• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख १३, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पर्यापर्यटन को विकासमा लगानी बढाऔं

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० कार्तिक ८, बुधबार (२ साल अघि)
    05

    Advertisement

    पर्यटनको माध्यमबाट वातावरण र जैविक विविधताको संरक्षणको साथै स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा सहयोग पु¥याउने वातावरणमैत्री पर्यटन नै पर्यापर्यटन अर्थात् ‘इको–टुरिजम’ हो । नेपाल पर्यापर्यटनको लागि निकैनै राम्रो गन्तव्य मानिन्छ । पछिल्लो समयमा ईको टुरिजम विश्वभरिनै फस्टाउँदै गएको पाईन्छ । नेपालको परिप्रेक्ष्यमा पर्यापर्यटनको अवस्था, आधार र सम्भावनाको लेखाजोखा गर्ने हो भने वन मन्त्रालयले सञ्चालन गरेको वन स्रोत सर्वेक्षण सन् २०१४ अनुसार कुल क्षेत्रफल मध्ये नेपालमा ४४.७४ प्रतिशत वन जंगल छ भने २३.६ प्रतिशत भुभाग संरक्षित वन क्षेत्रको रुपमा राज्यसँग सुरक्षित छ, ६४२ जाती वनस्पतीका १७,०२० प्रजाती तथा ३५०,६९९ वैज्ञानिक समुहका १,०६४,०३५ वैज्ञानिक नामाकरण सहितका वनस्पतीहरु, ६०० ओटा रैथाने बनस्पतीहरु, विश्वका फुलफुल्ने वनस्पतिहरु मध्ये २ प्रतिशत वा ६,९७३ प्रजातीहरु यहाँ पाईन्छ । २४६ प्रजातीका फुलफूल्ने वनस्पतीहरु नेपालमा मात्र पाईन्छन् । यस हिसावले हेर्ने हो भने पर्यापर्यटनका लागि हाम्रो देश निकै राम्रो गन्तव्य हो ।
    पर्यापर्यटनमा पछिल्लो समय मानिसहरुको ध्यान केन्द्रित भएको पाईन्छ । यसले पर्यटक र स्थानीय समुदाय दुवैका लागि धेरै फाइदा दिने गरेको पाईएको छ । पर्यटक र स्थानीय समुदाय दुबैका लागि यो निकै राम्रो बिषय पनि हो । पर्यापर्यटन ले घुमफिर गर्नेलाई मनोरञ्जन मात्र दिँदैन यसले पर्यावरणको संरक्षणमा समेत टेवा पु¥याउँछ ।

    वन्यजन्तु, वनस्पति तथा सांस्कृतिक आकर्षणयुक्त गन्तव्यमा फस्टाउने पर्यटन नै वास्तवमा पर्यापर्यटन हो । वातावरण संरक्षण तथा आर्थिक–सामाजिक विकासको क्षेत्रमा पर्यटनको महत्वलाई आत्मसात गर्दै विश्वमा सन् १९८० को दशकदेखि पर्यापर्यटनको अवधारणा लोकप्रिय बनेको हो । पछिल्लो समय पर्यापर्यटनलाई वातावरणीय सचेतना वृद्धि तथा पर्यावरण अनुसन्धानको क्षेत्रमा पनि महत्त्वपूर्ण मानिँदैछ । पछिल्लो अध्ययनले विश्वमा सबैभन्दा बढी फस्टाएको पर्यटन विधाका रूपमा पर्यापर्यटन रहेको छ। यस अनुसार पर्यापर्यटनमा वार्षिक १०–१५ प्रतिशतले वृद्धि भइरहेको छ। मनोरञ्जनका लागि प्राकृतिक वातावरणमा विचरण गर्न आउनेहरू र प्रकृतिको अध्ययन—अनुसन्धानका लागि भित्रिने अध्येताहरू नै पर्यापर्यटक अर्थात् ‘इको–टुरिष्ट’ हुन्। विश्वमा पर्यावरण विज्ञान फस्टाउँदै गएको, प्रकृतिको अध्ययन, अनुसन्धानमा मानिसको रुचि बढ्दै गएको र आधुनिकीकरणसँगै प्राकृतिक स्थलहरूको कमी हुँदै गएका कारण प्राकृतिक वातावरण जोगाएका क्षेत्रहरू पर्यटकको गन्तव्य बनिरहेका छन्।
    नेपालमा पर्यापर्यटनको माध्यमबाट पर्यटन क्षेत्रको व्यापक वृद्धि र विकास गर्न सकिने पर्याप्त सम्भावना र आधारहरु देखिन्छन् भने पर्यटनको माध्यमबाट स्थानीयस्तरमा न्यायोचित लाभ प्राप्त गरी मुलुकको आर्थिक वृद्धि र आर्थिक विकास हुदै राष्ट्र निमार्ण र राज्य निमार्ण गर्न सकिने उत्तिकै सम्भावनाहरु समेत छन् । नेपाली परिवेशमा पर्यापर्यटनको उद्देश्य पर्यटन र वातावरणमा सामञ्जस्यता ल्याउनु हो, जसको माध्यमबाट स्थानीय ग्रामीण अर्थतन्त्रलाई माथि उठाउन सकियोस्। तर पर्यटनलाई विकेन्द्रित गर्दै यसको लाभ आधारभूत तहसम्म पु¥याउने कुरामा गाम्भीर्यता देखिँदैन। धेरै पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूमा पूर्वाधार विकास र प्रचार—प्रसार गरिएको छैन। वास्तवमै प्राकृतिक छटा र विविधताले भरिपूर्ण नेपालका हरेक क्षेत्रमा पर्यापर्यटन विस्तारको सम्भावना छ। यसका लागि ती क्षेत्रको पहिचान, प्रचार—प्रसार तथा व्यवस्थित, जनसहभागितामूलक र दिगो पर्यटन विकासको नयाँ सोच आवश्यक छ।

    पर्यापर्यटन एउटा आकर्षक पर्यटकीय विधा हो तर यसको चुनौती पनि उत्तिकै छन् । वातावरणलाई विग्रन नदिएर दिगो रुपमा यसको व्यवस्थापन गर्न सक्नु ईको टुरिजम व्यवस्थापकहरुका लागि चुनौतीको बिषय हो । यसलाई अलिकति मात्र वेवास्ता गरियो भने यो उदोग नै धराशयी बन्न सक्छ । सदियौंदेखि स्थानीय पर्यावरणको रक्षा गर्दै आएका स्थानीय बासिन्दासम्म पर्यटनको लाभ पु¥याउनु र उनीहरूको मौलिकताको संरक्षण गर्नु पनि फस्टाउँदो पर्यापर्यटनसँगै जोडिएको चुनौती हो । हाम्रै जिल्ला नवलपुरको हकमा पनि पछिल्लो समय ईको टुरिजम चुनौती को बिषय बन्दै गएको छ । नवलपुर जस्तो प्राकृतिक रुपमा अत्यन्त सुन्दर जिल्लामा ईको टुरिजमको विकासमा राज्य संयन्त्रले खास चासो नदेखाउनु पनि अर्को दुःखको बिषय हो । यहाँका स्थानीय पालिकाहरुले ईको टुरिजममा गरेको लगानी हेर्ने हो भने निकै उदेक लाग्दो अबस्था छ । झारा टार्ने काम बाहेक यो क्षेत्रमा खासै उल्लेख्य लगानी पालिकाहरुले गरेको देखिदैन ।
    नवलपुर जिल्ला आजको मिति सम्म पनि पर्यापर्यटनका लागि निकै राम्रो गन्तव्य हो । तिन तले जिल्लाको रुपमा चिनिने यसको भुगोल हेर्ने हो भने आफैमा एउटा निकै चाखलाग्दो बिषय छ । यहाँ गुँरास फुल्ने लेक देखि मयुर नाच्ने समथर भुभाग समेत छ । यस कारणले जिल्लामा पर्यापर्यटनको संभावना निकै नै छ । तर स्थानीय सरकारहरुले पर्यापर्यटनमा गरेको लगानी भने उदेक लाग्दो छ । यसका लागि जनचेतना जगाउने काम पनि निकै कम मात्रामा भएको पाईन्छ । पर्यापर्यटनको अथाह संभावना बोको यस जिल्लाका स्थानीय सरकारहरुले यसलाइ महत्व दिने हो भने चितवन भन्दा पनि अथाह संभाभना छ । अहिले पनि चितवनको सौराहा क्षेत्र भन्दा नवलपुरको रजहर , अमलटारी लगायतका क्षेत्रमा एक सिङ्गे गैडाकोट अवलोकन सहज तवरले गर्न पाईन्छ । यसकारण पनि पर्यापर्यटनको विकासका लागि स्थानीय पालिकाहरुले लगानी बढाउन आवश्यक छ । पर्यापर्यटनको विकासका लागि गरेको लगानी भनेको स्थानीयहरुको लागि गर्ने लगानी हो । यस कारण पनि पर्यापर्यटनमा लगानी बढाउन आवश्यक छ । नवलपुर जिल्लाका पालिकाहरुले आजैदेखि यसमा गम्भिर भएर सोच्न जरुरी छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution