
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका-९ मा जारको पानी खाएपछि बिरामी परेको भन्दै एक युवकले कारबाहीको माग गरेका छन् ।जनकनन्दनी गाउँपालिका-९ इनर्वा घर भई जनकपुरमा बस्दै आएका विद्यार्थी इन्द्रजीत गोइतले आफू ३ दिनदेखि बिरामी परेको बताए । रेल्वे स्टेशननजिकै एक किराना पसलबाट किनेको पानीमा मटीतेल मिसिएको उनको भनाइ छ ।‘आइतबार राति जार किनेर डेरा लगेर पानी खाएर सुत्न लाग्दा अचानक टाउको र पेट दुख्न थाल्यो । सहन नसकेपछि रातिमै औषधि पसलमा गए । त्यहाँ समस्या भनेपछि दिएको औषधी खाए । त्यसपछि हल्का आराम भयो । बिहान जार चेक गर्दा मटीतेलजस्तो गन्ध आयो । जार समेत फोहोर रहेछ’, उनले भने ।
किराना पसल पुगेपछि ‘प्रिया जल कम्पनी’ को पानी रहेको थाहा भएको गोइतले सुनाए । स्रोतका अनुसार उक्त कम्पनी कुनै सरकारी निकायमा दर्ता छैन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]