• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पूर्वी नवलपरासीको मध्यविन्दुमा गैंडाको माउ र बच्चा मारेको घटनामा ३ जना पक्राउ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० अषाढ २०, बुधबार (३ साल अघि)
    dav

    Advertisement

    चितवन । गत माघमा पूर्वी नवलपरासीमा गैंडाको माउ र बच्चा मारेको अभियोगमा ३ जना पक्राउ परेका छन् । गत १२ जेठमा नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको उनीहरुलाई बुधबार चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ । दुई गैंडा मारेको घटनामा प्रत्यक्ष संलग्नको आरोपमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१८ घरमपुर बस्ने कृष्णबहादुर महतो पक्राउ परेका हुन् । त्यस्तै खाग किनबेचको आरोपमा सिखाराम थारु र होमबहादुर बिक पक्राउ परेका हुन् । यो घटनामा अझै दुई जना फरार रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनालाई चितवन राष्ट्रिय निकुञ्जले वुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुबाट बरामद गरेको खाग र मारिएको गैंडाको अवस्था आदिको प्राविधिक जाँच पछि खाग सोही गैंडाको भएको पुष्टि भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

    ६ माघ २०७९ मा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सीतापुर नजिकैको क्रान्तिघाटमा गैंडाका माउ बच्चा मृत अवस्थामा भेटिएका थिए । १४ बर्षको पोथी गैंडालाई करेन्ट लगाएर मारेर खाग काटिएको थियो । खाग काटिएको ठाउँबाट बगिरहेको रगत पानीमा मिसिएको दृश्य घटनास्थलमा देखिथ्यो । माउ मारेको केही मिटर पर खागसमेत नपलाएको चार बर्षको केटो गैंडा मृत अवस्थामा भेटिएको थियो । घटनास्थलको झण्डै ३५० मिटर नजिकै सैनिकहरुको भूताहा पोष्ट छ । निकुञ्जको कोर क्षेत्रमा अर्को शहरी पोष्ट छ । तस्करहरुले सैनिकको आँगन अगाडि खुला ठाउँमा हृदय विदारक ढंगले गैडा मारेका थिए । निकुञ्जले यो घटनापछि सहायक संरक्षण अधिकृत शान्तबहादुर मगरलाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धान थालेको थियो । चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, डिभिजन वन कार्यालय पश्चिम नवलपरासी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई १२ जेठमा पक्राउ गरेको थियो ।

    सीआईबीका प्रहरी कर्मचारीले गैंडाको खाग किन्ने ग्राहक बन्दै महंगो शुल्क दिने लोभ देखाएर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

    पक्राउ परेकाहरूको साथबाट लु ४५ प ५११७ नम्बरको मोटरसाइकल, ४ वटा मोवाइल, गैंडाको खाग, बाँसको किल्ला र बेण्डिङ तार बरामद गरिएको छ ।

    घटनास्थल मध्यवर्ती क्षेत्र र पूर्वी नवलपरासी भएकाले गत जेठ ३० गते जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनमा चितवन राष्ट्रिय निकुञ्जलाई पक्राउ परेका अभियुक्तहरुसहित वरामद गरिएका सम्पूर्ण सामाग्रीहरू बुझाइएको थियो ।

    निकुञ्जले ४१ दिनदेखि पक्राउ परेकाहरुसँग सोधपुछ र अनुसन्धान गरिरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले पक्राउ परेका तीनै जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि वुधबार नै लैजाने जानकारी दिए ।

    थप कसैको संलग्नता अनुसन्धानको क्रममा खुल्न आएमा पुनः अनुसन्धान गरी पूरक अभियोग पत्र दायर गर्ने मागदाबीसहित मुद्दा दायर गर्न लागेको उनले बताए ।

    राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ को उपदफा १ को खण्ड (क) ले निषेध गरेको कसुर अपराध गरेकोले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम ५ देखि १० लाखसम्म जरिवाना, ५ देखि १५ बर्षसम्म कैद सजाय वा दुबै सजाय हुने व्यवस्था छ ।

    युटुब हेरेर गैंडा मार्ने योजना बनाए, दोस्रो प्रयासमा मारे

    गैंडा मार्ने अभियोगमा पक्राउ परेका कृष्णबहादुर महतो डकर्मी हुन् । युटुबमा गैंडाको खाग बेचेर पैसा कमाउन सकिने देखेको र आफूले पनि उनले गैंडा मार्ने योजना बनाएको उनको भनाइ छ ।

    निकुञ्जका अधिकारीसमक्ष दिएको वयानका अनुसार उनले त्यसपछि गैंडा बढी ओहोरदोहोर गर्ने ठाउँको पहिचान गरे । पहिला उनले पोलबाट विजुली हुक गरेर गैंडा मार्ने प्रसा गरे । पछि उनले नजिकै रहेको मन्दिरबाट जीआई तारबाट करेन्ट लगाएर गैंडा मार्न सफल भएका निकुञ्जका अधिकारीहरु बताउँछन् ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनका अनुसार कृष्णबहादुर यसभन्दा अगाडि गैंडा मात्र होइन कुनै पनि वन्यजन्तु मार्ने काममा संलग्न थिएनन् । ६ माघको घटना उनको पहिलो संलग्नता हो ।

    खाग बिक्री आरोपमा पक्राउ परेका सिखाराम कृष्णबहादुर महतोका फुपाजु हुन् । सिखाराम भने यसअघि पनि यस्ता घटनामा संलग्न भएको निकुञ्जका अधिकारीहरु बताउँछन् । यो गिरोह ब्यवसायिक गिरोह नभएको प्रमुख संरक्षण अधिकृत पुनले बताए ।

    यो वर्ष २२ गैंडाको मृत्यु, ३ वटा तस्करले मारे

    चितवन राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा ३३ वटा एक सिङ्गे गैँडा मरेका छन् । तीमध्ये १९ गैंडा प्राकृतिक कारणले र ३ गैंडा चोरी शिकारीले मारेका हुन् । ६ वटा गैंडाका बच्चा बाघको आक्रमणबाट मरेका छन् ।

    चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैंडा मरेका थिए । सन् २०२१ मा गरिएको गणना अनुसार नेपालमा ७५२ गैंडा छन् । तीमध्ये ६९४ चितवनमा छन् । सन् २०१५ मा ६०५ र सन् २०११ को गणनामा ५०३ गैंडा पाइएको थियो ।

    प्राकृतिक कारणले गैंडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले विभिन्न अध्ययन टोली खटाएर अध्ययन गरे पनि संरक्षणमा ठोस प्रगति भएको छैन ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution