


परासी । नवलपरासीको सुस्तामा नारायणी नदीमा दाउरा निकाल्न खोज्दा बाढीले बगाएर एक युवक बेपत्ता भएका छन् ।नारायणी नदीको बाढीले बगाएर ल्याएको दाउरा समाउन खोज्नेक्रममा सुस्ता गाउँपालिका ५ सकरदिनईका ३३ वर्षीय अर्जुन चमारलाई बगाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

बेपत्ता भएका चमारको प्रहरी र स्थानीयले खोजी कार्य गरे पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।

त्यस्तै जिल्लामा शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जनजीवनलाई प्रभावित पारेको छ । भारी वर्षाका कारण पहाडी कालीगण्डकी करिडोर, उत्तर दक्षिण कुमसोद पोखरी मुख्य सडक अवरुद्ध रहेको जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१