काठमाडौं।संवैधानिक परिषद्बाट सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा सिफारिस भएका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरिएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचना प्रकाशन गर्दै १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो ।सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ । कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । यसपटक बेनामे उजुरी दिन पाइने छैन । पहिले बेनामे उजुरी पनि दिन पाइन्थ्यो । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नने छ भने बेनामे उजुरीमाथि छानबिन हुने छैन ।कार्कीको व्यक्तिगत विवरणसमेत समिति सदस्यहरुलाई प्रदान गरिएको छ ।
समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले बैठकका निर्णय सुनाउँदै प्रधानन्यायाधीशका लागि सिफारिस भएका कामु प्रधानन्यायाधीश कार्कीको नाम संसदीय सुनुवाइको लागि समितिसमक्ष वैशाख २७ गते पत्र प्राप्त भएको भन्दै कार्कीको व्यक्तिगत विवरणको प्रतिलिपि समिति सदस्यहरुलाई वितरण गर्न सचिवालयलाई निर्देशन दिए ।कामु प्रधानन्यायाधीश गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस भएका थिए । सार्वजनिक सुनुवाइका लागि वैशाख २७ गते संसद् सचिवालयलाई जानकारी गराइएको थियो ।कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा का.मु.प्रधान न्यायाधीशको रूपमा कार्यरत छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१