धनगढी । कञ्चनपुरमा एकै घरमा बस्दै आएका आठ जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयाका खगेश्वरी प्वालीको परिवारका सदस्य र डेरा गरी बस्ने समेत ८ जना बेहोस अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश डाँगीका अनुसार बिहान ढिलोसम्म कोही नउठेपछि छिमेकीले घरमा हेर्दा सबै जनालाई बेहोस अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।बेहोस भेटिनेमा ७० वर्षीय गोपीसिंह प्वाली, ४० वर्षीय लक्ष्मणसिंह प्वाली, १० वर्षीया सुप्रिया प्वाली र ५ वर्षीया शुभम प्वाली रहेका छन् ।
उनको घरमा डेरा गरी बस्ने १८ वर्षीय सुवास गोतामे, २१ वर्षीया तुलसी डाँगा, सिर्जना धामी र पंकज विष्ट पनि बेहोस भेटिएका छन् । उनीहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल भर्ना गरिएको डीएसपी डाँगीले बताए । अहिले उनीहरुको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।प्वालीको घरमा दुई दिनदेखि डेरा गरी बस्दै आएका दुई जना भारतीय नागरिकले भोजको नाममा विषालु पेय पदार्थ र लड्डु खुवाएर बेहोस बनाएर लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुले नगद चार हजार रुपैयाँ र १० आना बराबरको एउटा तिलहरी लुटेको पाइएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१