कावासोती । पूर्वी नवलपरासी(नवलपुर)मा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बुधबार राति साढे ११ बजेको समयमा देवचुली १६ टागिकोटमा उक्त दुर्घटना भएको हो । भित्री सडक खण्डमा रजहर बाट फारम तर्फ जादै गरेको ग.प्र.०४–००१ प ४१४७ नम्बरको मोटरसाईकल चालकले नियन्त्रण गुमाई सडकको बायाँ साईडको नालिमा खसेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक देवचुली २ दुम्कौली बस्ने बर्ष २४ को जोन महतोको मृत्यु भएको छ । दुर्घटनामा घाइतेको भएको महतोको उपचारको क्रममा देवचुलि नगर अस्पताल दुम्कौलिमा मृत्यु भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१