


चितवन।जिल्ला प्रशासन कार्यालयले चितवनसहित तराईका जिल्लाहरुमा लु (तातो हावा) लाग्ने सम्भावना भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।प्रशासनले आज एक सूचना गरी तापक्रम निरन्तर वृद्धि भइरहेकोले तातो हावा लु लाग्ने सम्भावना रहेको भन्दै सतर्कताको लागि अनुरोध गरेको हो ।

प्रशासनले जल तथा मौसम विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको अनुसार तापक्रम वृद्धि भएसँगै लु लाग्ने सम्भावना रहेको भन्दै अत्यधिक गर्मीबाट बच्न सतर्कता अपनाउन भनेको छ । प्रशासनलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्तकताको लागि पत्र पठाएपछि जनस्वास्थ्यको लागि यो सूचना जारी गरेको हो ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१