• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ४, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विदेशमा ३० हजारको जागिर छोडेका नवराजले कावासोतीमै कमाउँछन् ८० हजार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ बैशाख ५, बुधबार (१ साल अघि)
    696f7259-3221-4e9c-9c42-c8a82b060e12 (1)

    Advertisement

    बिष्णु प्रसाद गौडेल, कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूृर्व) को कावासोती नगरपालिका– १७ गोछडाका नवराज गौडेल विगत पाँच वर्षदेखि पशुपालनमा व्यस्त छन्। रोजगारीका सिलसिलामा आठबर्से वैदेशिक रोजगारीमा बिताएका नवराज अहिले स्वदेशमै पशुपालनमा रमाएका छन्।
    वैदेशिक रोजगारीमा रहँदा मासिक ३० हजार रुपैयाँ कमाउने उनले अहिले पशुपालनबाट मासिक ८० हजार बचत हुने गरेको बताए। गाउँघर छाडेर विदेशी भूमिमा १२ घन्टासम्म पसिना बगाउँदा पनि परिवार पाल्न धौधौ भएपछि आफ्नै माटोमा कृषि तथा पशुपालन गर्ने अठोटका साथ व्यवसाय सुरु गरेको गौडेलले बताए। ‘आठ वर्ष विदेश बसेर पनि सोचेजस्तो आम्दानी नभएपछि नेपालमै पसिना बगाउने सोच आएको हो’, उनले भने, ‘अहिले घरपरिवारसँग दुःख गर्दै खर्च कटाएर महिनाको ८० हजारसम्म जोगाउन सकेको छु।’

    सात लाख रुपैयाँको लगानीमा २०७५ सालमा गौडेल गाई तथा कृषि फार्म स्थापना गरी २३ वटा गाईबाट सुरु भएको व्यवसायले सबै लगानी उठाएर फाइदा दिन थालेको छ। गाईभैंसीको आहारका लागि सात का जमिनमा उन्नत जातको घाँस खेती गरी यसलाई नियमित र दिगो बनाउन थालिएको गौडेलले बताए।
    ‘बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म समय तालिकाअनुसार श्रीमान् र श्रीमती मिली गाईभैँसीको स्याहारसुसारदेखि दूध बिक्रीमा खट्ने गरेका छौं’, उनले भने। आफ्नै गाउँघरमा परिवारसँग मेहनत गर्न पाउँदा नवराज खुसी छन्। साँझबिहान परिवारसँगै दुःख बिसाउँदै स्वदेशमै केही गर्न चाहनेका लागि पशुपालन अझै पनि राम्रो विकल्प रहेको उनको सुझाव छ। विदेश भूमिमा तातो घाममा पसिना बगाउने दुःखको केही अंश मात्र स्वदेशमा मेहनत गर्ने हो भने राम्रो आम्दानी गर्न सकिने गौडेलले बताए। पाँच वर्षको पशुपालन अनुभवमा पछिल्लो वर्ष पशुमा देखिएको लम्पी स्किन रोग र मिल्क होलिडेले केही समस्या सिर्जना गरे पनि व्यवसाय सम्हालिएको छ। लम्पी स्किन रोगबाट दुईवटा गाईलाई असर गरे पनि नियमित सरसफाइ र औषधि उपचारले क्षति हुन नपाएको गौडेलले बताए।

    घाँस–परालका लागि कुनै समस्या नभए पनि दाना चापटको मूल्य निरन्तर बढिरहँदा किसानलाई मर्का परेको उनको गुनासो छ। ‘दाना चापटको मूल्य निरन्तर बढ्दो छ, भारतबाट दूध पनि नेपाल भित्रिँदा यहाँ उत्पादन भएको दूधले बजार नपाउने अवस्था सिर्जना भयो’, उनले भने, ‘राज्यले यस्ता कुरामा नियमन गरे किसानलाई मार पर्दैनथ्यो।’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution