहिलो पटक झापामा देखिएको भए पनि पछि देशै भर फैलिएको उनले जानकारी दिए । यो रोग किर्ना, लामखुट्टे, भुसुना, झिँगाको टोकाइबाट गाईभैँसीमा सर्ने उनले बताए ।उनले दिएको जानकारी अनुसार यो भाइरल रोग लागेका पशुको शरीरका विभिन्न भाग तथा भित्री तहमा बिबिरा, गाँठागुठी देखिने, गिर्खा आउने, ज्वरो आउने, गाँठागुठीबाट पानी बग्ने र पाक्ने, सिँगान–र्याल आउने, खुट्टा सुनिने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन कम हुने जस्ता लक्षण देखापर्छन् । यो रोगले पशु मर्न पनि सक्छन् । तर, मृत्यु दर भने निकै कम हुने गर्छ।

    लम्पी स्किन रोग नियन्त्रणका लागि अहिलेसम्म ठोस उपचार र भ्याक्सिन विकास नभएकाले रोगको लक्षण अनुसार उपचार गर्नुपर्ने रोग लागेका पशुचौपायालाई छुट्टै (आइसोलेसन सेड)मा राखेर उपचार गर्नुपर्ने उनको भनाइ हो । उनी भन्छन्, ‘संक्रामक रोग भएकाले एकबाट अर्को पशुमा सर्न सक्ने हुँदा बिरामी पशुलाई सकेसम्म करिब १० मिटर पर अलग गोठमा राख्नुपर्छ ।’ उनका अनुसार लामखुट्टे, झिँगा, उपियाँ किर्नाले रोगी पशुलाई टोकेर निरोगी पशुलाई टोक्दा रोग सर्ने हुँदा गोठमा निर्मलीकरण गर्नुपर्छ । गोठ वरपर किटनाशक विषादी छर्दै, झिँगा लाग्न दिनुहुँदैन र पटक पटक घाउमा मलम लगाउनुपर्ने उनको सुझाव छ ।चितवनमा पहिलो पटक यस लम्पी स्किन रोग २०७७ साल साउन ८ गते राप्ती–८ मा देखिएको थियो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution