• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा भूक्षय रोक्न एक लाख ६० हजार बिरुवा निःशुल्क वितरण गरिँदै

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ अषाढ १३, बिहिबार (१ साल अघि)
    birua

    Advertisement

    मध्यविन्दु (नवलपरासी) । हरियाली प्रवद्र्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले २८ प्रजातिका एक लाख ६० हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने लक्ष्यका साथ सर्वसाधारणलाई बिरुवा बाँड्न सुरु गरेको छ । वन कार्यालयले कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण थालेको हो । डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को परिसरमा रहेको डिभिजन नर्सरी र गैँडाकोट सब डिभिजन कार्यालयको सब डिभिजन नर्सरीमा हुर्काइएका एक लाख ६० हजार बिरुवा वृक्षरोपणका निमित्त निःशुल्क वितरण थालिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताउनुभयो । “नर्सरीमा बाँस, तेजपात, हर्रो, बर्रो, धूपी, कपुर, म्याडगोस्टिक, अशोक, शीतलचिनी, निम, रुख कटहर, अम्बा, टाँकी, बडहर, जामुन, कल्की, टिकुमा, टिक, किम्बु, बकाइनो, पिपल,, अमला, लप्सी, चिउरी, भटमास घाँसलगायतका बिरुवा रहेका छन्”, उहाँले भन्नुभयो ।

    नर्सरीमा हुर्काइएका बिरुवा रोपणका निमित्त निःशुल्क वितरण थालिएको हो । कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवाको निःशुल्क वितरण थालेपछि बिरुवा लिन आउनेहरू बढेका छन् । विशेष गरी निजी जमिनमा बिरुवा माग गर्ने उपभोक्ताले सौन्दर्यजन्य धूपी, कल्की फूल, गोलमोहर, वीरेन्द्र फूल, कपुरजस्ता बिरुवा लैजाने गरेको प्रमुख अधिकारीले बताउनुभयो ।

    “ कावासोतीमा यस वर्ष एक लाख दश हजार र गत वर्षको १४ हजार गरी एक लाख २४ हजार बिरुवा तयार भएका छन्, बाँकी गैँडाकोटमा हुर्काइएको हो”, उहाँले भन्नुभयो, “बहुवर्षीय रुखका बिरुवा, बहुवर्षीय डाले घाँसका बिरुवा, बहुवर्षीय फूलका बिरुवा, सुगन्धित, जडीबुटीजन्य बिरुवाका साथै भू–क्षय, कटान तथा पहिरो रोकथाम उपयोगी बाँस तथा अम्रिसो जातका बिरुवा तयार गरिएको छ ।” वन कार्यालयको नर्सरीबाट बिरुवा उपलब्ध गराउन थालिएसँगै अहिले बिरुवा लिन आउनेहरू बढेका छन् । लामो समयको खडेरीपश्चात् भर्खर मनसुन सक्रिय भएकाले अब बिरुवा रोप्दा जोगाउन सजिलो हुने भएपछि बिरुवा लिन आउने बढेका हुन् ।

    निजी, सार्वजनिक तथा संस्थागत सबैलाई निःशुल्क रूपमा बिरुवा उपलब्ध गराउँदा वातावरणीय सन्तुलन, वातावरणीय सौन्दर्यीकरण, भू–क्षय तथा कटान रोकथाम, पशुको आहारा घाँस परिपूर्तिमा टेवा पुग्ने वन विभागका अधिकारीहरू बताउँछन् ।

    कार्यालयले बिरुवा वितरण खुला गरेसँगै यहाँका विद्यालयले पनि वृक्षरोपणमा चासो देखाएका छन् । गत वर्षदेखि जिल्लाभित्रै नर्सरीमा बिरुवा उत्पादन भएपछि अन्य जिल्लाबाट पनि यहाँ बिरुवा लिन आउने बढेका छन् । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution