• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ६, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८२ बैशाख ४, बिहिबार (१ साल अघि)
    kaligandaki-tinahu-divercan

    Advertisement

    पोखरा । राष्ट्रिय गौरवका आयोजनामध्ये एक कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अघि बढाउन सर्वोच्च अदालतले बाटो खुला गरिदिएसँगै गण्डकीवासीले दुखमनाउ गरेका छन् । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको पहलमा अगाडि बढेको यो आयोजनाले स्याङ्जाको राम्दीदेखि तलको नदी तटीय क्षेत्रमा प्रत्यक्ष असर पार्ने भन्दै विरोध हुँदै आएको छ ।

    गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त ब्रम्हा, विष्णु, महेश्वर आए पनि यो परियोजना कार्यान्वयन हुन नदिने बताएका थिए । प्रदेशका तत्कालीन अर्थमन्त्री किरण गुरुङले लाखौं जनताको शीर छेदन हुने गरी कालीगण्डकी डाइभर्सन हुन नदिने बताएका थिए । उनले भनेका थिए, ‘बरु हाम्रो शीर छेदन होस् तर, जनताको शीर छेदन हुन दिँदैनौं ।’

    गण्डकी प्रदेश सभामा कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अगाडि बढ्न नदिनका लागि संकल्प प्रस्तावसमेत दर्ता भएको छ । २ प्रदेशको बीच भएर बग्ने धार्मिक, पुरातात्विक र जैविक महत्वको नदी डाइभर्सन गर्ने विषयलाई हलुका रुपमा लिन नहुने बताउँछन् । गण्डकीका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल । उनले भने, ‘सर्वोच्चले कुन आधारमा आदेश गरेको हो त्यो एउटा विषय भयो, तर कालीगण्डकी डाइभर्सनमा गण्डकी प्रदेशको साथ र समर्थन रहँदैन ।’

    • यस्तो छ अदालतको ठहर
      – आयोजनाबाट विद्युत् उत्पादन र सिँचाइ सुविधा प्राप्त हुने
      – पानीको मात्र बहाव परिवर्तन गर्दा शालिग्राम नष्ट नहुने
      – नदीजन्य पदार्थको उत्खनन मापदण्डअनुसार हुने
      – जलचर संरक्षणका लागि २० प्रतिशतभन्दा बढी पानी नदीमा छाड्ने प्रावधान रहने
      – कृषि उत्पादनमा वृद्धि हुने र आयोजनाको आन्तरिक प्रतिफल दर १५.५ प्रतिशत रहने

    यो आयोजना रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ताद्वय तुलसीराम पोखरेल र अदिता कार्की तथा एपेक्स कन्स्ट्रक्सन प्रालिले संयुक्तरूपमा २०७८ मै सर्वोच्चमा रिट दर्ता गरेका थिए । यिनीहरूले आयोजनाको कारण गिट्टी–बालुवा उत्खनन बढ्ने र नदीको स्वरूप परिवर्तन हुने भन्दै चिन्ता व्यक्त गरेका थिए । लुम्बिनीकै रामपुर नगर नगरपालिका र त्यसआसपासका बासिन्दाले समेत यो परियोजनाको विरोध गर्दै आएका छन् ।

    योजना अन्तर्गत लुम्बिनी प्रदेशको पाल्पा, र गण्डकी प्रदेशका स्याङ्जा तथा तनहुँ जिल्लाका १० स्थानीय तह प्रभावित हुने भएकाले स्थानीयस्तरमा विरोध भइरहेको थियो । आयोजनाको चर्चा २०६४ सालको संविधानसभा निर्वाचनदेखि सुरू भएको हो । पछि अर्थमन्त्री विष्णु पौडेलले २०७८ सालमा बुटवलमा आयोजना कार्यालयको उद्घाटन गरेका थिए ।

    उक्त रिट खारेज गर्ने आदेशको पूर्णपाठ अहिले सार्वजनिक भएको हो । सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले कात्तिक १३ मा उक्त आदेश गरेको थियो ।

    आदेशमा आयोजनाबाट विद्युत् उत्पादन र सिँचाइ सुविधा प्राप्त हुने, पानीको मात्र बहाव परिवर्तन गर्दा शालिग्राम नष्ट नहुने, नदीजन्य पदार्थको उत्खनन मापदण्डअनुसार हुने, जलचर संरक्षणका लागि २० प्रतिशतभन्दा बढी पानी नदीमा छाड्ने प्रावधान रहने, कृषि उत्पादनमा वृद्धि हुने र आयोजनाको आन्तरिक प्रतिफल दर १५.५ प्रतिशत रहने उल्लेख छ । यिनै पक्षलाई आधार मान्दै अदालतले हचुवाका भरमा आयोजना रोकिनु नपर्ने ठहर गरेको हो ।

    फैसलाको ४६ औं बुँदामा वातावरण संरक्षण ऐन, २०७६ को दफा ९ विपरीत आयोजना कार्यान्वयन भइरहेको छ कि छैन भन्ने प्रश्न उठाइएको छ । यस सन्दर्भमा आयोजनाको विस्तृत जानकारी दिँदै, ड्याम राम्दीभन्दा झन्डै २.५ किमी तल निर्माण हुने, २७ किमी सुरुङमार्फत पाल्पाको रम्भा गाउँपालिकाबाट तिनाउ (२) दोभानसम्म पानी ल्याइने र त्यहाँबाट ५४ मेगावाट र बेलवासमा ७२ मेगावाट गरी कुल १ सय २६ मेगावाट विद्युत् उत्पादन गरिने उल्लेख छ ।

    त्यसपछि दोभानबाट बेलवाससम्म थप ७ किमी सुरुङ निर्माण गरी पानी त्यता लगिनेछ, जुन कपिलवस्तुसम्म नहरमार्फत् सिँचाइको लागि प्रयोग हुनेछ । यसबाट रुपन्देही र कपिलवस्तु जिल्लाका करिब १ लाख ७ हजार हेक्टर जमिन सिँचाइ हुने अनुमान छ ।

    सर्वोच्चले नेपालको संविधानको प्रस्तावना र धारा ३० (३), तथा धारा ५१ (छ) को नीति–निर्देशक सिद्धान्तहरूलाई उद्धृत गर्दै वातावरण र विकासबीच सन्तुलन कायम राख्दै समृद्धिको मार्गमा अघि बढ्नुपर्ने स्पष्ट पारेको छ ।

    वातावरण संरक्षण ऐन, २०७६ को दफा ९ र सो सम्बन्धित नियमावली २०७७ को नियम १० को उपनियम १० अनुसार रणनीतिक वातावरणीय विश्लेषण अनिवार्य गरिएकोमा सर्वोच्चले आयोजनाले सो प्रक्रिया अवलम्बन गर्नुपर्ने बताएको छ । साथै बाँध क्षेत्रको विस्तृत सर्वेक्षण, थप कोर ड्रिलिङ तथा पानीको उपलब्धता सम्बन्धमा दीर्घकालीन डाटा संकलन आवश्यक रहेको समेत फैसलामा उल्लेख गरिएको छ ।

    फैसलामा नदीजन्य क्षेत्र, जीवजन्तु, जलचर तथा भू–प्रणालीमा नकारात्मक प्रभाव नपर्ने गरी आयोजनाको कार्यान्वयन गर्न, आवश्यक परेमा कालीगण्डकीमा २० प्रतिशतभन्दा बढी पानी फर्काउने व्यवस्था मिलाउन, दोहन नियन्त्रण गर्न र भविष्यका पुस्ताले पनि नदीको अवलोकन गर्न सक्ने वातावरण सुनिश्चित गर्न निर्देशन दिइएको छ । साथै फोहोर व्यवस्थापनका लागि आवश्यक संरचना निर्माण गर्दै नदीमा प्रदूषण हुने कार्य नगर्न पनि भनिएको छ । डिपीआर सहित ८ वर्षमा योजना सम्पन्न गर्ने डेटलाइन राखिएको आयोजनाको लागत १ खर्ब ८० अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution