


गैँडाकोट । नारायणी नदीमा आएको बाढीले नारायणगढको नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । भरतपुर महानगरपालिका वडा नं. ३ स्थित वडा प्रहरी कार्यालय नारायणगढदेखि केहि पर रहेको सो पुलले नगरवन जोड्ने गर्दथ्यो ।

गएराति १२ बजे नदीको पूर्वी भंगालो तर्फ आएको बाढीले झोलुङ्गे पुलको दुवै साइडको बेस ढालेको हो । पानीले दुवैतर्फ रहेको बेसलाई क्रमश कमजोर बनाउदै लगेको थियो । आजभन्दा झण्डै २० वर्ष अघि झोलुङ्गे पुल निर्माण गरिएको थियो ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१