• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ११, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनका व्यवसायी कँडेल आत्महत्या दुरुत्साहनका आरोपी प्रदिप रुगटा भारतमा लुकेको आशंका

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० बैशाख २६, मंगलबार (३ साल अघि)
    anmol-feeds-limited

    Advertisement

    चितवन, वैशाख २६-

    चितवनका पोल्ट्री व्यवसायी शंकरप्रसाद कँडेल मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।प्रहरीले कँडेल परिवारले दिएको किटानी जाहेरीको आधारमा आत्महत्या दुरुत्साहनका आरोपी प्रदिप रुंगटालाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।घटना आत्महत्या दुरुत्साहनमा केन्द्रित भए पनि अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा घटनाका अन्य ‘शंकास्पद’ पाटाहरू खुल्न सकेका छैनन् ।वैशाख १९ गते कँडेल भरतपुर महानगरपालिका–३ बेलचोकमा रहेको आफ्नै अफिसमा झुन्डिएको अवस्थामा साँझ फेला परेका थिए । प्रहरीले घटनास्थलबाट आठ पृष्ठ लामो सुसाइड नोट समेत फेला परेको थियो । सुसाइड नोटमा उनको व्यवसायसँग जोडिएका दुई जनाको नाम लिएका छन् । जसको आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । कँडेलको आत्महत्यासँगै नेपाली कांग्रेस चितवन र उनका समर्थकहरुले चितवन बन्द गर्नुको साथै चितवनमा चक्का जाम गरेर फरार अभियुक्तलाई पक्राउ गर्न दबाब दिएका थिए । त्यस्तै, कँडेल नेपाली कांग्रेसको पूर्व कोषाध्यक्ष तथा महासमिति सदस्य पनि भएकोले चितवन कांग्रेस सभापति राजेश्वर खनालसहितको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेको थियो ।आत्महत्या दुरुत्साहनमा उजुरी परेपछि प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ । त्यस्तै अर्का एक जना भने फरार रहेका छन् ।घटनामा जोडिएका पात्रहरू नेपाल दाना उद्योग संघका उपाध्यक्ष प्रदीपकुमार रुंगटा र कम्पनीमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट जीवन रावल हुन्। रावललाई भने वैशाख २१ गते बारा जितपुर सिमराबाट पक्राउ गरिसकेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) टोलीको सहयोगमा उनलाई नियन्त्रणमा लिएको हो ।‘हामी यस घटनामा अनुसन्धान गरिरहेका छौँ । अहिले यति भन्ने अवस्था छ,’ बागमती प्रदेश प्रहरी प्रमुख डिआइजी किरण रानाले भनिन्।यता रुंगटा भने फरार रहेका छन् । उनी देश बाहिर रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ । यस घटनामा जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले अनुसन्धान गरिरहेको छ । त्यस्तै फरार रुगटालाई खोजी गर्न सीआइबीको टोलीले पनि सहयोग गरिरहेको छ ।‘हामीले पनि फरार रहेका व्यक्तिलाई हेरिरहेका छौँ । अहिलेसम्म पाएको सूचनाको आधारमा उनी नेपालभित्र रहेको देखिएन,’ एक प्रहरी अधिकृतले भने ।

    उनी भारतमा लुकेर बसेको प्रहरीको आशंका रहेको छ । उजुरी परेपछि रुगटालाई उपाध्यक्ष पदबाट निर्दोष प्रमाणित नहुँदा सम्मको लागि संघले निलम्बन गरेको छ । केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स एक अर्ब १५ करोडमा बेचेका थिए । आन्तरिक हिसाब मिलानका क्रममा रुंगटाले रावललाई मानसिक दबाब दिएको खुलेको छ ।२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनको नयाँ नियममा आत्महत्या दुरुत्साहन घटना समावेश गरिएको हो । ऐनको दफा १८५ मा आत्महत्या गर्न कसैले कसैलाई दुरुत्साहन गरे कारबाही हुने व्यवस्था छ । त्यसपछि प्रहरीले यस्ता घटनामा प्रहरीले मानिस पक्राउ गरेर अनुसन्धान गर्न थालेको हो । मृतले लेखेको सुसाइड नोट, भिडियो, आफन्तले दिएको उजुरी लगायतका आधारमा प्रहरीले यस्ता घटनाको अनुसन्धान गर्दै आएको छ । व्यवसायी रुंगटालाई पक्राउ गरेर अनुसन्धान गर्ने पहिलो प्रमाण घटनास्थलमा भेटिएको नोट र पीडित परिवारको उजुरी बनेको छ ।प्रहरीले घटनाको अनुसन्धानमा थप प्रमाण खोजी रहेको छ । प्रहरीले रुगटालाई पक्राउ गरेर अनुसन्धानपछि फाइल सरकारी वकिल कार्यालय हुँदै अदालतमा पु¥याउने छ । त्यसपछि आत्महत्या गर्न दुरुत्साहित गरेको प्रमाणित भए ऐनको दफा १८५ अनुसार अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution