• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३०, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सन्दर्भ  कोप सम्मेलन : जलवायु परिवर्तनको असर स्थानीय समुदायलाई महाकाल, मुठीभर सरकारी कर्मचारी, एनजिओ र आइएनजिओको लागि मालामालको अवसर

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० मंसिर १७, आईतबार (२ साल अघि)
    01 Thakur pandey Artical copy

    Advertisement

    खोला नदीमा बाढी आउँदा तटीय समुदायको खेत बस्ती सामाजिक संरचनालाई विभत्सव पुर्ण क्षति हुन्छ, उठीबाँस लाग्छ, वर्षौदेखिको थातथलो छोड्नु पर्दछ, सडक किनार, ज·ल र खाली चउरमा सरणलिनु बाध्य हुन्छन, कतिका अभिभावक बिहिन हुन्छन । विपत्ति र प्रलय कै कारणले टुहुरा र विधुवा हुनु परेको छ । त्यसैको नमुना हो केही वर्ष पहिले दिउसो आकाशमा न बादल छ, चर्को घाम लागेको छ । तर एकाएक २ बजे तिर पोखराको सेती नदिमा बाढी आउछ । मान्छे भागाभाग हुन्छ । हेर्दाहेर्दै खेतीयोग्य जमिन बगरमा परिणत हुन्छ, व्यापार पसल बगाउछ, मानिस बेपत्ता हुन्छन । यस्तै सिन्धुपालचोकको जुरेको पहिरो देखि मेलम्ची सम्मको कहाली लाग्दो प्रलयले अहिले पनि समुदायको आङमा घाम लागेको छैन । विद्यालय, खानेपानीको मुहान लगायतमा भएको क्षतिले अहिले पनि पुर्नस्थापना पर्खाइमा बसेको छ । हाल दुबईमा भएको कोप सम्मेलनले अब हुने जलवायु परिवर्तनका असरका लागि न्युनिकरण र अनुकुलनका लागि संवोधन गर्ला कि नगर्ला केहि भन्न सकिने अवस्था छैन । संवोधन गरेपनि कार्यन्वयनका लागि कति, कस्तो र कहिले सम्म प्रतिक्षा गर्ने एकिन छैन र हाल सम्म सरकारी तयारीको काम कछुवाको गतिले गर्दा विश्वास गरी हाल्ने अवस्था देखिदैन ।
    अर्को महत्वपुर्ण पक्ष भनेको जलवायु परिवर्तनका कारणले आज सम्म स्थानीय समुदायले बेहोर्नु परेको क्षतिपुर्ति कसले दिने ? को जिम्मेवार हुने त्यत्रो धनजन क्षतिको लागी कि नेपाली जनता आÇनै कर्म र भाग्यलाई दोष दिएर बस्नु पर्ने हो । यस विषयमा नेपाल सरकारका प्रतिनिधीहरुले शक्ति राष्ट्रका प्रतिनिधीहरुसँग स्पष्ट अडान राख्न सक्ने कि घर आए कुकुर बलियो भन्ने उखान लागु हुने । जहासम्म न्द्दण् को सम्मेलन भारतमा हुँदा नेपाल बाहेकका राष्ट्रलाई आमन्त्रण हुनु र नेपालको उपस्थितीलाई अवमुल्यन गर्नुले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको परराष्ट्र नीति र भूमिका दयनिय देखिन्छ त्यसकारण वर्तमान कोप सम्मेलनबाट पनि त्यति धेरै आशा गर्ने अवस्था देखिदैन ।
    जलवायु परिवर्तनको अवसरलाई न्युनिकरण र अनुकुलनका प्रयासका लागि वित्तिय सहयोग भन्दा ऋणमा सम्झौता गर्नुले नेपाल सरकारको अडान मजबुत छैन भन्ने कुरा नै प्रष्ट भएको छ । नेपालको स्थानीय समुदायको वन संरक्षण, विकास र विस्तारको लागि आएको रकम समेत सरकारी कर्मचारी र एनजिओ, आइएनजिओका कर्मचारीको लागि राम्रो अवसरको खेती भएको छ । नाम चलेका र ठुला होटल, रेष्टुरेन्ट मा हुने अभिमुखिकरण, तालिम, योजना निर्माणमा नै अहिले सम्म ठुलो धनराशी खर्चिनुले स्पष्ट भएको छ । आफुलाई विषय विशेषज्ञ र एनजिओ र आइएनजिओ ठेगदार कै कारण स्थानीय समुदायले तालिममा समोसा, चिया, कापी र कलम बाहेक अनुभुति गर्ने, जलवायु जन्य जोखिम कम गर्ने काम सिन्को भाचिएको छैन । हाल सम्म भित्रिएको रकम सामान्य क्यालकुलेटरले भ्याउदैन । तसर्थ जलवायु परिवर्तनको असरले कसैलाई घरबार बिहिन बनाएको छ । जुन घरमा टिनको छानो छ, पक्षघातको बिरामी छ, उठाउने, सुताउने मान्छे छैन जहान सबै मेलापात, गोठला गएका छन, गर्मियामको तापक्रम यसवर्षको नै ४३ डिग्री पुगेको छ । अब कल्पना गरौ त्यो दिर्घरोगी, विस्तरामा परेका बिरामी, सुत्केरी महिलाको स्वास्थ्यमा कति समस्या र बाँच्नकै लागि कति कठिन छ ।
    पानीको मुल सुकेर समुदायले चामलसँग पानी साटेर खानु पर्ने बाध्यता छ हामीले समाचार सुनेकै छौ । ठुला जलाशय नदी, पोखरी, ताल सुकेर ज·ली जनावरहरु बस्ती तिर प्रवेश गर्ने क्रम तिव्र छ । नारायणी नदि सुकेर निकुञ्जबाट जनावर बस्ती तिर प्रवेश गर्दा खेतीपाती र मानव समेत खतरा बढ्दै गएको छ । वनज·लमा नया वनस्पति, (सुख्खा वनस्पति) को संख्या तिव्र वृद्धि भएको छ । वनमासा, माइकेनिया लगायतका वनस्पतिले विगत देखि नै वन डढेलो वृद्धि भएसँगै सामुदायिक वनका उपभोक्ता डढेलोमा परेर मृत्यु समेतको संख्या बढ्दै छ । यस्तो कहाली लाग्दो अवस्था श्रृजना भएको अवस्थामा अब तापक्रम घट्ने होइन बढ्ने क्रम निश्चित छ । नेपाल जस्तो अल्पविकसित, विकसित राष्ट्रका लागि जलवायु परिवर्तन निश्चित रुपमा कहाली लाग्दो हुदै गएको छ । शक्ति सम्पन्न राष्ट्रले उत्सर्जन न्युनिकरणको एजेण्डा केवल सहमतिको लागि मात्र भएको छ । कुनै राष्ट्रले औधोगिकरणको प्रदुषण कम गर्ने पक्षमा छैन, न आणविक भट्टी कम गर्छन न युद्धबाट हुने क्षति कम गर्छन । शक्तिशाली राष्ट्रहरुको विकास र युद्धको होडबाजीले कमजोर पक्ष राष्ट्रलाई गम्भीर चुनौती थपिदै गएको छ ।
    रेडप्लसको माध्यमबाट शक्ति राष्ट्रले कमजोर राष्ट्रलाई वन वातावरण संरक्षण गरे बापतको रकमको ग्यारेन्टी, निरन्तरता निश्पक्षता प्रति झन आक्रोश बढ्दै गएको छ । किनकी विश्वव्यापी बढ्दै गएको आर्थिक मन्दी नेपालको घट्दो मुद्रा मुल्य र वनक्षेत्रमा भएको सरकारी फितलो दृष्टिकोण प्राकृतिक प्रकोपका कारण वनक्षेत्र संरक्षणमा दिगो सुनिश्चितता प्रति पनि विश्वास गर्ने अवस्था कमजोर छ । चाहे जेहोस सामराज्यवादी मुलुकले कमजोर राष्ट्रलाई ठग्ने र शोषण गर्ने दर्बिलो हतियार जलवायु परिवर्तन नारा नबनोस, शक्ति राष्ट्रले वन विनाश गरेर औधोगिक क्रान्तिबाट आर्थिक क्रान्तिमा प्रवेश गर्ने र हामी जस्ता कमजोर राष्ट्रलाई फेरी ज·ली युगमा प्रवेश गर्न उत्प्रेरित नभए भावी सन्ततीले यो पुस्तालाई श्राप गर्ने थिएनन् । वन क्षेत्र मात्रै विकास गर्ने, औधोगिकरण र आर्थिक वृद्धिमा परनिर्भर रहिरहने अवस्थाले मुलुकलाई उभो तिर भन्दा उधो तिर धकेल्ने सम्भावना देखिन्छ ।
    (लेखक ः नमुना सन्देश साप्ताहिक पत्रिकाका नियमित विचार लेखक हुन् ।)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution