
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गत मंगलबार एक सुचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालीका भित्र स्थायी बसोवास गर्ने नागरिकलाई लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागिएको प्रमुख प्रशासकिय अधिकृत भूपेन्द्र पाण्डेयले बताए ।
लोकसेवा आयोगको तयारी कक्षा लिन इच्छुकले असोज ८ गते भित्र नगरपालिकामा आवेदन दिनुपर्ने छ । यो कक्षा लिन पुरुषको हकमा ३० वर्ष र महिला तथा अपाङ्गता भएका व्याक्तिको हकमा ३५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ । भने कम्तिमा १०+२ वा सो सरह उतिर्ण गरेको हुनुपर्ने छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]