• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २८, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनमा फैलियो आँखा पाक्ने रोग, भरतपुर आँखा अस्पताल आउँछन् दैनिक पाँचसय विरामी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० श्रावण १९, शुक्रबार (३ साल अघि)
    b (1)

    Advertisement

    चितवन ।चितवनमा आँखा पाक्ने रोग फैलदै गएको छ । रोगको संक्रमण फैलिएसंगै उपचारका लागि अस्पताल आउने विरामीको संख्या पनि बढ्दै गएको छ । भरतपुर आँखा अस्पतालमा दैनिक पाँच सय जना आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेका छन् ।अस्पतालकी नेत्र विशेषज्ञ डा. कुमुदिनी सुवेदीका अनुसार अस्पतालमा दैनिक आठ सयदेखि नौं सयजना विरामी आँखा उपचार गर्न आउने गरेका छन् । जसमध्ये पाँच सय जनामा आँखा पाक्ने रोगको समस्या देखिने गरेको छ । यो हप्ताको सुरुवातमा आँखा पाक्ने समस्या लिएर आउने जति थिए त्यो भन्दा छ गुणा बढि बिहिबार वृद्धि भएको डा.सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो रोग एडिनो भाइरस प्रजातीबाट सर्छ । आँखा पाक्ने समस्या जोसुकैलाई देखिन सक्छ । किनकी, एडिनो भाइरस बढी संक्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलैसँग सर्न सक्छ । विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ ।’ सजिलै सर्ने भएकाले यसले घरका सबै सदस्यलाई संक्रमित पनि गराउन सक्ने उहाँको भनाई छ ।उहाँले मुख्यतया बालबालिकामा यो समस्या धेरै देखिएको बताउनुभयो । ‘आँखा पाक्ने रोग बालबालिकामा बढी देख्ने गर्दछ । किनभने बालबालिका विद्यालय जान्छन् । विद्यालयमा भिडभाड हुन्छ । एक बच्चाले अर्को बच्चालाई छुँदा यो रेग सजिलै सर्छ ।’ बालबालिकामा आँखाको परेलाको डिल सुनिनु, रातो हुनु, आँखा बारम्बार मिच्नु, आँसु बढि झार्नु जस्ता समस्य देखा परेमा शिक्षकले बालबालिकालाई विद्यालयको उपाचार कक्षमा राखेर घर पठाउन उहाँले सुझाब दिनुभयो । विशेषगरी गर्मी महिनामा यो समस्याबाट पीडित हुनेको संख्या तुलनात्मक रुपमा बढी हुन्छ ।

    विगत केही महिनाअघि भारतमा यो रोगको संङक्रमण बढ्दै गएको थियो भने विस्तारै नेपालका विभिन्न जिल्लामा फैलदै छ । उहाँले आँखा पाक्ने समस्या देखिएका व्यक्तिले तुरुन्तै उपचार गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कोही व्यक्तिमा यो रोगको लक्षण देखा परेको छ भने तुरुन्तै उपचार गर्नुपर्दछ । उपचार गर्दा नेत्र विशेषज्ञसँग परामर्श गरेर मात्र उपाचार गर्नुपर्दछ ।’उहाँले धेरै जसोलाई यस रोगको जटिलता थाहा नभएको बताउनुभयो । त्यसैले नेत्र रोग विशेषज्ञसंग परामर्श गरेर मात्र उपाचार गर्न उहाँले आग्रह गर्नुभयो । यो रोग निको हुन दुईदेखि तीन हप्ता लाग्ने सुवेदीको भनाई छ । अनावश्यकरुपमा भिडभाडमा नजाने तथा जानै परे चस्माको प्रयोग गर्न र लक्षण देखिएमा अस्पतालमा जाँच गराउन उहाँले सुझाब दिनुभयो ।

    रोगको पहिचान कसरी गर्न सकिन्छ ?

    बिहान उठ्दा आँखा टालिने, आँखा खोल्न गाह्रो हुने, चिप्रा लाग्ने, आँसु आउने, बिजाउने, रातो हुने, कोस सुनिने जस्ता समस्या देखा परे आँखा पक्ने रोग लागेको हो भनि थाहा पाउन सकिने डा. सुवेदीको भनाई रहेको छ ।

    यस रोगको लक्षणहरु

    डा. सुवेदीका अनुसार यो रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने हुन् । यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । यसले जटिलता पैदा गर्न सक्छ । जटिलता पैदा भएमा नानीमा फुलो पर्ने, रोगसंग लड्न सक्ने क्षमता कम गर्ने र आँखा फुट्ने जस्ता समस्यापनि देखा पर्छ ।आँखा पाक्ने रोगबाट बच्नको लागि व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन जरुरी छ । साबुन पानीले बारम्बार हात धुनु पर्दछ । सङ्क्रमित व्यक्तिको नजिक नबस्ने, भिडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा ओछ्यान प्रयोग नगर्ने आँखा नछुने तथा चस्माको प्रयोग गर्नुपर्छ । त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ । साथै समयमै उपचार गरे यो रोग सजिलै निको हुन्छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution