• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा घट्यो, चितवनबाट कुन ठाउँमा जादा कति लाग्छ भाडा ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० जेष्ठ ४, बिहिबार (३ साल अघि)
    yatru-bus-gaadi-yaatru

    Advertisement

    चितवन।नेपाल आयल निगमले डिजेलको मूल्य घटाएसँगै सरकारले लामो दूरीको सार्वजनिक सवारीको भाडा घटाएको छ ।निगमले मंगलबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०\१० रुपैयाँले मूल्य घटाए लगत्तै आज यातायात व्यवस्था विभागले सार्वजनिक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । जसमा दुई वा सो भन्दा बढी प्रदेश भइ (राष्ट्रिय रुटमा) सञ्चालन हुने सार्वजनिक यतायात रहेका छन् ।विभागले समायोजन गरेको भाडादर अनुसार यात्रुबाहक गाडीमा ३.२ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा चल्ने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ । तर, सूचनामा उल्लेख भए अनुसार डिलक्स गाडीले भने तोकिएको भाडा दरभन्दा २० प्रतिशतसम्म बढी लिन पाउँनेछन् ।त्यस्तै सरकारले लामो दूरीको सवारी भाडा घटाएसँगै नारायणगढ– काकडभिट्टाको भाडा दर एक हजार २८७ बाट एक हजार २४६, नारायणगढ–बिराटनगरको एक हजार १२३ बाट एक हजार ८७, नारायणगढ–कृष्णनगर ५८८ बाट ५६९, नारायणगढ– भौरहवाको ४०८ बाट ३९५, नारायणगढ–बेशिसहरको ३५३ बाट ३४२, नारायणगढ–पोखराको ३९७ बाट ३८४, नारायणगढ–वीरगञ्जको ३७९ बाट ३६७, नारायणगढ–बुटवलको ३३६ बाट ३२५, कावासोती–भण्डाराको १८५ बाट १७९ र नारायणगढ–कावासोतीको १०३ बाट १०० भएको छ ।

    त्यस्तै विभिन्न प्रदेशबाट नारायणगढ हुँदै अन्य प्रदेश प्रवेश गर्ने गाडीको भाडा दरः

    नारायणगढ–पोखरा–वालिङगको ६४० बाट ६२०, पोखरा–नारायणगढ–भैरहवा ७८७ बाट ७६२, पोखरा–नारायणगढ– बुटवल ५९४ बाट ५७५ रुपैयाँ भएको छ भने पोखरा–नारायणगढ–महेन्द्रनगर दुई हजार ५९ बाट एक हजार ९९३, पोखरा–नारायणगढ–सुर्खेत एक हजार ७०१ बाट एक हजार ६४६, पोखरा–नारायणगढ– धनगढीको एक हजार ९०४ बाट एक हजार ८४६ रुपैयाँ रहेको छ । त्यस्तै बनेपा–नारायणगढ–नेपालगञ्ज एक हजार ४५० बाट एक हजार ४०४, कोठीयाघाट–नारायणगढ–बाग्लुङको एक हजार ९०० बाट एक हजार ८३९, भैरहवा– नारायणगढ–बाग्लुङ एक हजार ५८ बाट एक हजार २४, गुलरिया–नारायणगढ–गीतानगरको एक हजार २६३ बाट एक हजार २२३ रुपैयाँ भएको छ ।

    त्यस्तै दाङ–तुल्सीपुर–नारायणगढ–मुग्लिन हुँदै पोखरा जाने सवारी भाडा एक हजार १९४ बाट एक हजार १५६, दाङ–तुल्सीपुर–नारायणगढ–बाग्लुङको एक हजार ४६९ बाट एक हजार ४२२, नेपालगञ्ज –नारायणगढ–मुग्लिन हुँदै पोखरा एक हजार ४६९ बाट एक हजार ४२२, बनेपा–नारायणगढ– हेटौँडा– मधुमल्लाको एक हजार ७२५ बाट एक हजार ६७० नयाँ भाडा कायम भएको छ भने एकतर्फी काठमाडौँ–पोखरा– तानसेन–कपिलवस्तु– नारायणगढको एक हजार ७५९ बाट एक हजार ०३ कायम भएको छ । उक्त भाडा दर आज देखि नै लागू भएको छ ।

    अन्य रुटका सम्बन्धमा

    १) तराईको लामो दूरी (२५० किमी. भन्दा बढी) पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनीबसको लागि यस अघि प्रति किमी. प्रति व्यक्ति २.८६ रुपैयाँ कायम गरिएकोमा आज देखि प्रति किमी प्रति व्यक्ति २.७७ रुपैयाँ भाडादर कायम गरिएको छ ।

    २) २५ किमी. देखि २५० किमी. सम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसको लागि प्रति किमी. प्रति व्यक्ति २.९३ रुपैयाँ कायम गरिएकोमा आजदेखि प्रति किमी. २.८४ रुपैयाँ भाडादर कायम गरिएको छ ।

    ३) काठमाडौं–पोखरा र पोखरा–नारायणघाट खण्डको लागि प्रति व्यक्ति प्रति किमी ३.१६ रुपैयाँ कायम गरिएकोमा आजदेखि प्रति किमी. ३.०६ रुपैयाँ भाडादर कायम गरिएको हो ।

    त्यस्तै विभागले २०७८ चैत १७ मा इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यसभन्दा थप बढे वा घटेमा भाडा समायोजन गर्नुपर्ने निर्णय गरेको थियो । सार्वजनिक यतायातको भाडा इन्धनको मूल्य ५ प्रतिशतभन्दा तलमाथि भएपछि समायोजन गरिन्छ । अहिलेको भाडादर गत असारमा डिजेलको मूल्य १७२ हुँदा तोकिएको थियो । अहिले डिजेलको मूल्य १७ रुपैयाँ घटी १५५ रुपैयाँ कायम भएको छ ।

     

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution