नवलपरासी । पूर्वी नवलपरासीमा प्रहरीले ५४ बोरा चिनी बरामद भएको छ। प्रहरीले शुक्रबार लुकाएर राखिएको २७ क्वीन्टल चिनी बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सूचना अधिकारी इन्स्पेक्टर सुदर्शन पन्थीले झन्डै २७ क्वीन्टल चिनी भारतबाट भन्सार छलेर ल्याइ लुकाएर राखिएको अवस्थामा बरामद भएको जानकारी दिए।
उनका अनुसार बर्दघाट नगरपालिका-१५ नौडिहवास्थित धर्म न्यौपानको कोही नबस्ने घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ५० किलोका ५४ बोरा चिनी बरामद गरिएको हो।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१