• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ८, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

२

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

३

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

४

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

५

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

६

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

७

वन उद्यममा जोडिँदै नवलपुरका महिला

८

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

९

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१०

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

११

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

१२

गृहद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    शिक्षाले समाजको नेतृत्व गर्छः मन्त्री भट्टराई

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८१ भाद्र ८, शनिबार (१ साल अघि)
    IMG_20240824_140147-1536x864

    Advertisement

    चोरमारा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नीतिगत नेतृत्व राजनितिले गरेपनि सामाजिक नेतृत्व शिक्षाले नै गर्र्नुपर्ने बताउनु भएको छ ।
    शनिबार नवलपुरको मध्यविन्दु नगरपालिकामा हाम्रो खुसी पाठ्यक्रम तथा शिक्षक हातेपुस्तकको औपचारिक शुभारम्भ गर्दै उहाँले राजनितिलाई पनि शिक्षाले र्निदृष्ट गर्ने बताउनुभयो । कार्यक्रमलाई सम्बन्धोन गर्दै उहाँले जिवनलाई जिवनचक्रको आधारमा बुझ्न सक्नेगरी पाठ्यक्रम निर्माण नहुदाँ त्यो प्राप्त ज्ञानलाई जिवनसंग जोड्न नसकिएको बताउनुभयो । उहाँले शिक्षालाई जिवनसंग जोड्नुपर्छ भन्ने मान्यता सहित बिकास भएको यो खुसी पाठ्यक्रमले दिने विषय बस्तुले दीर्घकालिन प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । मध्यविन्दु नगरपालिकाले कार्यान्वयनमा ल्याएको हाम्रो खुसी पाठ्यक्रमलाई राष्ट्रिय प्रारुपको रुपमा कार्यान्वयनमा लैजना तर्फ शिक्षा मन्त्रीको रुपमा आफुले भूमिका निर्वाह गर्ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ । “यो पाठ्यक्रमको राम्रा कुराहरुलाई हामीले अनुशरण गरौं । यसलाई राष्ट्रिय प्रारुपको रुपमा कार्यान्वयनका लैजान शिक्षा मन्त्रालयले भूमिका खेल्छ । ” मन्त्री भट्टराईले भन्नुभयो – “यो पाठ्यक्रमले पारेको प्रभाव सबैका लागि अनुशरण गर्ने विषय बनोस् । आगामी दिनमा हामीले खुसी पाठ्यक्रमलाई कसरी राष्ट्रिय तहमा निर्माण गरेर जाने भन्ने कुरामा मैले नेतृत्व गर्नेछु ।”

    मध्यविन्दु नगरपालिकामा यस शैक्षिक सत्र २०८१ बाट हाम्रो खुसी पाठ्यक्रम कार्यान्वयनमा गएको छ । पाठ्यक्रम र सोही पाठ्यक्रमको आधारमा निर्माण भएको शिक्षक हातेपुस्तकको शनिबार प्रमुख अतिथि मन्त्री भट्टराई सहित जिल्लाका वर्तमान तथा पूर्व सांसदहरुले बिमोचन गर्नु भएको थियो ।
    कार्यक्रममा हाम्रो खुसी पाठ्यक्रमको अवधारणा, यसको निर्माण प्रक्रिया, कार्यान्वयनको चरणमा भएका अभ्यासहरुको बारेमा भिडियो सामाग्री तथा प्रस्तुतिकरण मार्फत जानकारी गराईएको थियो । पूर्व सांसद तिलक महतले मध्यविन्दु नगरपालिकामा शुरुवात भएको नवितम् कार्यलाई क्रमशः अन्य पालिकाहरुमा समेत कार्यान्वयनमा लैजान सुझाव दिनु भएको थियो । संविधानसभा सदस्य एवम् हाल गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जि.सि.ले गण्डकी प्रदेश सरकारको समेत सहयोग रहेको यस पाठ्यक्रमलाई राष्ट्रिय रुपमा नै कार्यान्वयन गर्न तर्फ लैजान सुझाव दिनुभयो । उहाँले शिक्षाको विषयमा आवश्यक छलफलहुन आवश्यक रहेको भन्दै मध्यविन्दु नगरपालिकामा मयेर भिमलाल अधिकारीको नेतृत्वमा शुरुवात भएको यस कार्यको लागि धन्यवाद व्यक्त गर्नुभयो ।

    गाउँपालिका महासंघका महासचिव एवम् कालिगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिम बहादुर थापाले हाम्रो खुसी कार्यक्रमसंग आफु प्रभावित भएको उल्लेख गर्नुभयो । यस सम्बन्धमा मध्यविन्दु नगरपालिकासंग यस अगाडी समेत छलफल र संयुक्त अध्ययनको कार्यक्रमहरुमा सहभागी हुने अवसर प्राप्त भएको भन्दै यहाँ भएको अभ्यासलाई अनुशरण गरेर कालिगण्डकी गाउँपालिकामा समेत आगामी शैक्षिक शत्रदेखि हाम्रो खुसी पाठ्यक्रम लागु गर्ने उहाँले बताउनुभयो । देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले हाम्रो खुसी पाठ्यक्रमबाट मध्यविन्दु नगरपालिकामा प्राप्त हुने सिकाई उपलब्धीलाई अध्ययन गरेर यसलाई देवचुलीमा समेत कार्यान्वयनमा लैजान आफु उत्सुक रहेको बताउनुभयो ।
    कार्यक्रममा मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले शिक्षाको क्षेत्रमा नयाँ कार्यको रुपमा प्रयोग ल्याएको यस पाठ्यक्रमलाई व्यवस्थित र उपलब्धी मुलक बनाउन तर्फ सबै नगरपालिका टिम क्रियाशिल रहेको बताउनुभयो । उहाँले शैक्षिक परिवर्तनका लागि एउटा प्रयासको रुपमा हाम्रो खुसी कार्यक्रम कक्ष १ देखि ८ सम्म लागु गरिएको बताउनुभयो ।
    कार्यक्रममा मध्यविन्दु नगरपालिकाको पाठ्यक्रम अध्ययन तथा अनुसन्धान केन्द्रका संयोजक हरि प्रसाद देवकोटाले विभिन्न तहगत छलफल, अध्ययन र प्रयासहरुबाट हाम्रो खुसी पाठ्यक्रम निर्माण भएको बताउनुभयो । पाठ्यक्रम निर्माण, हातेपुस्तक लेखन, सम्पादन लागयतको काममा सिंगो नगरपालिकाको शिक्षा क्षेत्र नै लागि पर्दाको उपलब्धी हाम्रो खुसी भएको बताउनुभयो ।
    मध्यविन्दु नगरपालिकाले २०७९ साल माघबाट हाम्रो खुसी पाठ्यक्रम निर्माणको काम शुरुवात गरेको बताउनुभयो । हाम्रो खुसी पाठ्यक्रम अनुसार निर्माण भएको शिक्षक हाते पुस्तकको सहयोगमा कक्षागत खुसी शिक्षकले विद्यार्थीहरुलाई हाम्रो खुसी अध्यापन गराउने सम्पादन मण्डलका संयोजक कृष्णचन्द्र गिरीले बताउनुभयो ।
    पाठ्यक्रम लागु गर्ने सन्दर्भमा निरन्तर अध्ययन, छलफल, शिक्षक अभिभावक भेटघाट, विद्यार्थीको बुझाईको अवलोकन लगायतको काम भईरहेको हाम्रो खुसी कार्यक्रम संयोजक लक्ष्मी भट्टराईले बताउनुभयो ।
    ‘हाम्रो खुसी’ पाठ्यक्रम निर्माणसँग सम्बन्धित सबै काम गर्नका लागि गण्डकी प्रदेश सरकार नवपर्वतक कार्यक्रम अन्तर्गत ७६ लाख र नगरपालिकाले ४५ लाख रुपियाँ रकम विनियोजन गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा


  • Advertisement

    समाचार
  • १

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • २

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ३

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ४

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ५

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ६

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ७

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ८

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • ९

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • १०

    नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution