
हेटौंडा । मकवानपुरमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा खर काट्न गएका चितवन राप्ती नगरपालिका- १ दुबीचौरका करिब ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको हो ।
शुक्रबार बिहान करिब सवा १० बजे राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्र दोभानमा खर काट्न गएका उनलाई बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट मृत्यु भएको खबर पाएपछि अनुसन्धान तथा मुचुल्काको लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली पठाइएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१