• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २०, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बसाइँसराइले रित्तिँदै नवलपुरको गाउँ

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ बैशाख ९, आईतबार (२ साल अघि)
    basaisarai

    Advertisement

    बोमलाल गिरी ,नवलपुर  । नवलपुरको बौदीकाली गाउँपालिका–१, डेढगाउँ यो क्षेत्रका लागि सहर हो । राष्ट्रिय प्रसारणको लाइन नपुगे पनि वैकल्पिक ऊर्जाले गाउँ झिलिमिली छ । गाउँमै सरकारी र बोर्डिङ स्कुल सञ्चालित छन् । सञ्चार सुविधाको कमी छैन । स्वास्थ्य चौकी नजिकै छ । बौदीखोलाबाट ल्याइएको पानीको नहरले जहाँतहीँ सिँचाइ हुन्छ ।  पिउने पानी छ्यालब्याल छ । अझ अजङ पहरा छिचोल्दै गाउँमै पुगेको कालीगण्डकी कोरिडोरले सजिलैसँग गाउँ र सहरलाई जोडेपछि यहाँका बासिन्दाको जीवनशैली नै परिवर्तन गराएको छ । सबैभन्दा राम्रो त गाउँको हावापानी छ अनि विषादीमुक्त फलफूल र तरकारी । त्यही कालीगण्डकी कोरिडोरको छेवैमा रहेको राजकुमार श्रेष्ठको तीनतले परम्परागत शैलीको घर हेर्दा निक्कै आकर्षक देखिने गरी बनाइएको थियो । वरिपरि काठैकाठको बार्दली, टायलको छाना, झट्ट हेर्दा कुनै पुराना साहुमहाजन अथवा प्रधानपञ्चको झल्को दिने यो घर अहिले निक्कै टिठलाग्दो देखिन्छ । वरिपरि घाँस उम्रेको छ । काठ मक्किइसकेका छन् । छानाबाट पानी चुहिन थालेको छ । चुहिएको पानीले सेतो कमेरो र रातो माटोको रङ नै बदलिदिएको छ । बसाइँसराइको प्रभावमा परेको यो एउटा नमुना घर हो । गाउँमा अरू पनि यस्ता धेरै घर छन् । कतिपय त भत्किन लागेकाले टेको लगाएर अड्याइएको छ । यहाँका मानिस थप सेवासुविधा खोज्दै गाउँबाट सहर झरिरहेका छन् । राजकुमार श्रेष्ठको घरैअगाडि लक्ष्मी सारूले चटपटे र पानीपुरीको व्यापार गरिरहनुभएको छ ।

    कोरिडोरले गाडी र मोटरसाइकलमा हिँड्नेको चहलपहल बढेपछि उहाँको चटपटे र पानीपुरीको सानो व्यापारले पनि गाउँमै आनन्द दिएको छ । लक्ष्मीका अनुसार राजकुमारका श्रीमान्श्रीमती पूर्वपश्चिम राजमार्गले छोएको जिल्लाकै गैँडाकोट झरेका छन् भने छोराबुहारी थप सुखसुविधा खोज्दै पोखरा पुगेका छन् । प्युठान, अर्घाखाँची, बागलुङ, स्याङ्जा, पर्वतलगायतका पहाडी जिल्लाबाट बसाइँ सरेर मानिस तराईको जिल्ला अर्थात् भित्री मधेश नवलपुर आउने क्रम जारी छ तर नवलपुरकै पहाडी पालिकाबाट समेत थप सेवासुविधा खोज्दै सहर झर्न थालेपछि गाउँ बिरानो बन्दै गएको छ ।

    गाउँमा विकास थपिँदै गए पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या नरोकिएको र ग्रामीण बस्ती पातलिन थालेको स्थानीय पुराना शिक्षक एवं पूर्ववडाध्यक्ष बालप्रसाद ठाडामगरले बताउनुभयो । यसले गर्दा जनसङ्ख्या वृद्धिदरसमेत ऋणात्मक हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

    पछिल्लो एक वर्षमा सबैभन्दा धेरै बौदीकाली गाउँपालिकाबाट बसाइँ सरेका छन् । बौदीकालीबाट चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म एक हजार ४९७ जनाले पालिकामा दर्ता गराएर गाउँ छोडेको पञ्जीकरण कार्यालयको तथ्याङ्कले देखाएको छ । त्यस्तै हुप्सेकोटबाट एक हजार ५७ र बुलिङटारबाट ४९७ जना बसाइँ सरेर अन्यत्र गएका छन् तर गाउँ छोडेर गए पनि अधिकांशले बसाइँसराइ नै नलगेका पालिकाले जनाएका छन्, जसले गर्दा गाउँ छोड्नेको सङ्ख्या अझ धेरै हुने अनुमान गर्न सकिन्छ ।

    बसाइँसराइको प्रत्यक्ष प्रभाव गाउँका सरकारी विद्यालयमा देखिएको छ, जहाँ हरेक वर्ष भर्ना हुने विद्यार्थीको सङ्ख्या घटिरहेको छ । बुलिङटार–३ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद बस्ताकोटीले यस वर्ष झन्डै एक सय जना विद्यार्थी घट्ने अनुमान गर्नुभयो ।

    उहाँका अनुसार सहरीकरणले अभिभावक बसाइँ सर्ने क्रम बढेको छ । विशेष गरी वैदेशिक रोजगारीमा जानेको आर्थिक अवस्था केही बलियो भएपछि बसाइँ सर्छन् । छोराछोरी लिएर डेरा गरेर भए पनि सहरमा नै बस्छन् । जसले गर्दा हरेक वर्ष विद्यार्थी सङ्ख्या घटिरहेको छ । यो शैक्षिक सत्रमा झन्डै एक सय विद्यार्थी घट्ने अनुमान छ ।

    यसले गर्दा सरकारी विद्यालयमा विद्यार्थी भर्ना भए पनि टिकाउनै मुस्किल परेको प्रअ बस्ताकोटीले बताउनुभयो । समाजशास्त्री एवं मध्यबिन्दु बहुमुखी क्याम्पस, कावासोतीका प्राध्यापक करुण लम्सालका अनुसार बालबालिकाको शिक्षादीक्षाका साथै भौतिक सुखसुविधा र देखासिकीका कारण पनि बसाइँसराइ बढ्दै गएको छ । समाजशास्त्री लम्सालले भन्नुभयो, “श्रीमान् पासपोर्ट बनाउन सदरमुकाम आउनेबित्तिकै श्रीमती पनि सँगै आएर डेरा खोज्न थाल्छन् । यसले गर्दा पहाडको जनघनत्व घट्दो क्रममा छ ।”

    पहाडको जनसङ्ख्या घट्दै जाँदा सहरमा भने चाप बढ्दै गएको छ । “राज्यले लगानी गरेर गाउँ गाउँमा बाटो पुर्‍याएको छ, विद्यालय र स्वास्थ्य चौकीका संरचना निर्माण गरेको छ, लम्सालले भन्नुभयो, “तर बसाइँसराइले प्रयोग गर्नेको सङ्ख्या घट्दै जाँदा ती संरचना उपभोगविहीन हुने अवस्था आएको छ भने तराई र सहरमा जनघनत्व बढ्दै जाँदा सेवासुविधाबाट वञ्चित हुने खतरा उत्पन्न भएको छ ।”  साभार gorkhapatraonline.comबाट 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution