• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    गोबरग्यासका प्रवर्तक मल्लको योगदान चिनाउने कृति     

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ २३, बिहिबार (४ साल अघि)
    023

    Advertisement

    –श्याम रिमाल
    काठमाडौँ   : ‘स्व प्रा उपेन्द्रमान मल्लको सम्झनामा, स्मृति ग्रन्थ’ प्रकाशनमा आएको छ । गोबरग्यास क्षेत्र साझेदारी–नेपाल(बिएसपी–नेपाल)द्वारा प्रकाशित सो कृतिमा नेपालमा गोबरग्यासका प्रवद्र्धक मल्ल(विसं १९८९–२०७६)का सम्झनामा राजनीतिज्ञ, विभिन्न विद्वान्, विशेषज्ञ एवं पत्रकारद्वारा नेपाली र अङ्ग्रेजी भाषामा लिखित २८ लेखरचना, मल्ल स्वयंको ‘काठमाडौँ उपत्यकाको भूआकृति विज्ञान’ शीर्षक अनुसन्धानमूलक लेख तथा बिएसपी– नेपाल र यसका गतिविधिबारे जानकारी दिइएका लेख संलग्न छन् ।

    विद्वान् खड्गमान मल्लका सुपुत्र प्रा उपेन्द्र नेपाल भौगोलिक समाजका संस्थापक, इष्ट कन्सल्ट प्रालिमा परामर्शदाता, क्लिन एण्ड ग्रिन रिन्युअबल इनर्जी एण्ड वास नेपाल प्रालि र बिएसपी– नेपालका अध्यक्ष हुनुुहुन्थ्यो । निजामती सेवामा कामु सचिवसम्म हुनुभएका मल्ल त्रिविमा भूगोल विषयका प्राध्यापकका साथै मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन पनि हुनभयो । राष्ट्रिय योजना आयोगका सदस्य पनि रहनुभएका उहाँ देशको सम्पूर्ण भूगोलको समग्र पक्षको जानकार हुनाका साथै २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्ला र २०२९ मा पाँच विकास क्षेत्रको प्रशासनिक विभाजन कार्यमा पनि संलग्न हुनुहुन्थ्यो । विसं २००३ का एसएलसी बोर्ड फस्ट मल्ल नेपालका प्रायः सबै जिल्ला घुमेका भूगोलवेत्ता हुनुहुन्थ्यो ।

    पत्रकार कृष्ण अधिकारीको सम्पादनमा प्रकाशित कृतिमा भूगोल र राजनीति तथा वातावरण र विकासबीच अन्योन्याश्रित सम्बन्धलाई राम्ररी बुझ्नुभएका उहाँले वनजङ्गलको विनाश रोक्न र वातावरणीय स्वच्छता कायम राख्न गोबर ग्यास अर्थात् बायोग्यासलाई पनि जोड दिई संस्थागत प्रवद्र्धनका लागि बिएसपी–नेपालमा रही गरेको योगदानलाई नै केन्द्रित गरिएको छ ।

    संस्थाले पछिआकासे पानी सङ्कलन आयोजना पनि सञ्चालन गरेको थियो । बायोग्यास सहयोग कार्यक्रमलाई प्रत्यक्ष सहयोग गर्दै आएको नेदरल्याण्डस सहयोग नियोग एसएनभी १० वर्षपछि त्यसबाट अलग हुन खोजेपछि अन्तराष्ट्रिय गैरसरकारी संस्थाका रूपमा गठित बिएसपी–नेपाल(विसं२०५९)को सुरुकै कार्यसमितिमा प्रा डा मल्ल रहनुभएको थियो । “नेपाललाई बुद्ध र हिमालबाट मात्र होइन, बायोग्यासबाट पनि चिनाउन सकिन्छ ”, नेपालमा बायोग्यासका पायोनियर प्रा डा मल्लको मान्यता थियो । परम्परागत रूपमा ढुङ्गाको चुलोदेखि माटाको चम्का राखेर बनाइएका चुलामा दाउरा झोसेर खाना पकाउँदा निस्कने धुवाँको पिरोबाट पीडित ग्रामीण गृहिणी र तिनका बालबालिका बायोग्यासको प्रचलनपछि सो दुःखबाट मुक्त हुनाका साथै ग्रामीण अर्थतन्त्र र जनजीवनमा अनुकूल प्रभाव पारेको अध्ययनहरूबाट देखिएको छ । नेपालमा हाल पाँच लाखभन्दा बढी बायोग्यास प्लान्ट जडान हुनामा उहाँकै प्रमुख देन मानिन्छ । नेपालमा भएका अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलन उहाँकै सल्लाहमा सम्पन्न भएको जनाइएको छ ।

    पूर्वमन्त्री गणेश साहले आफ्नो लेखमा प्रा डा मल्लले जस्तै स्थानीय सरकारहरूले अब ऊर्जा सम्मिश्रणमा गएर सौर्य ऊर्जा, बायोग्यास, लघुजलविद्युत् जस्ता नवीकरणीय ऊर्जाका माध्यमबाट ऊर्जाको आवश्यकता परिपूर्ति गर्न सक्नुपर्ने सुझाव दिनुभएको छ । वरिष्ठ पत्रकार भैरव रिसाल भने उहाँलाई बिछट्टै देशभक्तका रूपमा सम्झना गर्नुहुन्छ । “भूगोलका प्रोफेसर भएकाले पनि नेपाली भूमिमाथि विदेशीले आँखा गाडेको छिट्टै पत्ता लगाउने, भारत सरकारले सन् १९६२ देखि नै अतिक्रमण गरेको नेपालका भूमि(कालापानी, लिपुलेक र लिम्पियाधुरा)को रणनीतिक महत्त्व र सामरिक महिमा दीर्घकालीन दृष्टिबाट अरू गम्भीर रहने जस्तो सर्वसाधारणले नबुझ्ने विषय पनि सहजै बुझ्ने हुँदा यस मुद्दामा बढी चिन्तनशील हुनुहुन्थ्यो”, मल्ल सीमा बचाऔँ अभियानमा पनि सरिक हुनुभएको सम्झना गर्दै रिसालले लेख्नुभएको छ ।

    नेपालमा बायोग्यास प्रविधिलाई दुर्गम ग्रामीण बस्तीसम्म विस्तार गरी ऊर्जा क्षेत्रका विकास र अन्य क्षेत्रमा उहाँले दिएको योगदानबारे प्रतिष्ठित व्यक्तित्व द्वारिकानाथ ढुङ्गेल, प्रा डा गोविन्दराज पोखरेल, प्रा डा खेम कोइराला बन्धु, प्रा डा अमृतबहादुर कार्की, प्रा डा जगन्नाथ श्रेष्ठ, प्रा प्रेम शर्मा, डा पीताम्बर शर्मा, डा नारायणप्रसाद चौलागाईँ, डा रामप्रसाद धिताल, चन्द्रमान प्रधान, शेखर अर्याल, सुरेन्द्रलाल श्रेष्ठ, शेखर अर्याल, प्रकाश लामिछाने, प्रकाशचन्द्र सुवेदी, बलराम श्रेष्ठ, सुन्दर बजगाईँ, सुरेश मल्ल, युएम मल्ल, सरोज राई, विश्वराज कार्की, योगेश वैद्य, चन्द्रकान्त बराल, प्रचण्ड प्रधान र उत्तमसागर श्रेष्ठका लेखरचनाले प्रकाश पारेका छन् ।

    मल्ल जस्ता आफ्नो विषयमा पोख्त, देशभक्त तथा बहुमुखी प्रतिभाका योगदानलाई लिपिबद्ध गरी भावी पुृस्तालाई उपहार दिएर बिएसपी –नेपालले स्तुत्य काम गरेको छ । विश्वभर नै वातावरण विषय चर्केका बेला उहाँले देखाउनुभएको मार्गलाई अझ परिष्कृत गरी वर्तमान पुस्ताले नेपाल र नेपाली जनताको सुख, समृद्धि तथा उज्ज्वल भविष्यका लागि आफूलाई निरन्तर क्रियाशील बनाउन कृतिले प्रेरणा दिने नै छ भन्ने विश्वास लिन सकिन्छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution