
नेपालगञ्ज । बर्दियामा एक जना प्रहरीलाई अख्तियारले ४० हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी वरिष्ठ नायव निरीक्षक पवन साउदलाई अख्तियारले घुससहित रंगेहात पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले आज दिउँसो साढे एक बजे मुद्दा फाँटका साउदलाई पक्राउ गरेको हो ।
लागूऔषध प्रयोगकर्तासँग सेटिङ मिलाइदिने भन्दै साउदले ४० हजार घुस मागेका थिए । उक्त घुससहित अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साउदमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१