चितवन ।श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भवन निर्माणका लागि प्रवासमा रहेकी पत्रकार रुपा वस्नेतले आर्थिक सहयोग गरेकी छिन् ।प्रेस चौतारी चितवनको सदस्यसमेत रहेकी वस्नेतले आफ्नो जन्मदिनको अवसर पारेर भवन निर्माणका लागि १५ हजार ५ सय १५ रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् ।
हाल बैदेशिक रोजगारीका क्रममा रहेकी वस्नेतले पत्रकारहरुको भवन निर्माण हुनु आफ्नो लागिसमेत निकै खुसीको विषय भएको भन्दैं भवनका लागि सहयोग गर्ने चाहाना पहिलादेखि नै राखेको वताइन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको भवन आफ्नो लागिसमेत गौरवको विषय भएको उनको भनाई छ ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले भवनका लागि विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको भन्दैं सहयोग गर्ने पत्रकार वस्नेतलाई धन्यवाद दिए ।समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । सो जग्गामा बन्दै गरेको भवनको लागत १ करोड ५० लाख छ । भवनको दोस्रो तला ढलान भैसकेको छ ।
पहिलो तला भित्र फिनिसिङको काम भैरहेको छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले गत बर्ष वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१