• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ जेष्ठ २४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

२

दुर्गा प्रसाईं पक्राउ

३

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

४

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

५

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

६

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

७

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

८

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

९

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

१०

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

११

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

१२

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    २० वर्षमा हात्ती आक्रमणबाट २७४ को मृत्यु   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ पौष १९, सोमबार (४ साल अघि)
    inbound7581545254256736886

    Advertisement

    नारायण अधिकारी   
    चितवन ।  विगत २० वर्षको अवधिमा नेपालमा हात्तीको आक्रमणबाट २७४ को मृत्यु भएको छ । मानव हात्ती सहअस्तित्वसम्बन्धी गरिएको अध्ययनको आज सौराहामा प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । सहायक संरक्षण अधिकृत अशोककुमार रामले चार वर्ष छ महिनामा हात्तीका विषयमा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्नुभएको हो ।

    सो अवसरमा उहाँले हात्तीको आक्रमणबाट सबैभन्दा बढी झापामा ४१ जनाको मृत्यु भएको जानकारी दिनुभयो । दोस्रो बर्दियामा ४०, तेस्रो चितवनमा २६ र चौथो सप्तरीमा २३ जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका छन् । उहाँका अनुसार पर्सामा २१, बारामा २०, सिराहामा १६, उदयपुरमा १६, सुनसरीमा १५ जनाको मृत्यु भएको छ । सिन्धुलीमा नौ, धनुषामा नौ, मोरङमा आठ, रौतहटमा सात, सर्लाहीमा पाँच, कञ्चनपुरमा पाँच, मकवानपुरमा पाँच, इलाममा चार, बाँकेमा दुई, महोत्तरीमा एक र नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।

    यसै अवधिमा १३८ घाइते भएको, सम्पत्ति नष्ट तीन हजार ७५५ को र बालीनाली छ हजार ६०६ जनाको नष्ट भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी जनधनको क्षति झापा, बर्दिया र चितवनमा भएको छ । जङ्गली हात्तीको आक्रमणमा बढी सङ्ख्यामा २५ देखि ६५ वर्ष उमेर समूहका व्यक्ति पर्ने गरेको तथ्याङ्कमा देखाइएको छ । हात्तीको आक्रमणमा पर्नेमा सो उमेर समूहका ७५ प्रतिशत रहेका छन् । वन क्षेत्रबाट ५०० मिटर वरिपरिमा बढी सङ्ख्यामा जोखिम रहेको उहाँले बताउनुभयो । वन क्षेत्रको ५०० मिटरको क्षेत्रफलमा २० वर्षमा हात्तीको आक्रमणबाट १८३ जनाको मृत्यु भएको छ ।

    यसै अवधिमा सोही दूरीभित्र ९३ जना घाइते भएका छन् । साँझ ४ बजेपछिको समय र रातमा ८ बजेपछि ११ बजे सम्मको समयमा हात्तीले बढी आक्रमण गर्ने गरेको उहाँको अध्ययनमा उल्लेख छ । अशिक्षित, गरिब तथा विपन्न धेरै प्रभावित हुने गरेका छन् । उहाँको अध्ययनमा यस्तो वर्गका ८९ प्रतिशत प्रभावित हुने गरेको देखाइएको छ । समुदायमा आएको हात्तीलाई भगाउन पटाका पट्काउने, मदिरा खाएर हात्ती लखेट्न जाने जस्ता कार्य गर्दा मानवीय क्षति बढी हुने गरेको उल्लेख छ । वन क्षेत्र नजिक र चुरेको फेदीमा बसोबास गर्ने दलित जनजाति र गरिब समुदाय बढी सङ्ख्यामा हात्तीको आक्रमणमा पर्ने गरेको उहाँले बताउनुभयो । हात्तीलाई बस्तीमा पसेको अवस्थामा आगोमो राँको बालेर मात्रै सहज हुने भएकाले सर्वसाधारणले सोहीअनुसार गर्न आग्रह गरिएको छ । कच्ची घरमा बढी सङ्ख्यामा हात्तीको आक्रमण रहने तथ्याङ्क सार्वजनिक गरिएको छ । मृत्यु हुने अधिकांश वयस्क पुरुष रहेका छन् भने मृत्यु भएकामध्ये २५ प्रतिशत हात्ती धपाउँदा आक्रमणमा परेर मृत्यु भएको उहाँको भनाइ छ ।

    गएको २० वर्षमा निकुञ्ज र त्यस आसपासका क्षेत्रमा १० हजार ७९८ मानव हात्तीबीचको द्वन्द्वका कारण घटना भएको उहाँको अध्ययनले देखाएको छ । सन् २००९ देखि घटना बढ्दै गएको सो अवसरमा जानकारी दिइएको थियो । अहिले देशभर २२७ हात्ती रहेका छन् । तीमध्ये ३७ वटा हात्ती समस्याग्रस्त रहेको भन्दै उहाँले तीमध्ये पाँच हात्ती बढी समस्यामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार समूहमा बस्न रुचाउने यस जनावर समूहबाट बाहिरिएपछि समस्याग्रस्त हुने गरेका छन् । हात्तीले देशको विभिन्न क्षेत्रमा रहेका ५१ वटा करिडोर प्रयोग गर्ने गरेको र तीमध्ये अहिले ३९ वटा मात्रै करिडोरको प्रयोग हुने गरेको उहाँले भनाइ छ । बाह्र वटा करिडोरमा हात्तीको आवतजावतका लागि समस्या भएकाले त्यसको प्रयोग कम गर्ने गरेको पाइएको उहाँले बताउनुभयो । यसैकारण हात्तीले सहज हिँड्डुल गर्न नपाउँदा बस्ती पसेको उहाँले सो अवसरमा जानकारी दिनुभयो ।

    नेपालमा आउने हात्ती बढी सङ्ख्यामा दुई क्षेत्रबाट आउने गरेका छन् । पश्चिम बङ्गालबाट नेपालको झापामा आउने र पश्चिमतर्फबाट सिराहाको बन्दिपुर हुँदै विभिन्न क्षेत्र पुग्ने गरेको पाइन्छ । जङ्गली हात्तीले चारदेखि १० वटासम्मको समूह बनाएर बसाई सर्ने गरेको उहाँको अध्ययनमा देखाइएको छ । हात्तीले धान पाक्ने समयमा बढी सङ्ख्यामा घटना गराउने गरेको पाइन्छ । भदौदेखि मङ्सिरसम्मको समयमा धेरै घटना हुने गरेको उहाँले जानकारी दिनुभयो । अशोककुमार राम हाल बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत हुनुहुन्छ । विद्यावारिधिका क्रममा उहाँले गर्नुभएको अध्ययनलाई सार्वजनिक गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस अध्ययनले नीति निर्माणका तहमा सहज बनाउने बताउनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछानेले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा यो अध्ययन सहयोगी बन्ने बताउनुभयो ।    (रासस )

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • दुर्गा प्रसाईं पक्राउ

  • राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग


  • Advertisement

    समाचार
  • १

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • २

    दुर्गा प्रसाईं पक्राउ

  • ३

    राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

  • ४

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • ५

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ६

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ७

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ८

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ९

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • १०

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution