• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण १७, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

२

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

३

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

४

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

५

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

६

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

७

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

८

वन उद्यममा जोडिँदै नवलपुरका महिला

९

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

१०

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

११

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

१२

९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा मतदाता नामावली सङ्कलनमा उत्साह   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ पौष १९, सोमबार (४ साल अघि)
    inbound3863811002379685970

    Advertisement

    टेकराज पोखरेल   
    नवलपुर ।  “बाबु मेरो यो फाराम भरिदेऊ न !” ७३ वर्षीय बोधराज पाठकले नागरिकता र एउटा फाराम दिँदै आग्रह गर्नुभयो, “म बूढो मान्छे, अलि सञ्चो पनि छैन, फाराम भरेर फोचो खिचाएपछि घर गएर दबाइ खानुछ ।” गैँडाकोट–४ का स्थायी बासिन्दा उहाँ पहिलोपटक फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि घुम्ती टोली आएको ठाउँ नगरपालिका कार्यालयमा पुग्नुभएको थियो ।

    मुलुकमा गणतन्त्र आएपछि उहाँले मतदान गर्नुभएको छैन । “पहिला पहिला त भोट हालेँ तर ६४ सालपछि भोट हालेको छैन” उहाँले भन्नुभयो, “बिरामी भएर फोटो खिचाउन पाइँन, परिचयपत्र नबनेपछि भोट हाल्न नपाइने रैछ, त्यसैले मतदान अधिकारीबाट वञ्चित भएँ ।” आगामी निर्वाचनमा मतदान गरेर राम्रो उम्मेदवारलाई मतदान गर्ने जनाउँदै उहाँ मतदाता नामावलीमा नाम दर्ता गराउन आएको बताउनुहुन्छ । यसअघिका निर्वाचनमा आफ्ना छोरा, नातिले मताधिकार प्रयोग गरेको भए पनि आफूले भोट हाल्न नपाउँदा खल्लो लागेको भन्दै अबको निर्वाचनमा असल उम्मेदवार छान्ने गरी मताधिकार प्रयोग गर्ने उहाँ बताउनुहुन्छ ।

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने अभियानअनुसार हाल जिल्लाका तीन स्थानीय तहमा घुम्ती टोली खटिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये बौदिकाली, हुप्सेकोट, बुलिङटार र विनयी त्रिवेणी गाउँपालिकामा नामावली सङ्कलनको काम सकिएको छ भने अहिले मध्यबिन्दु, देवचुली र गैँडाकोट नगरपालिकामा परिचयपत्रको फारम भर्ने अभियान जारी छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय कावासोती र जिल्ला निर्वाचन कार्यालय कावासोतीमा पनि नियमित रुपमा मतदाता नामावली सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिनुभयो ।

    जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयसँगै स्थानीय तहमा सञ्चालन भएको घुम्ती टोलीबाट मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि १६ वर्षीय युवादेखि ९९ वर्षीय ज्येष्ठ नगारिकसम्म पुगेका देखिन्छन् । मतदाता नामावलीमा नाम दर्ता गराउन आउनुभएका गैँडाकोट–१८ बसेनीका ५० वर्षीय हेमलाल आले मगरले यसअघि कहिल्यै पनि मतदान नगरेको बताउनुहुन्छ । “भोट हाल्ने बेलामा म सधैँ विदेशमा नै हुन्थेँ, अहिलेसम्म भोट हाल्न पाएको छैन”, मगरले भन्नुभयो, “मेरो छोराछोरी सबैले भोट हालेका छन्, तर मेरो नाम भोटर लिस्टमा नभएपछि अहिले नाम दर्ता गराउन आएको हो ।”

    विसं २०७४ मा सम्पन्न भएको आम निर्वाचनपछि मात्रै मगर स्वदेश फिर्ता हुनुभएको हो । “घर आएको पनि चार वर्ष भइसक्यो तर भोट हाल्ने लिस्टमा नाम लेखाएको थिएन”, मगरले भन्नुभयो, “अहिले नगरपालिकामा टोली आएको छ, गएर नाम भर्नु भनेर वडाध्यक्षले भनेपछि यहाँ आएर नाम टिपाउँदैछु ।” नगरपालिकामा टोली आएपछि मात्रै गाउँबाट धेरै मानिसहरु नामावलीमा नाम दर्ता गराउन गैँडाकोट झरेका उहाँले बताउनुभयो ।

    गैँडाकोटको वडा नम्बर ३ र १८ जिल्लाकै दुर्गम वडामा पर्दछ । वडा नम्बर १८ बाट नगरपालिका आएर फर्किदा एक दिनको समय पूरै खर्चिनुपर्ने हुन्छ । “भोट हाल्नका लागि फोटो खिचाउन जानू भनेर यसअघि कसैले पनि भनेनन्, त्यसमाथि कावासोती जान टाढा पर्छ”, उहाँले भन्नुभयो, “अहिले आफ्नै नगरपालिकामा टोली आएको छ भनेर हामी गाउँबाट धेरै जना यहाँ आएका छौँ, तर काम सकाउँदा सिङ्गै दिन बित्यो ।”

    मतदाता नामावलीमा नाम दर्ता गराउनेको भीडमा गैँडाकोट–१४ की १७ सरिता शर्मा पनि हातमा नागरिकता र फाराम लिएर उभिनुभएको थियो । “नागरिकता बनाउने बेलामा जिल्लामा धेरै भीड थियो, त्यहाँ मतदाता नामावलीमा नाम दर्ता नगरी फर्किएँ”, उहाँले भन्नुभयो, “अहिले आफ्नै नगरपालिकामा फाराम भर्न पाउँदा खुसी छु ।” अब हुने निर्वाचनमा भोट हाल्न पाउने नपाउने अन्यौल भए पनि आफू बालिग भएपछि मताधिकार प्रयोग गर्न पाइने भएका नामावलीमा नाम दर्ता गराउन आएको उहाँको भनाइ छ ।

    “७४ सालको निर्वाचनको याद अलिअलि आउँछ सबै जना भोट हाल्ने भन्दै लाइनमा बस्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “यस पटक त मैले पनि भोट हाल्न पाउँछु भन्ने आशा जागेको छ, हेरौँ उमेर पुग्यो भने पाउँला होइन भने अर्को पटक त पक्कै भोट हाल्न पाउँछु ।” युवाहरुले हाम्रोलाई भन्दा पनि राम्रो उम्मेदवारलाई भोट हालेर नयाँ नेपाल निर्माणमा सहभागी हुन पनि मताधिकार प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

    नामावलीमा १६ वर्ष पुगेर नागरिकता बनाएका नेपाली नागरिकको नाम दर्ता गरिने भए पनि १८ वर्ष पुगेपछि मात्रै मतदाता नामावलीमा नाम प्रविष्ट भएर उनीहरुले भोट हाल्ने अधिकार पाउने जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिनुभयो । अभियान चल्दा मात्रै हुलका हुल नागरिक फाराम भर्न आउने गरेको अनुभव सुनाउँदै उहाँले अन्य समयमा पनि नामावलीमा नाम दर्ता गराउनका लागि नागरिकलाई स्थानीय राजनीतिकर्मीले सचेत गराउनुपर्ने बताउनुभयो ।

    मतदाता नामावलीमा पहिलोपटक नाम दर्ता गराउनका लागि नागरिकले सक्कल नागरिकता, नागरिकताको फोटोकपी, विवाह गरेर आएको हकमा विवाह दर्ताको प्रमाणपत्र, बसाइँसराइ गरेर आएको हकमा बसाइँसराइको प्रमाणपत्र पेस गर्नुपर्ने निर्वाचन अधिकारी भुसालले जानकारी दिनुभयो । पहिलोपटक नामावलीमा नाम दर्ता गराउनबाहेक मतदाता नामावलीमा नाम सच्याउन, मतदान गर्ने स्थान परिवर्तन गर्नलगायतको लागि भने नागरिकले आवश्यक कागजपत्र लिएर जिल्ला निर्वाचन कार्यालयमा नै जानुपर्ने उहाँले बताउनुभयो ।  (रासस )

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास


  • Advertisement

    समाचार
  • १

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • २

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ३

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ४

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ५

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ६

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ७

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ८

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • ९

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • १०

    विविधिकृत खेतीतर्फ किसानको आकर्षण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution