• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ७, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    को बन्छ विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्ष ,यस्ता छन् आकांक्षी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र २३, बुधबार (४ साल अघि)
    274648771_5382351148443991_7604584426064636549_n

    Advertisement

    चोरमारा । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरी आकांक्षी उम्मेदवारहरुले आफ्नो दावेदारी प्रस्तुत गर्न शुरु गरेका छन् ।  गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको विनयी त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी, जसपा, राप्रपा लगायतका दलबाट स्थानीय तह निर्वाचनको लागि आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गरिरहेका छन् ।  हाल सत्ता गठबन्धनमा रहेका दलहरुबीच आगामी निर्वाचनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा आन्तरिक छलफल समेत शुरु भइरहेको छ । पालिका स्तरमा नेपाली कांग्रेस गठबन्धनको लागि इच्छुक नभएपनि केन्द्र र जिल्लाबाट गठबन्धनको लागि छलफल गर्न निर्देशन आएको छ । तर नेकपा एमाले भने विनयी त्रिवेणीमा एक्लै निर्वाचनमा जाने तयारी गरेको छ ।

    एमालेबाट पाँच जनाको दावेदारी
    बैशाख ३० मा हुने निर्वाचनको लागि अहिले नेकपा एमाले विनयी त्रिवेणीमा छलफलको चरणमा रहेको नेताहरुले बताएका छन् । गत निर्वाचनमा देखिएको आन्तरिक विवादको अन्त्य र सम्भाव्य गठबन्धनको विरुद्ध बलियो उम्मेदवार चयनलाई एमाले विनयी त्रिवेणीले रणनीतिक योजना निर्माण गरिरहेको एमाले नेताहरु बताउछन् ।
    विनयी त्रिवेणी गाउँपालिकामा गत निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका लक्ष्मण पाण्डे सहित पाँच जना यस पटकको निर्वाचनमो आकांक्षी उम्मेदवार रहेका छन् । आकांक्षी उम्मेदवारमा पार्टी गाउँपालिका अध्यक्ष घनश्याम गिरी, उपाध्यक्ष प्रेम जि.सी., वडा नं. ३ का निर्वाचित वडा अध्यक्ष टुक बहादुर बैदवार आकांक्षी उम्मेदवार हुनुहुन्छ । पार्टी गण्डकी प्रदेश सदस्य कृष्ण बि.क. लाई समेत एमालेबाट पालिका प्रमुखको दावेदारको रुपमा लिएको छ ।
    गत स्थानीय तह निर्वाचनमा पालिकाको ७ वटा वडा मध्य एक वटामा मात्रै एमाले विजयी भएको थियो । तसर्थ पनि यस पटकको निर्वाचनमा एकमतका साथ होमिनु पर्ने दवाव एमाले नेतृत्वलाई छ । आकांक्षी उम्मेदवारहरुले आफ्नो उम्मेदवारी पार्टी नेतृत्वमा राखेको बताउदै पार्टी नेतृत्वले दिने जिम्मेवारी बहन गर्न तयार रहेको बताए छन् ।

    कांग्रेसमा आठ जना आकांक्षी
    गत निर्वाचनमा विजयी भएको कांग्रेसबाट हालका गाउँपालिका अध्यक्ष डम्बर बहादुर जि.सी., उपाध्यक्ष मिना कुमारी राना सहित निर्वाचित वडा अध्यक्ष लगायतका व्यक्तिहरुले पालिका अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विनयी त्रिवेणीका पार्टी सभापति एवम् वडा नं. १ का वडा अध्यक्ष अजित कुमार थापा, कांग्रेस महाधिवेशन प्रतिनिधि एवम् वडा नं. २ का वडा अध्यक्ष बिष्णु ढकाल, वडा नं. ४ का वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी, वडा नं. ५ का वडा अध्यक्ष रन बहादुर झेडीले समेत आकांक्षा प्रस्तुत गर्नु भएको छ । यस्तै स्थानीय भानुदय क्याम्पस प्रमुख बालकृष्ण भुसालले समेत आफ्नो उम्मेदवारी प्रस्तुत गर्नु भएको छ । कांग्रेस गाउँपालिका उपसभापति एक प्रसाद श्रेष्ठले समेत पालिका सभापतिको लागि आफ्नो आकांक्षा नेतृत्व समक्ष राख्नु भएको छ ।
    गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जि.सी.ले यस पटक गाउँपालिका अध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताउनुभयो । पार्टी नेतृत्व र कार्यकर्ताको भावनालाई सम्मान गर्ने भन्दै उहाँले पाँच वर्षको कार्यकालको अनुभवलाई अझ व्यवस्थित र समृद्ध विनयी त्रिवेणी निर्माणको लागि आफ्नो उम्मेदवारी रहने बताउनुभयो ।
    गाउँपालिका उपाध्यक्ष मिना कुमारी रानाले पाँच वर्ष गाउँपालिका उपाध्यक्षको रुपमा कार्य अनुभवलाई पालिका प्रमुखको रुपमा प्रयोग गर्न आफुले नेतृत्व समक्ष उम्मेदवारी प्रस्तुत गर्ने बताउनुभयो । पार्टी नेतृत्वले दिने जिम्मेवारी आफुले स्वीकार गर्ने रानाले बताउनुभयो ।
    कांग्रेस विनयी त्रिवेणी गाउँपालिकाका सभापति अजित कुमार थापाले दुई कार्यकाल गाउँपालिकामा पार्टी सभापति र निर्वाचित वडा अध्यक्ष रुपमा पार्टी राजनिति र आम जनता  पुर्याएको योगदानलाई पार्टीले सहि मुल्यांकन गर्ने बताउनुभयो । वडा नं २ का वडा अध्यक्ष बिष्णु ढकालले गाउँपालिका अध्यक्षको लागि पार्टी नेतृत्वसंग आफ्नो उम्मेदवारी प्रस्तुत गरेको बताउनु भएको छ ।
    आकांक्षी उम्मेदवारहरु गोपाल अधिकारी, रन बहादुर झेडी, बालकृष्ण भुसाल, एक प्रसाद श्रेष्ठले आफ्नो दावेदारी पार्टी नेतृत्वमा राख्दै आउनु भएको छ ।
    कांग्रेस वृत्तमा कांग्रेस महासमिति सदस्य गणेशमान श्रेष्ठलाई पालिकाको अध्यक्ष पदमा मुख्य दावेदारको रुपमा चर्चा छ । यस अगाडी गण्डकी प्रदेश सभा सदस्य पदमा उम्मेदवार दिनु भएका उहाँलाई पछिल्लो समय आएको पार्टी मापदण्डले उम्मेदवारको रुपमा सिफारिस हुन सक्नुहुन्न । कांग्रेसले उम्मेदवार सिफारिस गर्दा माथिल्लो तहका निर्वाचनमा उठेका व्यक्तिहरुको नाम सिफारिस नगर्न सर्कुलर गरेको थियो ।

    अन्य दल गठबन्धनको आशमा 
    सत्ता गठबन्धनको बीच हुने चुनावी तालमेल अनुसार आफ्नो उम्मेदवार चयन गर्ने योजनामा माओवादी केन्द्र सहितका दलहरु रहेका छन् । तथापी पार्टीको तर्फबाट आफ्नो उम्मेदवार चयनको लागि तयारी गरिरहेको माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष कृष्ण पाण्डेले बताउनुभयो । गठबन्धन हुदाँ र नहुदा दुवै आवस्थामा आफ्नो उम्मेदवारी हुने पाण्डेले बताउनुभयो । उहाँ गत स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको उम्मेदवार समेत हुनुहुन्थ्यो । गठबन्धन बनाएर चुनावमा जाने योजना सहित एक चरणको वार्ता गाउँपालिका स्तरमा भएको उहाँले जानकारी दिनुभयो ।
    एकिकृत समाजवादी पार्टीबाट पालिका अध्यक्षको लागि लक्ष्मण बहादुर पाण्डे, तारा बिक र प्रेम बि.क. आकांक्षी उम्मेदवार भएपनि सम्भाव्य गठबन्धनलाई ध्यानमा राख्दै अन्य उम्मेदवारी घोषणा लगायतको कार्य भने गरि नसकेको पार्टी गाउँपालिका अध्यक्ष प्रेम बि.क.ले बताउनुभयो ।
    सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीबाट संघिय परिषद् सदस्य तौ गुरुङ पालिका अध्यक्षको दावेदार हुनुहुन्छ ।
    सत्ता गठबन्धनमा रहेका कांग्रेस बाहेकका दलहरुले गठबन्धनको लागि आन्तरिक गृहकार्य र कांग्रेस नेतृत्वलाई गठबन्धनको लागि पालिका स्तरमा दवाव समेत सृजना दिदै आएका छन् ।
    राप्रपा वडा केन्द्रीत 
    राप्रपाबाट विनयी त्रिवेणी गाउँपालिकाले यस पटकको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित सवै पदहरुमा उम्मेदवार उठाउने गरी तयारी गरिरहेको छ । सबै वडामा अध्यक्ष सहित पाँचै जना उम्मेदवार उठाउने योजना सहित अहिले आन्तरिक गृहकार्य भइरहेको राप्रपा विनयी त्रिवेणीका वडा अध्यक्ष तिलक भट्टराईले बताउनुभयो । केही वडामा उम्मेदवार छनोट समेत भएको बताउदै उहाँले राप्रपाले सम्भाव्य चुनावी तालमेललाई समेत ध्यानमा राखेको बताउनुभयो । पार्टीबाट पालिका अध्यक्षको दावेदारमा तिलक भट्टराई रहनु भएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution