• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ९ महिनामा गण्डकीको बजेट २५ % मात्र खर्च

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ बैशाख १०, सोमबार (२ साल अघि)
    gandaki-sarkar-scaled

    Advertisement

    पोखरा । संघले अधिकार नदिनाले कामै गर्न सकिएन भन्ने प्रदेश सरकारको गुनासो सुनिन्छ । तर, पाएको बजेट पनि खर्च गर्न भने प्रदेशहरु असमर्थ छन् । संघले पनि विकास खर्च गर्न सकिरहेको छैन । प्रदेशहरू सबैजसोमा पनि उही रोग छ । गण्डकी प्रदेशको हालत पनि विकास खर्चमा उस्तै सुस्त र निराशाजनक छ । गण्डकी प्रदेश सरकारले चैत मसान्तसम्म २४ दशमलव ८२ प्रतिशतमात्र बजेट खर्च गरेको छ । साउनमा आर्थिक वर्ष सुरु भएयताको ९ महिनामा त्यतिमात्रै खर्च गरेको सरकारसँग अब तीन चौथाइ बजेट खर्चन साढे २ महिनामात्रै छ ।

    प्रदेश लेखा नियन्त्रण कार्यालय गण्डकीका सूचना अधिकारी चन्द्रशेखर सापकोटाका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा चालुतर्फ २ अर्ब ६८ करोड ५७ लाख खर्च भएको छ । पुँजीगततर्फ ४ अर्ब ४३ करोड २५ लाख खर्च भएको छ । वित्तीय हस्तान्तरण अनुदानको ५६ प्रतिशत अर्थात १ अर्ब १७ करोड ९२ लाख खर्च भएकोे सापकोटाले जानकारी दिए ।समग्रमा चालुतर्फ २५.२६ र पुँजीगततर्फ २१.९५ र वित्तीय हस्तान्तरण अनुदानसहित २४ दशमलव ८२ प्रतिशत खर्च भएको हो । गण्डकी सरकारको यो वर्षको बजेट ३३ अर्ब ४२ करोड ७२ लाख छ । गण्डकी सरकारले चैत मसान्तसम्म कर राजस्व ६ अर्ब ५० लाख ३८ हजार ३ सय ३१, अन्य राजस्व १ अर्ब २६ करोड ५० लाख ३४ हजार ३ सय ४० संकलन गरेको छ । सरकारले चैतसम्म राजस्व लक्ष्यको ५२.४५ प्रतिशतसम्म संकलन गरेको छ ।

    प्रदेशका ७ मन्त्रालयमध्ये सर्वाधिक बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले चैत मसान्तसम्म ३०.९८ प्रतिशत खर्च गरेको छ । भौतिकको बजेट ११ अर्ब ८८ करोड ३१ लाख ८८ हजार रहेकोमा ३ अर्ब ६८ करोड खर्च भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यायलले ३७ करोड ७० लाख ६९ हजार ४ सय ५५ रुपैयाँ अर्थात ३१ दशमलव ६७ प्रतिशत खर्च भएको छ । यसको कुल बजेट १ अर्ब १९ करोड ४ लाख ५४ हजार छ ।

    आर्थिक मामिला मन्त्रालयको १५ करोड १५ लाख ७८ हजार बजेट रहेकोमा ३ करोड ९० लाख ५८ हजार ९५ रुपैयाँ खर्च भएको छ । जुन २५ दशमलव ७७ प्रतिशत हो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको यो वर्ष १ अर्ब ६० करोड ६२ लाख ४१ हजार ९ सय ९२ बजेटको ३५ दशमलव ५५ प्रतिशत खर्च भएको छ ।

    गण्डकी सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय ५ अर्ब १ करोड ७० लाख ५५ हजार बजेटमध्ये २ अर्ब १ करोड ६० लाख २० हजार ११ रुपैयाँ अर्थात् ४० दशमलव १८ प्रतिशत खर्च भएको छ । यो गण्डकीका मन्त्रालयमध्ये सबैभन्दा बढी खर्च हो । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एक अर्ब ७५ करोड १२ लाख ८३ हजार सात सय ९१ रुपैयाँ खर्च गरेको छ ।

    सामाजिक विकासले कुल बजेट ५ अर्ब १८ करोड ५३ लाख ६ हजारको ३३ दशमलव ७७ प्रतिशत खर्च गरेको हो । कृषि तथा भूमि व्यवस्था मन्त्रालयको कुल बजेट २ अर्ब २४ करोड ४६ लाख ९७ हजार रहेकोमा २५ दशमलव ५४ प्रतिशत खर्च भएको छ । कृषि, भूमि व्यवस्थाले चैतसम्म ५७ करोड ३१ लाख ९४ हजार पाँच सय ९ रुपैयाँ खर्च गरेको हो ।

    गण्डकी सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला मन्त्री हरिबहादुर चुमान सरकारको खर्च गर्ने प्रणालीमा समस्या देखिएको जनाउँदै ती समस्या सुल्झाउँदै अघि बढ्ने बताउँछन् । ‘भुक्तानी प्रक्रियामा अड्किएका छन्, भुक्तानी भएपछि खर्च बढ्छ । खरिद प्रक्रियादेखि लिएर यो क्षेत्रमा अनेक समस्या छन् । समस्या पहिचान भएका छन्, सरकार सुल्झाउँदै अघि बढ्छ,’ उनले भने ।

    उता, संघ सरकारको पनि चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२ दशमलव २४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको राससले जनाएको छ । चालु आवका लागि पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख बराबर खर्च भएको छ ।

    चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । हालसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१ दशमलव ९३ प्रतिशत अर्थात् ९ खर्ब ९ अर्ब ३९ करोड १४ लाख बराबर छ ।

    बजेट खर्चमा मात्र नभई राजस्व संकलनको अवस्था पनि कमजोर देखिएको छ । चालु आवका लागि कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व संकलन गर्ने सरकारी लक्ष्य छ । चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५२ दशमलव ५ प्रतिशत अर्थात् ७ खर्ब ७३ अर्ब तीन करोड ६६ लाख असुली भएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution