मध्यविन्दु । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको नगरपालिकाले जनाएको छ ।नगरभित्रका सबै १५ वटै वडाका जग्गाको वर्गिकरण गरी सोको प्रतिवेदन मध्यविन्दु नगरपालिका भूउपयोग परिषद्बाट निर्णय गरी सम्बन्धी प्रतिवेदन नगरपालिकाले मालपोत कार्यालय कावासोती र नापी कार्यालय कावासोतीमा असार ७ गते पेश गरेको थियो ।भू उपयोग ऐन २०७६ को दफा ४ को उपदफा १ तथा भू उपयोग नियमावली २०७९ को नियम ५ उपनियम १ र सोही नियमावलीको अनुसूची १ बमोजिम जग्गाको वर्गिकरण गरिएको नगरपालिकाका भुमी सम्बन्धी शाखा प्रमुख समेत रहनु भएका प्रशासन शाखा प्रमुख बिष्णुराज गौतमले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले मालपोत कार्यालय कावासोतीमा जग्गा वर्गिकरण प्रतिवेदन र नापी कार्यालय कावासोतीमा जग्गा वर्गिकरण प्रतिवेदन र आद्यावधिक गरेको नक्सा तथा सोको सफ्टकपी पेश गरेको छ । उक्त प्रतिवेदनको आधारमा नगरपालिकाको सबै वडाको जग्गा कित्ताकाट खुलेको हो ।यस अगाडी सरकारले जग्गाको वर्गिकरण नभएका कित्ताहरुको कित्ताकाट रोक्का गरेको थियो । कृषि, आवास, व्यवसायिक लगायत विभिन्न खण्डमा जग्गाको वर्गिकरण गरिएको छ । अब जग्गाको कित्ताकाट र उपयोगमा वर्गिकरण अनुसारको उपभोग र कित्ताकाटको क्षेत्रफलहरु तय हुनेछ ।
कृषि क्षेत्रका रूपमा वर्गीकरण गरिएको जग्गाको कित्ताकाटको क्षेत्रफल नियमावलीले तोकेको छ । तराई र भित्री मधेसको भए ६ सय ७५ वर्गमिटर भन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइने छैन । यसबाहेक अरू ठाउँका कृषि जग्गा एक हजार वर्गमिटरभन्दा कम क्षेत्रफलमा कित्ताकाट गर्न पाइँदैन ।त्यस्तै आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गालाई एक सय तीस वर्ग मिटरभन्दा कममा कित्ताकाट गर्न पाइने छैन । पाँच सय वर्ग मिटरभन्दा सानो कित्ता भएको जमिनको हकमा चौडाइभन्दा लम्बाई चार गुणाभन्दा बढी हुने गरी कित्ताकाट गर्न पाइने छैन ।व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार तथा सार्वजनिक उपयोगका जग्गाको कित्ताकाटको क्षेत्रफलबारे भने नियमावलीमा उल्लेख छैन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१