• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ १६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरको धौवादीमा तीन वर्षपछि फलाम उत्पादन गर्न सकिने, अनुमानित लागत ५१ अर्ब

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ अषाढ ६, बिहिबार (१ साल अघि)
    Dhaubadi-falma

    Advertisement

    नवलपुर । धौवादी फलाम कम्पनीबाट दैनिक १५ सय टन बिलेट उत्पादन हुने देखिएको छ। धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवदेनले २०८४ सालदेखि उत्पादन नै सुरू गर्न सकिने उल्लेख गरेको छ। यो अध्ययनका लागि एम एन्ड दस्तुर, एस आर के र जेड कम्पनी छनोट भएका थिए। यीमध्ये दुइटा भारतीय कम्पनी हुन् भने जेड नेपाली कम्पनी हो। करिब आठ महिना संयुक्त रूपमा काम गरेका यी तीन कम्पनीले एक महिनाअघि धौवादी फलाम कम्पनीलाई अध्ययन प्रतिवदेन बुझाएका हुन्। धौवादी फलाम खानीमा आधारित आइरनरस्टिल उद्योग स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई अन्तिम प्रतिवेदन प्राप्त भइसकेको छ,कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.जनकबहादुर चन्दले भने, सो अध्ययनबाट आइरनरस्टिल उत्पादन गर्न आर्थिक र प्राविधिक रूपमा सम्भव देखिएको छ।

    आगामी दिनमा माइनिङ सेस्मिक (उत्खनन गर्दा हुने कम्पन), वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र विस्तृत परियोजना प्रतिवदेन तयार गरी उत्पादनतर्फ लागिने उनले बताए। बाँकी काम सकेर उद्योग स्थापना गरी २०८४ सालदेखि उत्पादन नै सुरू गर्ने लक्ष्य छ, उनले भने।

    चन्दका अनुसार उद्योग स्थापना भएसँगै दुई हजारदेखि २५ सयले जनाले प्रत्यक्ष र २० देखि २५ हजार जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाउनेछन्। अध्ययनले परियोजनाको पुँजीगत लागत ५१ अर्ब २५ करोड रूपैयाँ लाग्ने प्रक्षेपण गरेको छ। यस्तो लगानी असुल भएर कम्पनी नाफामा जान सात वर्ष लाग्ने बताइएको छ।

    हालसम्म लगानीको मोडल भने टुंगो लागेको छैन। पहिले ४५ प्रतिशत निजी र ५५ प्रतिशत सरकारले लगानी गर्ने भन्ने थियो। तर ठ्याक्कै यकिन भइसकेको छैन, उनले भने। लगानी मोडलबारे विस्तृतमा छलफल हुने चन्दले बताए।

    आइरनरस्टिल उत्पादन क्रममा उद्योगको डिआरआई (डाइरेक्ट रिड्युस आइरन) प्लान्टबाट करिब ७० मेगावाट विद्युत समेत उत्पादन हुनेछ। भविष्यमा हाइड्रोजनको प्रयोग र कार्बन उत्सर्जन न्यूनीकरण गरी हरित स्टिल समेत उत्पादन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।

    यो उद्योग स्थापना भएपछि अन्य ठाउँमा छरिएर रहेका साना फलाम खानीहरूको पनि सदुपयोग हुने चन्द बताउँछन्। साथै देशमा उत्पादित विद्युत खपत बढ्नेछ। अहिले छिमेकी मुलुक भारतबाट फलाम आयात भइरहेको छ। यहीँ फलाम उत्पादन भएपछि २० देखि २५ प्रतिशत व्यापार घाटा प्रतिस्थापन गर्न सकिने उनको भनाइ छ। प्लान्ट जडान गर्न दुई सय २० केभिए प्रसारण लाइनबाट विद्युतको काम अघि बढिसकेको छ। पहाडी क्षेत्रमा फलाम खानीसम्म पुग्ने सडक निर्माण काम पनि अन्तिम चरणमा पुगेको छ।

    पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा-५ को धौवादी डाँडामा फलाम खानी भेटिएपछि खानी उत्खननका लागि प्रक्रिया अघि बढाइएको हो। पूर्व-पश्चिम राजमार्गको डन्डा बजारबाट २७ किलोमिटर उत्तरमा धौवादी फलाम खानी छ। ६ वर्षअघि नै त्यहाँ दस किलोमिटर क्षेत्रफलमा फैलिएको लामो फलाम खानी भेटिएपछि सरकारले उत्खननका लागि प्रक्रिया अगाडि बढाएको थियो। सरकारले २०७६ सालमै खानीबाट फलाम निकाल्न धौवादी कम्पनी गठन गरेको थियो। सरकारले मुलुकका उद्योगहरूलाई आवश्यक पर्ने फलाम स्वदेशमै उत्पादन गर्ने उद्देश्यले कम्पनी स्थापना गरेको हो।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution