


काठमाडौं । काठमाडौं महानगरपालिका–११, सुन्धारामा एक जना युवतीको शव भेटिएको छ ।श्रीगुरु गेस्ट हाउसमा बसेकी १७ वर्षीया भूमिका राउत मृत अवस्थामा भेटिएको प्रहरी वृत्त, जनसेवाले जनाएको छ ।जनसेवाका एक प्रहरी अधिकृतका अनुसार, ललितपुरको इमाडोल घर भएकी उनी ८ असोजदेखि त्यहाँ बस्दै आएकी थिइन् । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले विषको बट्टा पनि बरामद गरेको छ । एक अधिकृत भन्छन्, ‘पोष्टमार्टम र भिसेरा जाँचपछि मृत्युको कारण स्पष्ट होला ।’थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१