• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २२, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

२

जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

३

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

४

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

५

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

६

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

७

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

८

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

९

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

१०

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

११

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१२

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कसरी बढाउने सोचको स्तर ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख २१, बिहिबार (३ साल अघि)
    मचच

    Advertisement

    हाम्रो मस्तिष्कले हरेक क्षण केही न केही कुरा सोचिरहेकै हुन्छ । कहिले सकारात्मक त, कहिले नकारात्मक सोच दिमागमा आइरहेका हुन्छन् ।

    नकारात्मक सोचले राम्रो गर्दैन भन्ने थाहा हुँदाहुँदै पनि वरिवरिको परिवेश, वातावरण, प्रणालीलगायतले यस्तो सोच आउन बाध्य बनाइरहेका हुन्छन् । हरेक क्षण सकारात्मक सोच राख्नु उत्तम हो, अनि सोच्ने स्तर पनि बढाउँदा सिर्जनशील बन्न मद्दत पुग्छ । तर कसरी सोच्ने स्तर बढाउने त ? यसका लागि केही कुरामा ध्यान दिनुपर्छ ।

    १. खानपान

    हामीले कस्तो खानेकुरा खान्छौं भन्ने कुराले पनि हाम्रो सोचलाई प्रभावित बनाउँछ । सधैं बासी सडेगलेका खानेकुरा खानाले हाम्रो शरीर अस्वस्थ हुन्छ । अस्वस्थ मस्तिष्कले सोच्ने कुरा पनि नकारात्मक नै हुन्छ । त्यस्तै जाँड, रक्सी, चुरोट, खैनी जस्ता धुम्रपान र मद्यपानले हामीलाई उत्तेजित र अवास्तविक दुनियाँमा लैजाने गर्छन् । त्यसले पनि सकारात्मक सोच विकासमा बाधा सिर्जना गर्छ । त्यस्तै अधिक चिनीको सेवन गर्नाले, धेरै जंकफुड खाँदा पनि मानिसको चित्तमा अधीरता, चञ्चलता र अस्वस्थ विचार पैदा हुने सम्भावना हुन्छ ।

    २. संगत

    भनिन्छ नि, ‘संगतगुनाको फल ।’ हामी खराब व्यक्तिको संगत गर्छौं भने हाम्रो सोच पनि खराब बन्दै जान्छ भने राम्रा र असल मान्छेको संगतले हाम्रो सोचमा पनि सकारात्मक प्रभाव पार्छ । तपाईंले संगत गर्ने पाँच जना साथी सबै औसत छन् भने तपाईं पनि त्यस्तै बन्नुहुन्छ । यसबाट पनि अन्दाज गर्न सकिन्छ नि हाम्रो संगतले हाम्रो सोच विचारमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।

    ३. सामाजिक सञ्जाल

    आजभोलि सामाजिक सञ्जालबिनाको दैनिकी कल्पना गर्नै गाह्रो होला । हाम्रो सोचविचारमा सामाजिक सञ्जालको प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । हाम्रो सोच कस्तो हुने भन्ने कुरा हामीले सामाजिक सञ्जालमा कस्तो कुरा हेर्छौं, कस्तो कुरा सुन्छौँ, के कुरा पढ्छौं भन्ने कुराले पनि निर्धारण गर्छ ।

    हत्या, हिंसा, चोरी, डकैती जस्ता नकारात्मक खबर वा सामग्री हेर्ने सुन्ने गर्नाले हाम्रो दिमागमा पनि निराशा, गाली, डर, त्रास पैदा हुन्छ भने विकास निर्माण र प्रगतिका कुरा हेर्ने सुन्ने हेर्ने गर्नाले दिमागमा पनि आशा, भरोसा र जीवनप्रतिको सकारात्मक धारणा पैदा हुन्छ ।

    ४. पारिवारिक वातावरण

    हाम्रो सोचलाई हाम्रो पारिवारिक बातावरणले पनि प्रभाव पारेको हुन्छ । परिवारमा प्रेम, सद्भाव, सहयोग र मेलमिलाप छ भने परिवारका सदस्यहरूमा पनि सकारात्मक सोच विकास हुन्छ । सधैं कलह, झगडा र लडाइँ हुने परिवारमा नकारात्मक विचारको विकास हुने गर्छ ।

    ५. शारीरिक कसरत

    जो व्यक्ति निष्क्रिय भएर अल्छी गरेर बसिरहन्छ, उसको दिमागमा नकारात्मक विचार पैदा हुने सम्भावना हुन्छ । जसले नियमित कसरत, व्यायाम, योगा, ध्यान गर्छ उसको सोच विचारमा पनि शुद्धीकरण आउँदै जान्छ ।

    ढाड कुप्रो पारेर, टाउको निहुराएर, झोक्राएर बस्ने मान्छे सधैं निराशा तथा नकारात्मक सोचले भरिएको हुन्छ । तर जसले शिर ठाडो पारेर हिंड्ने, ढाड सिधा पारेर बस्ने गर्छन् उनीहरुको दिमागमा पनि सकारात्मक सोच पैदा हुने गर्छ ।

    ६. व्यस्तता

    भनाइ नै छ- खाली दिमाग सैतानको घर । जो व्यक्तिले आफूलाई मन पर्ने काममा व्यस्त राख्छन् उनीहरुलाई नकारात्मक कुरा सोच्ने फुर्सद नै हुँदैन । दिमाग भनेको खाली जमिन जस्तै हो । यदि यसलाई खनजोत गरेर फलफूल, तरकारी रोपेनौं भने झारपात, घाँसपात आफैं उम्रिन्छ । त्यसैले नकारात्मक सोच नआओस् भन्न सधैं दिमागलाई सिर्जनशील र रुचिपूर्ण काममा व्यस्त राख्नुपर्छ । साभार अनलाइनखबर

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात


  • Advertisement

    समाचार
  • १

    जेनजी आन्दोलनमा फरार अभियुक्तद्वारा देवचुलीमा हत्या र लुटपाट, काठमाडौंबाट पक्राउ

  • २

    जापान पुग्ने लक्ष्यका लागि कावासोतीमै उत्कृष्ट विकल्प : बलिखिना ल्याङ्ग्वेज एकेडेमी

  • ३

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • ४

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ५

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ६

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ७

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ८

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ९

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • १०

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution