कावासोती । नेपाल प्रहरीको स्थापना दिवसको स्मरण गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले ६९ औँ प्रहरी दिवस मनाएको छ ।बुधबार जिल्ला प्रहरी कार्यालय नवलपुरको परिसरमा एक विशेष कार्यक्रमको आयोजना गरि प्रहरी दिवस मनाएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले सिमित जनशक्तिका बावजुद पनि शान्ति सुरक्षा, अपराध अनुसन्धान र नियन्त्रण, कानुन कार्यान्वयन लगायतका जिम्मेवारीमा प्रहरी संगठनले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।
उनले प्रविधिमा आएको विकास सँगै सीमापार अपराधको प्रविधिमा आउने परिवर्तन, बढ्दो आप्रवासनले शान्ति सुरक्षामा थप चुनौती सिर्जना गर्न सक्ने प्रति सजग रहन आग्रह गरेका थिए। कार्यक्रममा शोक शलामी तथा अमर प्रहरी स्मारकमा पुष्पहार तथा पुष्प गुच्छा अर्पण समेत गरिएको थियो । प्रहरी दिवसको अवसरमा आयोजना भएको विभिन्न खेलकुद प्रतियोगितामा विजेता हुन सफल प्रहरीहरूलाई कार्यक्रममा पुरस्कार वितरण समेत गरिएको थियो ।
त्यस्तै जिल्ला भित्र रहेका ७५ वर्ष माथिका पूर्व प्रहरीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा मध्यबिन्दु जिल्ला अस्पताल डण्डा र कावासोतीको योङ्ग स्टार युवा क्लवलाई विभिन्न समयमा सहयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले सम्मान समेत गरेको थियो । कार्यक्रममा नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको शुभकामना सन्देश वाचन गरेका थिए । भने प्रहरी नायव उपरीक्षक जेशी साहले स्वगत मन्तव्य राखेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१