
कावासोती । कावासोती ८ का सन्जय अधिकारीले आफ्नो जन्मोत्सवको अवसरमा पारि मौलाकालिका अपाङ्ग संस्थामा खाद्यान्न सहयोग गरेका छन् । मंगलबार परेको २७ औं जन्मोत्सवको अवसरमा कावासोती ८ मा रहेको उक्त मौलाकालिका अपाङ्ग संस्थामा चामल ,दाल , तेल र तरकारीहरु सहित खाद्यान्न सहयोग गरेको सन्जय अधिकारीले बताए ।
अपाङ्ग बालबालिकालाई मात्रै लक्षित गरी सञ्चालन गरिएको मौलाकालिका अपाङ्ग संस्थामा आर्थिक अभाव भैरहदा अधिकारीले खाद्यान्न सहयोग गरेकोमा संस्थाले धन्यवाद समेत दिएको छ । अधिकारीले सहयोग गरेर जन्मोत्सव मनाउँन पाउँदा निकै खुसी मिलेको बताएका छन् । उनि भन्छन सबैले यसरी नै आफ्नो जन्मदिन ,बिबाहत्सव र अन्य कार्यक्रममा पनि केही पैसा खर्च कम गरेर सहयोग गर्यो भने सायद कोहि भोको बस्नुपर्दैन । अधिकारी नेकपा एमाले निकट अनेरास्वबियु नवलपुरको जिल्ला नेता हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१