• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ कार्तिक १०, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

२

जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

३

पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

४

तोलामा ४ हजार ८ सय घट्यो सुन

५

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

६

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

७

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

८

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

९

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

१०

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

११

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

१२

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा चौधरी ग्रुपको सिजी धाम र उद्योग अगाडि खुम्चियो राजमार्ग

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ जेष्ठ ३, बिहिबार (१ साल अघि)
    rajmarg

    Advertisement

    भउचप्रसाद यादव/बोमलाल गिरी , नवलपुर  । बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नारायणघाट–बुटबल सडक खण्ड विस्तारको काम भइरहेको छ । पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजित सडकको पूर्वी खण्डमा हालसम्म ५०.६२ प्रतिशत भौतिक प्रगति भएको जसमा १२.२३ प्रतिशत अर्थात् ३७ किलोमिटर एकतर्फी कालोपत्रे भएको आयोजनाले जनाएको छ । तर आधा काम सकिइसक्दा आयोजनाको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) गर्ने बेलामा गम्भीर लापरबाही भएको पाइएको छ । नवलपुरको देवचुली नगरपालिका–२, दलदलेमा रहेको चौधरी गु्रपको सिजी धाम, चौधरी उद्योग र गैँडाकोट–१२, हर्कपुरमा रहेको चौधरी फाउन्डेसन तथा सिजी उन्नति कल्चरल भिल्ला र फन पार्क अगाडिको राजमार्गको झन्डै सात सय मिटर क्षेत्रफलमा मापदण्डविपरीत चार लेनको मात्र सडक बनाइएको छ ।

    सहरी क्षेत्र रहेको यो ठाउँमा हिँड्ने बाटोबाहेक छ लेनको सडक हुनुपर्ने थियो । चौधरी उद्योगले समेटेको यो क्षेत्रमा कसरी सडक खुम्चियो भन्नेमा स्थानीय नै आश्चर्यमा छन् । “त्यही राजमार्ग अन्तर्गत सहर क्षेत्रका अन्य ठाउँमा छ लेनको सडक हुँदा यहाँ कसरी खुम्चियो, हामी आश्चर्यमा परेका छौँ,” स्थानीय रामबहादुर क्षेत्रीले भन्नुभयो ।

    गैँडाकोट–१२ का पूर्ववडाध्यक्ष थिरबहादुर बस्नेतले वारिपारि छ लेन र उद्योग अगाडिको झन्डै सात सय मिटर बाटोलाई चार लेनमा झार्दा त्यसले दुर्घटना निम्त्याउने जोखिम पनि उत्तिकै रहेको बताउँदै भन्नुभयो, “यस विषयमा ध्यानाकर्षण गराउन दुई पटकसम्म सडक बोर्डमा डेलिगेसन गएका थियौँ । उहाँहरूले माथिबाट जस्तो नक्सा आयो, हामीले त्यस्तै बनाएको हो । नक्सा परिवर्तन गर्न सकिन्न, त्यसका लागि केन्द्र सरकारलाई नै भन्नु पर्छ भन्नुभयो ।” यस विषयमा ध्यानाकर्षण गराउन नगरप्रमुखको संयोजकत्वमा सङ्घर्ष समितिसमेत बनाएर दबाब दिए पनि समाधान नभएको उहाँको भनाइ छ ।

    गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले पनि यो अचम्मको विषय भएको बताउनुभयो । “बाटो विस्तार गर्दा थुप्रै सर्वसाधारणको जग्गा गएको छ तर उद्योग क्षेत्रको चाहिँ जग्गा छुनै नपाइने हो र ?” नगर प्रमुख अधिकारीले प्रश्न गर्नुभयो । सडक आयोजनाले पनि आफूहरूले डिपिआर अनुसार काम गरेको जनाएको छ । नारायणघाट–बुटबल सडक आयोजनाका प्रमुख आशिष थापाले भन्नुभयो, “सम्झौता अनुसारको स्वीकृत दस्ताबेज जे थियो, हामीले त्यसै अनुसार काम गरेका हौँ ।” सडक विभागले भने गैँडाकोटको हर्कपुर र देवचुलीको दलदलेमा रहेको चौधरी गु्रपका उद्योग अगाडिको क्षेत्रलाई जङ्गल क्षेत्र रहेको जनाएको छ । “त्यो बाटोको सर्भे गर्ने बेला त्यहाँ जङ्गल नै थियो, त्यसैले जङ्गल क्षेत्रमा चार लेनको हुने मापदण्ड अनुसार यस्तो भएको हो,” सडक विभागका आयोजना निर्देशक चूडाराज ढकालले भन्नुभयो ।

    “राजमार्ग सरकारी जग्गा हो, कसैले सरकारी जग्गा मिच्न पाउँदैन, उद्योग रहेका क्षेत्रमा अहिले ठुलै सहर भएको छ,” आयोजना निर्देशक ढकालले भन्नुभयो, “स्थानीयले छ लेनकै सडक चाहियो भनेमा त्यसलाई विस्तार गर्न पनि सकिन्छ ।” तर चौधरी ग्रुपले भने यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ । चौधरी ग्रुपका वरिष्ठ प्रशासन प्रमुख रामकाजी सिटौलाले यसबारे उद्योगलाई कुनै जानकारी नभएको बताउनुभयो । “मैले त छ लेन नै होला भन्ने सोचेको थिएँ तर हामीले बनाएको डिजाइन होइन,” सिटौलाले भन्नुभयो ।

    डिपिआर स्वीकृत भएको बेला सडक विभागका महानिर्देशक रहनुभएका कार्कीले नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको डिपिआर एसियाली विकास बैङ्क (एडिबी) को संयोजनमा तयारी भएकाले आफूलाई त्यसबारे केही जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक वर्ष देशभरि धेरै सर्भे तथा डिपिआर निर्माणका काम भइरहेका हुन्छन् । सबैको एक/एक लाइन हेरेर साध्य हुँदैन ।”

    कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँ लागतमा चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले सडक विस्तारको काम गरिरहेको छ । साढे तीन वर्षमा काम सक्ने र पाँच वर्षसम्म निर्माण कम्पनी आफैँले मर्मत गर्ने गरी २०७५ चैतमा शिलान्यास गरिएको यो सडकको अन्तिम पटक थपिएको म्याद आगामी साउनमा सकिँदै छ । तर थपिएको म्याद सकिन अब तीन महिना मात्र बाँकी छँदा काम भने बल्ल आधा मात्र सकिएको छ । यो समाचार gorkhapatraonline.com बाट साभार गरिएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • तोलामा ४ हजार ८ सय घट्यो सुन


  • Advertisement

    समाचार
  • १

    आगजनीबाट मौलाकाली केबुलकारमा झन्डै ७० करोड क्षति

  • २

    जेनजी आन्दोलनमा कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या

  • ३

    पोर्चुगलमा तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४

    तोलामा ४ हजार ८ सय घट्यो सुन

  • ५

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • ६

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ७

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ८

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ९

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • १०

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution