जनकपुरधाम । जनकपुरधामको वडा नंं २३ विन्धिमा आज भएको सवारी दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको छ ।जनकपुरधामबाट जलेश्वरतर्फ गइरहेको जनकपुरधामको एन्जल्स स्कुलको प्रदेश–२–०२–०१क–०४३१ नम्बरको बस अनियन्त्रित भई डिभाइडरमा चढ्दा डिभाइडरमा बसिरहेका जनकपुरधाम उपमहानगरपालिका–२३, विन्धिकी ३५ वर्षीया राखीदेवी यादव र ५८ वर्षीया देवकली देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करले गम्भीर घाइते भएका ८ जनालाई उपचारका लागि प्रादेशिक अस्पतालमा लगिएकोमा उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते भएका ६ जनाको उपचार प्रादेशिक अस्पताल, जनकपुरधाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
स्कुल बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनापछि बसमा तोडफोडसहित स्थानीयले प्रदर्शन गर्दा केहीबेर अवरुद्ध भएको सडक पीडित र प्रहरीबीच दोषीमाथि कारबाही गर्ने तथा उचित क्षतिपूर्ति दिने सहमतिपछि सुचारु भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१