• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पशुपति क्षेत्रलाई स्वच्छ बनाउन सफाइ कर्मचारीलाई तालिम   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ १२, आईतबार (४ साल अघि)
    Pashupatinath-Temple-Area

    Advertisement

    काठमाडौँ ।  विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ ।विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा वार्षिक लाखाँैँ पर्यटक आउने गर्छन् । सधैँ भक्तजनको भीड भइरहने मन्दिरमा सफाइ चुनौती बन्दै आएको छ । साउन महिना, प्रत्येक हप्ताको सोमबार, हरितालिका पर्व, बाला चतुर्दशी, महाशिवरात्रि, अक्षय तृतीया, नव वर्षारम्भ (वैशाख १गते) जस्ता पर्वमा एकै दिन पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्छ । लाखौँ भक्तजनको उपस्थितिबीच पशुपतिनाथ मन्दिर मुख्य क्षेत्रलाई सफा र स्वच्छ राख्न पशुपति क्षेत्र विकास कोष लागि परेको छ ।मन्दिरलाई २४सै घण्टा सफा राख्ने उद्देश्यले कोषले सफाइ कर्मचारीलाई १० दिने सफाइ व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको हो । तालिममा कोषका ६७ कर्मचारी सहभागी रहेको प्रशिक्षक मनऋषि धितालले जानकारी दिनुभयो । पशुपतिनाथ जस्तो पवित्रस्थललाई सधैँ सफा र स्वच्छ राख्न तालिम, प्रशिक्षणजस्ता उत्प्रेरणा, आधुनिक उपकरण र नियमित अनुगमनको व्यवस्था गरिनुपर्ने उहाँको भनाइ छ । प्रशिक्षार्थीलाई १६ समूह बनाएर अलग अलग ठाउँमा काममा पठाइएको थियो । तालिमको सुरुमा काम लगाउँदा परम्परागत शैलीमा मात्र हुने गरेको सफाइ उपकरणको प्रयोगले समूह कार्यको अभ्यास गराएपछि प्रभावकारी देखिएको थियो ।

    कोषले लाखाँै रुपैयाँ लगानी गरेर बनाएका भौतिक पूर्वाधारका संरचनामा समेत सही तरिकाले सफाइ हुन नसकेको भेटिएको प्रशिक्षक धितालले सुनाउनुभयो । “सफाइ कर्मचारीमा आधुनिक उपकरणको प्रयोग गरी काम गर्ने क्षमताको विकास नहुनु मुख्य कमजोरी पाइयो, तालिमपछि सफाइ कर्मचारीमा नयाँ शैलीले काम गर्ने क्षमताको विकास भएको छ, यसलाई निरन्तरता दिन कोषले उपकरणको पर्याप्त व्यवस्थाका साथै नियमित अनुगमन गर्नुपर्छ”–उहाँले भन्नुभयो ।

    विसं २०४४ मा स्थापना भएको कोषका कर्मचारीका लागि पहिलोपटक प्रशिक्षण कार्यक्रम राखिएको हो । विसं २०५० भदौदेखि पशुपति क्षेत्रमा सफाइ काम गर्दै आउनुभएकी तारादेवी घिमिरे पहिलो पटक तालिम पाएको बताउनुहुन्छ । तालिमपछि उपकरण प्रयोग गरेर नयाँ शैलीमा सफाइ गर्न सकिने उहाँको विश्वास छ । पशुपति क्षेत्र २६४ हेक्टरमा फैलिएको छ । पशुपति क्षेत्रमा केही भाग वनसमेत छ । मुख्य मन्दिर क्षेत्र रहेको भागमा पनि नियमित सफाइ नभएको गुनासो भक्तजनले गर्दैआएका छन् ।

    कोषका प्रवक्ता रेवतीरमण अधिकारी पशुपति क्षेत्रमा सफाइका लागि १०० कर्मचारी परिचालन गरिएको बताउनुहुन्छ । कोषका तर्फबाट ४०, नेपाल इन्भेष्टमेन्ट बैङ्कका तर्फबाट ४० तथा नेपाल आयल निगम र नेपाल एसबिआई बैङ्कका तर्फबाट १०÷१० कर्मचारीको पशुपति क्षेत्रमा सफाइका लागि व्यवस्था गरिएको छ । निगमले कोषलाई सफाइमा उपयोग गर्ने गरी केही उपकरणसमेत उपलब्ध गराएको छ ।

    पशुपति क्षेत्रको सफाइमा ‘मब बकेट’ उपकरण प्रयोगमा ल्याइएको छैन । बाल्टीलाई मात्र प्रयोग गर्दा समस्या हुने गरेको सफाइ कर्मचारीको भनाइ छ । यस्ता उपकरण प्रयोगमा नल्याउँदा फोहरबाट सङ्क्रमण फैलन सक्छ । एक वर्षदेखि पशुपति क्षेत्रका सफाइमा काम गरिरहनुभएकी कविता उप्रेती पर्याप्त मात्रामा आधुनिक उपकरण नहुँदा समस्या हुने गरेको स्वीकार्नुहुन्छ । तालिममा सहभागीलाई आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले प्रमाणपत्र वितरण गर्नुभयो । उहाँले पशुपति क्षेत्रको सफाइ पुण्य काम भएकाले मन लगाएर गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, गेट कलेजका संस्थापक एवं प्रमुख कार्यकारी अध्यक्ष खेम लकाइलगायतले तालिमपछि पशुपति क्षेत्रको सफाइमा सुधार हुने तथा यसको नियमित अनुगमनसमेत गरिने बताउनुभयो ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution