कावासोती । नवलपुरको कावासोती नगरपालिकाले शैक्षिक सामाग्री निर्माण प्रतियोगिता आयोजना गर्न भएको छ ।नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुद्वारा निर्मित शैक्षिक सामाग्रीलाई नगर स्तरीय प्रतिस्पर्धामा मुल्यांकन गरेर पुरस्कृत गरिने नगरपालिकाको शिक्षा शाखाका शाखा अधिकृत राजन पाण्डेले जानकारी दिए ।
नगरपालिकाले यहि असार ३१ गते सम्म शिक्षकद्वारा निर्मित शैक्षिक सामाग्री शिक्षा शाखामा पेस गर्न सूचना गरेको छ । सूचना भनिए अनुसार उत्कृष्ट हुने शैक्षिक सामाग्रीलाई नगर स्तरीय प्रदर्शनीमा राखिने , उत्कृष्ट शैक्षिक सामाग्री निर्माण गर्ने शिक्षकलाई पुरस्कृत गरिने तथा नगर स्तरीय शैक्षिक सामाग्री निर्माणका लागि आयोजना गरिने तालिम तथा कार्यशालामा विज्ञको रुपमा स्थान दिईने छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१