


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्षसहित ३ जनाले उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर भागेका छन् ।

वडाध्यक्ष विनोदसिं विष्ट, सुशील गुरुङ, बलीराज शाहीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएका हुन् ।

उपभोक्ता समितिका व्यक्तिहरूले उनीहरूलाई पक्राउ गरी कारबाही गर्न मागसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरीसमेत दिएका छन् । बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरूले रकम लिएका हुन् ।काम सकेर हिसाबकिताब गरी बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दीपा खड्काले बताइन् ।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१