
कावासोती। कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा सम्पन्न नभएका योजनाहरुलाई क्रमागत आयोजनामा समावेश गरेको छ । मंगलबार नगर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी गत आ.वमा नगरमा भएका बिकासका काम अन्र्तगत क्रमागत आयोजना बारेमा नगरका प्रवक्ता डोरमान गिरीले जानकारी दिए ।हेर्नुहोस् यस्तो छ । गत आ.वको नगरपालिकाको क्रमागत आयोजना
क्रमागत आयोजनाहरू:– वडा नं. ११को लोकाहा देखी मगरकोट सम्म ७ कि.मि., डिभिजन वन कार्यालय देखी कुश्नरी सम्म २ कि.मि., रतौल देखी कठौना १३ सय मिटर, वडा नं. १४ को त्रिभुवनटॉर देखी वडा नं. १७ को गौडेल चोक ५ कि.मि., वडा नं. १७ को ढोकि गाँउ देखी टंकचोक सम्म १.५ कि. मि., पालिका कार्यालय पुर्व देखी वडा नं. ३ सिमाना सम्म १७ सय मिटर, वडा नं. १ को कार्यालय देखी कोइलापानी सम्म २.७ कि.मि. बाटो कालोपत्रे, पोखरीताल निर्माण ४.५ करोड र वडा नं. १,२,६ र ८ मा मानव र बन्यजन्तु न्युनिकरणका लागी मेसजाली निर्माण ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]