• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २२, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

२

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

३

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

४

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

५

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

६

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

७

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

८

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

९

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

१०

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

११

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकसँगै राजश्व संकलन बढ्न थाल्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख १८, सोमबार (३ साल अघि)
    Chitwan-National-Park

    Advertisement

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बढेसँगै राजश्व संकलन पनि बढ्न थालेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म निकुञ्जले १९ करोड ८ लाख ४३ हजार ८४४ रूपैयाँ राजश्व संकलन गरेको छ । निकुञ्जले गत आर्थिक वर्षमा ११ करोड ४९ लाख ९७ हजार ४१३ रूपैयाँ राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्ष अझै ३ महिना बाँकी रहेकाले गत वर्षको दोब्बर राजस्व संकलन हुने निकुञ्जको विश्वास छ । पछिल्ला दश वर्षमा सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा २९ करोड ४४ लाख ६६ हजार ६३९ रूपैयाँ राजस्व संकलन भएको थियो । गत साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा दुई लाख २१ हजार ५०३ पर्यटकले भ्रमण गरेका छन् । जसमध्ये एक लाख ५९ हजार ७०८ जना नेपाली, २२ हजार ३९० जना सार्क राष्ट्रका र ३९ हजार ४०५ जना अन्य देशका पर्यटक रहेका निकुञ्जले जनाएको छ । यसअघि गत आर्थिक वर्षमा १ लाख ९० हजार पर्यटकले निकुञ्ज घुमेका थिए । पछिल्लो १० वर्षमा सबैभन्दा कम आर्थिक वर्ष २०७२/७३ मा ८७ हजार ३९१ र कोरोना भाइरसको महामारी फैलिएको समय आर्थिक वर्ष २०७७/७८ मा ९८ हजार २ सय २८ पर्यटकले निकुञ्ज घुमेका थिए । पछिल्ला वर्षहरुमा विदेशीभन्दा स्वदेशी पर्यटकहरुले निकुञ्ज घुम्ने क्रम बढेको निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । कोभिड–१९ महामारीपछि विदेशीको संख्या पनि क्रमशः बढ्दै गएको छ ।

    संकलित राजश्वको ५० प्रतिशत रकम निकुञ्जले मध्यवर्ती क्षेत्रमा खर्च गराउँदै आएको छ । वन्यजन्तुले मानव तथा मानववस्ती र खेतीबालीमा पुर्याएको क्षतिको क्षतिपूर्ति रकमसमेत दिँदै आएको छ । गत आर्थिक वर्षमा निकुञ्जले क्षतिपूर्तिस्वरुप १ करोड ५० लाख रुपैयाँ दिएको थियो ।

    चालु वर्षमा ९६ वन्यजन्तुको मृत्यु, ६ जना जंगली जनावरबाट मारिए

    निकुञ्जले दिएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९६ वटा विभिन्न वन्यजन्तुको मृत्यु भएको छ । चैतसम्म १६ वटा गैंडासहितका ९६ जनावरहरुको मृत्यु भएको छ । ११ भाले र ४ पोथी गैंडाको मृत्यु भएको निकुञ्जले जनाएको छ । त्यसमध्ये ३ गैंडा चोरी सिकारीले मारेका थिए ।

    चालु आर्थिक वर्षको चैतसम्म ६ जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ३, गैंडाको आक्रमणबाट २ र बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमा एक जना विदेशी नागरिकसमेत छन् । निकुञ्जले मानव वन्यजन्तु मैत्री वातावरण र द्वन्द्व व्यवस्थापनलाई प्रमुख समस्या र चुनौतीको रुपमा लिँदै आएको छ ।

    वन्यजस्तुको वासस्थान अतिक्रमण हुने समस्याले पनि द्वन्द्व बढेको देखिन्छ । राजनीतिक प्रभाव र आवरणमा निकुञ्जका क्षेत्रहरु कुसुमखोला, बाँदरझुला, मनहरी, त्रिवेणी, तमासपुर आदि क्षेत्रमा गरेर १ हजार २९ हेक्टर जमिन अतिक्रमणको चपेटामा परेको निकुञ्जले जनाएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात


  • Advertisement

    समाचार
  • १

    जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • २

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • ३

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • ४

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ५

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ६

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ७

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ८

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ९

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • १०

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution